गजल
आसा मारुत कसरी आँखा जुधाउछौ
भुलेउ भनुत कसरी माया देखाउछौ !
कि हुन्छ भन्देउ कि हुन्न भन्देउ अबत
टाढा बाट तर्की हिड्दा नजिक बोलाउछौ!
आउदिन भन्दा देउरालीमा भेट्न बोलाउछौ
भेट हुँदा दोबाटोमा अन्तै टोलाउछौ !
खै कसरी बुझौ अब यो नाता लाई
वीर्सी हिड्दा पधेरिमा आँखा जुधाउछौ!
एक्लाई बस्दा अंधेरिमा सुसेलाउछौ
भुलेउ भनुंत कसरी मायां देखाउछौ !
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Wednesday, February 10, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment