गजल
एक शेर गजल लेखी दिउकी तिम्रो नाम्मा
गजलै पोखेर माया बिच्छ्यौकी तिम्रो नाम्मा!
शेर हरुको बहरले तिमी लाई बाधी
शुभ मुहुर्त गरी दिउकी तिम्रो नाम्मा!
आफन्त र पराइ लाई साक्षी राखी
सिन्दुर नामा गरी दिउकी तिम्रो नाम्मा!
चिरी च्यट्ट पारी कुरी बस्नु तिमी
डोली चढि दुलाहा बनेर आउछु तिम्रो नाम्मा!
मनको राजा बनी तिम्रो सिहसानको
सधैं भरी राज गरी दिउकी तिम्रो मन्मा!
तिमी आउने तिम्रो बाटो भरी
गजलै पोखेर माया बिच्छ्यौकी तिम्रो नाम्मा!
अर्पण तामाङ
हाल दोहा कतार
Wednesday, February 10, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment