गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Wednesday, February 10, 2010

होईनौ हामी !कबिता'

होईनौ हामी !


निरास अनि रङ्‌ग बिहिन
भित्ता हरुमा टाँगिएका
क्‍यानभाशका श्‍वास बिहिन
चित्र होईनौ हामी !
जस्‍लाइ लाम लस्‍कर लागेर
आँखा गाडेर हेरी रहने
बन्‍द ढोका भित्र !
अगर बत्ति जलाएर
भाकलको घुष लिने
कुनै शिल्‍पिकारक मुर्ति होइनौ हामी
जस्‍लाइ मूल्‍यमा बेचिदिने !
जल,बायु र ताप अनुभब बिहिन
धर्ति होइनौ हामी !!
जस्‍लाइ कूल्‍चे थूके पनि सहिदिने
चिसो हिऊमा कठाँग्रिएर निरवत उभि रहने
चिसो मनको सगरमाथा होईनौ हामी
उसको छात्तिमा किला काँटी ठोक्‍दै
कुल्‍चेर आरोहण गरे पनि !
बिना भोक प्‍याश र चिन्‍ता बिना
कुम्‍भकर्ण झै लम्‍पसार निदमा
निदाउने कठोर पहाड होईनौ हामी
नत कुनै हौं हामी !
बन्‍चित स्‍वतन्‍त्रताको निम्‍ति
आत्‍मा जन्‍जिरले बेरिएका
म्‍यानमार का भिक्षु होईनौ हामी
स्‍वतन्‍त्रता!स्‍वतन्‍त्रता!! स्‍वतन्‍त्रता!! भन्‍दै !
चिच्‍याउने तिब्‍बती होईनौ हामी !
त्‍यसैले होसियार!
नयाँ नेपालका !पुराना नेता हरु !!
राष्‍ट्रको नाम मा जनता लाई
घात गर्न नखोज प्रतिघात हुन सक्‍छ !
अझै पनि तँ तँ म म गरउ भने
फेरि पनि देशले अर्को गणतन्‍त्रको
क्रान्‍ति गर्न सक्‍छ !!
नचाहेरै फेरि पनि देशमा
अर्को युद्ध हन सक्‍छ !!
शान्‍ति र गणतन्‍त्रको नाम मा
तिमीले गर्न नसकेको
जनताले अर्को !
अक्‍टोबर क्रान्‍ति गर्न सक्‍छ !!!


लेखक:- अर्पण तामाङ
हाँसपोसा-२तरहरा-सुनसरी
हाल-दोहा कतार

No comments: