गजल
बिशेष मैले यो गजल मेरो प्रण भन्दा पनि प्यारो जिबन संगिनी श्रीमती लीला तामाङ(कट्वाल)
मा समर्प्रित गर्न चाहन्छु।जो लाखौं सपना बुनेर मेरो पर्खाइमा दु:ख संग भलाकुसरी गर्दै होली
तिनै महान नारी लाई समर्प्रित यो गजल
खोलेर तस्बिर हेर्छु तिम्रो एक पल्ट बोली दिये हुन्थियो
स्पर्स गर्दा तिम्रो ओठ्मा औला टोकी दिये हुन्थियो!
नियतिले पर्देसिएको तिम्रो बाबा लाई
मेरो राजा भनी एक पल्ट बोलाई दिये हुन्थियो!
पाउमुनी औंला लगाइ काउकुती मलाई
कान्मै आइ कानेखुसी मरी दिये हुन्थियो!
कुनै एक रात को प्रहार मा खित्का छोड्दै
मलाई चलाऊन आइ दिये हुन्थियो!
पुछिने सिन्दुर टुट्ने चुरा पोते त केहोर
त्यो भन्दा अमुल्य माया सांची दिये हुन्थियो !
अर्पण तमाङ
हासपोसा-२ तरहरा-सुनसरी
हाल दोहा कतार
Wednesday, February 10, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment