गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, February 9, 2010

साँच्‍चै शाथी आज एउटा'कबिता'

मैले यो कबिता धेरै पहिलेनै राख्‍ने बिचार गरेको थिए कबिता धेरै पुरानो हो जति खेर हजबुल्‍लाह र ईजारायल बिच
मानबिय बधको हानथाप चलेर लाखौ मानिस हरुको नरसम्‍हार भयो।मसिना नानी बाल बच्‍चा र महिला हरुको हृदय
बिदारक फोटो २००६जुन३१ तारिखमा प्रकासित गल्‍खटाईमस को फोटो देखे पछी यो कबिता लेख्न प्रेरणा मिलेको थियो र लेखेको थिए।एकचोटी मानबिय संम्‍हारको बिरुद्धमा कलम चलाउनेपो होकी !!!

साँच्‍चै शाथी आज एउटा



साँच्‍चै शाथी आज एउटा
कबिता लेख्‍छु !
कबिता भित्र पिल्‍सिएका
मन भित्रको दाग पखाल्‍छु
लासै लास भित्रको रासमा
लाखौ नाबलक हरुको
चित्‍कार चिच्‍याहाट चिच्‍याउछु
चिच्‍याउछु कराऊछु अनी सराप्‍छु
सन्‍सारका ति बाद शाह हरुलाई
कबिता लेख्‍ने ए ! कबि!!
स्रवण गर्ने ए! श्रोता !!
कमसेकम एक पल्‍ट भनिदेउ
यि मेरा तस्‍बिर भित्र !
सन्‍सार जित्‍ने सपनामा पल्‍किएका
भौतिक पर्खालका यि पहाड मुनि
कङकृट ईट र फलामको पहिरो भित्र
तिम्रा ति हात हरुले सृजिएका यि बंम हरुमा
जातियता र धर्मको नाम मा
नर-सम्‍हार र रगतको खोलो बगाउदै
धर्ती किन रङगित पारि रहेछौ ?
डलर भित्रको बधशाला हरुमा
आमाको न्‍यानो दुध चुसाई पछी
क्षणिक निन्‍द्रामा सुतेझै
कहिल्‍याई नउठ्‍ने गरी
चिर निदमा सुतेका !
शुकोमोल हात पाउ चिम्‍लिएका आँखा हरु
ढलेका ईटका शिरानी लगाई
एकै छिनमा जुरुक्‍क उठी
ए बाबा! ए आमा !!भन्‍दै !!!
उठ्‍ला भन्‍ने आशमा !
यि रित्तिएका ममताका खानि हरु
प्रतिउत्तरमा प्रतिक्षारत प्रश्‍न हरु
के तिम्रा शन्‍तान छैनन?
ममतामयि आमाको छाति चुसेर
बालशुलब्‍ताको पहिलो तोते बोलि सँगै
आमाको अँगुली बैशाखी समाती
ताते ताते गर्दै तिमिले हिडेनौ ?
प्रशन ? माथी प्रश्‍नको खातमा
छाति पिटेर रोहि रहेका आमा हरुको
के दोस थियो र? ति काख हरुको?
त्‍यसैले यदि तिमी सँग !
मानब सम्‍बेदनाका लास भए !
सभ्‍यताको नाम मा अलिकती लाज भए
सन्‍सारका ए बाद शाह हरुहो ?
युग ईतिहाँश र परिबर्तनको नाममा
मानब अस्‍तित्‍व सँग
खेल बाड नगर !!!
हो मलाई पनि थहाछ !
ईतिहाँशको नाम मा पक्‍कै परिबर्तन हुनुपर्छ
तर !
युगले परिबर्तन खोज्‍छ
परिबर्तनले युग रोज्‍छ
अनि युग र परिबर्तन दुबैले
मानब कंकालको क्ष्‍यत बिक्ष्‍यतमा
अस्‍त्र सस्‍त्र हरुको युद्ध रोज्‍छ
अनि बन्‍छ एउटा ईतिहाँश ।
मानब सभ्‍यताको सुरुवात सँगै
तम्रपत्र र शिलालेख हरु हराए जस्‍तै
हार्नेको बिरताको ईतिहाँश मेटेर
युग बदल्‍छु भन्‍दै !
मानब संम्‍हार गर्न तछाड मछाड गर्नेहरु
एकले अर्कालाई हराउने होडबाजीमा
युरेनियम र एटम बंमको
सृजनामा तल्‍लिन हात हरु!
फेरी पनि !
नागासाकी र हिरोसिमाका
सपना देख्‍ने हरु !
शान्‍तिका ध्‍वजा दुई परेवाका
पँख हरु काटी !
चन्‍द्रमा आरोहणको प्रतिस्‍पर्धा गरिरहेकोछौ
बिश्‍वयुद्धको समाप्‍ती सँगै
शिथिल भएका मानब कँकाल हरु
आज भोली फेरि जागी रहेछ
सद्धाम,ओर्लमर्ट,नसरुल्‍लाह,
र !!!
मल्‍लिकी, बुश हरुको नाम लिएर
मानब संम्‍हारको प्रतिक्ष्‍यामा
हिटलर र मुशोलिनाको पनि
ईतिहाँश मेटेर !
मानब बधशालाको निर्माण गरिरहेछौ
पाउन्‍ड स्‍टर्लिङ र डलर हरुको भउमा
त्‍यासैलेत !!!
साँच्‍चै शाथी आज एउटा
कबिता लेख्‍छु।
कबिता भित्र पिल्‍सिएका
मन भित्रका दाग पखाल्‍छु
लासै लास भित्रको रासमा
लाखौ नाबालक हरुको
मृत्‍युको मोल माग्‍छु ।।।



लेखक:-अर्पण तामाङ हाँसपोसा-२ तरहरा,सुनसरीहाल दोहा कतार

No comments: