गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, March 2, 2010

गौरब गरी हांस्न लाई' गजल '

गजल लेखन मिती 2010-03-02-1.30pm



गौरब गरी हांस्न लाई,हिमाल चाहिन्छ।
नेपाली भई बांच्न लाई,नेपाल चाहिन्छ

उठ साथी फाल्न लाई,फोहोरी राजनीति लाई
देशै नरए गर्ब गर्न,नेपाली कां भन्न पाईन्छ।

देश छ र हामी छौ,हामी भित्र भेष छ
नेपाल रन तिमी भित्र,देश चाहिन्छ।

चार जात छत्तिस बर्ण,फुल फुल्न लाई
फर्फराउने शिरमाथि,चन्द्रसुर्य झन्डा चाहिन्छ।

विश्व सामु चिन्न लाई,बुद्ध यही देशमा
भाषा कला सस्कृति,माटो चाहिन्छ ।

गौरब गरी हांस्न लाई,हिमाल चाहिन्छ।
नेपाली भई बांच्न लाई,नेपाल चाहिन्छ


अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

No comments: