गजल लेखन मिती 2010-03-04-10.30pm
कस्तो होला पापी नजर,देख्नै नहुनी
राम्रो सुन्दर,गुलियो मिठो भेट्नै नहुनी ।
कर्के नजर लाए पनि,अंखा लागि हाल्ने
हरियो निलो रातो चोली देख्नै नहुनी ।
मन खोटी लाई दोशी चस्मा लाए पनि हुन्न
आफ्नो घरमा कोइनाभाझै ठिटी भेट्नै नहुनी।
मुखिया को बारुली लाई बाटो बिच भेट्दा
किरिम गाजल लाकी केटी भेट्नै नहुनी।
चिल्लो पिरो अमिलो देख्नै नहुनी
बलियो बाङ्गा तरुनी भेट्नै नहुनी ।
अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार
मेरो पनि घरमा छोरी चेली छन भन्ने नैतीकता भुलेर अरुको छोरी चेली लाई इज्जत
गर्न नजान्ने र आफन्तको छेउमा पनि कहिले काही गाल पार्ने युवा साथी हरुको लागि
अन्यथा माफि चाहन्छु ।
Thursday, March 4, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment