गजल लेखन मिती 2010-03-27.6pm
पिरतिको घर बनाउने माटो त्यो कुन होला
एउटै घरको छाना हाम्रो नाता त्यो कुन होला ।
जान्न भन्देउ पिरती गांसी सके पछी
नाम छैन बोलाउने साईनो त्यो कुन होला ।
म पनि त कहाँ जिउछु तिमी बिना एक्लई
एक अर्कामा अपुरो मायां त्यो कुन होला ।
कुरी बस दैलामा दिप बले पछी आउंला
अंखा अंखा बोल्ने गर्छ भाषा त्यो कुन होला ।
पिरती को घर बनाउने माटो त्यो कुन होला
एउटै घरको छाना हाम्रो नाता त्यो कुन होला ।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Saturday, March 27, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment