गजल लेखन मिती 2010-03-27-6pm
कैले देखी मायां लाएं मैले तिमी सङ्ग
के भनेर नाता जोडे आज तिमी सङ्ग ।
एकै नजर मात्र हाम्रो भेट भाको थियो
भक्कानिएको मुटु जोडे मैले तिमी सङ्ग ।
उती धेरै होइन हाम्रो नजर हाना हान
थाहै नपाई मायां साटे मैले तिमी सङ्ग ।
जती गर कम हुन्न तिम्रो मायां मलाई
त्यै मायांमा हराइ दिन्छु आज तिमी सँग।
कैले देखी बैश साटे मैले तिमी सँग
दुइटा मुटु एउटै भयो आज तिमी सँग।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Tuesday, April 6, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment