गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, April 20, 2010

भो !रहर कती पालुं

कबिता लेखन मिती 2006-02-06


भो !रहर कती पालुं
मनका तर्कना आँखा भरी साचेर
सब ब्यर्थ नै छ भने
सपना किन साच्नु ?
बिछोडको न्याउल भएर
किन गीता गाउँनु ?
ब्यर्थै रानी बनको मुटु जल्छ भने ?
आखिर!
जिन्दगी एकै छिनको न रहेछ !
इन्द्रेनी को रङग सङ्गै
सिम सिम पानीमा फुङ्ग उडी जाने
साउनको भेल जस्ताइ उर्लेर
भदौको खहरे जस्तै !
खहरिने बैसाली जिबन
किन जिउन खोज्छ अपहार रहर बोकेर
अपितु !म्रित्यु!! तर आँफै सामु
किन्तु! डर कती नबोकी
किन बिजय! खोज्छु मृत्‍यु सङ्ग ?
उफ !हार मेरो अबस्य छ ।
जानी छ एक दिन सब मोह त्यागी
जलिरहेको आगोको रापमा
फुङ्ग धुवां र खरानी सङ्गै
आफन्त को आशु साचेर
बियोगको तितो अतित बनेर
भो !फेरी पनि रहर साच्नु छैन मलाई !!
त्यसैले!
भो! रहर कती पालुं
मन को तर्कना आँखा भरी साचेर
ब्यर्थै सपना किन सजाउनु ?
मृत्‍यु को अगाडि!
यमराजको !प्रतिद्वन्दी भएर ।।।

अर्पण तमाङ
हासपोसा-२ तरहरा सुनसरी
हाल दोहा कतार

No comments: