गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, April 19, 2010

नेता हरु लाई खबरदारी गरौ ।।

नेता हरु लाई खबरदारी गरौ ।।

आदर्णीय !
देश बिदेश विश्वभरी छरिएर रहनु भएका इन्टर्नेट फेस्बुक नेपाली साथी
हरुमा म तपाईं हरुकै इन्टर्नेट साथी अर्पण तामाङ को हार्दिक नमस्कार एबम
अभिबादन !
खास मैले यो लेख अडियो मार्फत तपाईं हरुको सामु राखने कोशीस
गरेको थिए तर मेरो नेट स्लो भएको कारनले गर्दा म सफल भईन त्यसैले
लेखेर नै तपाईं हरुको माझमा मेरो मनको खुल्दुली मेटाउदै छु । मलाई आशा
छ यहाँ हरुले मेरो लेख पढि सके पछी मलाई कांदमा कांद मिलाउनु हुन्छ भनेर।
तपाईं हामीलाई थाहा छ,हाम्रो देश यती खेर कठिन परिस्थिती बाट
गुज्रिरहेको छ। यस्तो हुनु भनेको तपाईं हाम्रो पनि दोस छ किन कि हिजो को
राजनीतिक भरौटे हरुलाई हामीले भोट् दिएर विश्वाश गर्नु नै ठुलो भुल थियो
किन कि हामी नेपाली जनता ले देशको लगभग साठ्ठी बर्ष देखिको थाती रहेको
सम्भिधान सभाको चुनाव दुवारा देशको मुल कानुन बनाउन लाई यानिकी देशको
सम्भिधान बनाउन लाई हामीले हाम्रा नेता हरु लाई जिम्मेदारी सुम्पेका थियौ। दुई
बर्षको लामो समय पाएका हाम्रा नेता हरुले तपाईं हाम्रो जनभाबना र जन
आन्दोलन को शहीद हरुको जन चाहना र सपना लाई सर्कार बनाउने खेलमै
आफ्नो समय खर्ची रहेकाछन। मलाई लाग्छ तपाईं हामीले दिएका सम्भिधान को
म्यान्डेट को समय भनेको अब चालिस दिन भित्रै सकिदैछ । त्यस पछी मुलुक
कता र कुन दिशा तिर जानेछ त्यती मात्र होइन देशको राष्ट्रियता र हाम्रो मौलिक
हक अधिकार हाम्रो सार्भभौमिक्ता र तपाईं हाम्रो भबिस्य,कता तिर जाने छ
यो समयकै गर्वमा निहित छ।
त्यसैले हाम्रो देश नेपाल हो हामी नेपाली हौ हामी जती सुकै सम्म्रिद्ध र
सु-शिक्षित भएर संसारका जुनसुकै कुनामा रहे पनि हामी लाई हाम्रो देशको कला
सस्क्रिती भेश भुसा जाती धर्म लिङ्ग बर्ण र राष्ट्रिय भौमिक्ता प्यारो लाग्छ।
आदर्णीय देशभक्त साथी हरु ! आज मुलुक तपाईं हामीले भरोसा गरेका
राजनैतीक पार्टिका नेताहरुको बैमनस्य हठ र अकर्मन्यताले गर्दा देशमा अमन
चैन को ठाउमा दिनानु दिन अस्थिर्ता आरजक्ता बड्दै गएको छ,म र त भन्ने
होड्बाजी मा तेरो र मेरोमा मुलुक बिखन्डन हुँदै छ मधिसे पहाडे हिमाली भनेर
हामीलाई लडाईं रहेका छन । त्यसैले देशको बिसम परिस्थितीमा बाध्यताबस गांस
बास र कापासको खोजिमा निक्लिएका हामी नेपाली हरुले जे जसरी सकिन्छ
आ-आफ्नो ठाउँ बाट कलम चलाऊन जान्ने ले कलम्को शहाराले नजान्नेले आवाज
दिएर हुन्छकी के गरेर हुन्छ तपाईं हाम्रो आवाज लाई नेपाली आकाशको धर्ती
सम्म नेता हरुलाई खबरदारी पुर्याउ भन्न चाहन्छु । तपाईं हामी सबैले मिलेर एक
स्वरमा भनौ हामीलाई तोकिएको समय भित्र देशको सम्भिधान देउ सक्दैनौ भने
नेपाली जनताको शिर माथि राजनीति नगर । दुइसय चालिस बर्से शाही शासन त
नेपाली जनताले धुलो बढारे जस्तो बढारे भने तिमी नेता हरु भनेका हाम्रा ब्यक्तिगत
अधिकारको अंमुल्य भोट् हरुले नेता बनेका हौ । तिमी हरु लाई भढार्न नेपाली जनता
लाई कती पनि हिच्किचाहट हुनेछैन ।
त्यसैले आदर्णीय साथी हरु! हामीले यो आवाज लाई नेपाली आकाशमा पुर्याउ
भन्न चाहन्छु।तपाइ हाम्रो देश प्रतिको सानो कन्जुक्स्याइले भोली देश लेन्डुप दोर्जेको
सिक्किम भारत भए जस्तै भोली हामी पनि भोली कसैको अधिनमा बांच्न नपरोस र
हामी कुनै दिन नेपाली थियौ र हाम्रो देश नेपाल थियो भन्ने दिन नआवोस नेपाली
जनता लाई यो दुर्भाग्यको कथा नबनोस । र यसो भनेर मैले छिमेकी मित्र राष्ट्र हरु
लाई दोस दिन खोजेको होइन मैले त नेपाली दाजु भाइ तथा दिदी भहिनी हरु लाई
देशको सम्भिधान मुल कानुन नभएको मुलुकमा जे पनि अनिस्ट हुन सक्छ भन्न
मात्रा खोजेको हुं।
त्यसैले आदर्णीय मित्र हरु यो मेरो कुनै भाषाण व बक्तब्य होइन यो मेरो
तपाईं हरु जस्तै नेपाली मन बोलेको हो । फेरी पनि मुलुकमा नेता हरु लाई खबर्दारी
गर्ने समय भएको छ,अब तपाईं हामीले पठाएको रेमिट्यन्सले मात्र पुग्दैन कलम
र आवाजको खबर्दारी आबसेक्ता भएको छ,दश बर्ष सम्म गृह युद्दले खाएको हाम्रो
मुलुक फेरी पनि सोमालिया इथोपिया र सुडान जस्ता मुलुक हुन बाट जोगाउनु छ,
पुर्बमा कोशीले बगाउदा र पश्चिममा भोकमरिले सताउदा मात्रा होइन अब देशमा देशको
मुल कानुन सम्भिधान नबनुन्जेल सम्म खबर्दारी गर्न ढिला भाईसकेको छ । फेरी
पनि कलम चलाऊने र कोक्क्रो हल्लाउने हात हरु लाई बन्दुक समाउन बाट जोगाउनु छ।
तपाईं हाम्रो यो खबर्दारी अभियान ले सारा नेपालीको सुखको अभियान बनोस। र राष्ट्र
सम्भिधान बिहिन हुन बाट बचोस् भन्न चाहन्छु। तपाईं हाम्रो सानो अभियान ले सारा
नेपालीको भाग्यको रेखा कोरोस हामीले जस्तै भोली को शन्तती ले दु:ख नपाउन र
बैदेशिक रोज्गार्को खोजिमा निस्कनु नपरोस मलाई आशा छ मेरो यो अभियान लाई
आ आफ्नो ढङ्ग बाट यो आवाज लाई अगाडि बडाउनु हुनेछ ।
हस्त धन्यबाद ।।

हामीलाई तोकिएको समयसिमा =सम्भिधान देउ ।
हामीलाई तोकिएको समयसिमा =सम्भिधान देउ ।।
हामीलाई तोकिएको समयसिमा =सम्भिधान देउ ।।।

तपाईंहरुको साथी !
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

No comments: