कबिता लेखन मिती 2006-02-06
क्रान्ति गरेर गरिदैन नेता ज्यु !
योत आँफै हुन्छ !
जब जब स्याल र ब्वासा हरु
गाउ र शहर हरुमा पसेर
कुखुराको माउ र चल्ल हरु टिपे सरी
राजधानी र दरबारका ब्वासा हरुले
देश चलाऊने नाममा
परिवर्तन को सपना साचेर
स्वतन्त्रताको कल्पना गरी
खुला आकाश मुनी छलाङ मार्न
खोज्ने ति अबोध पाउ हरु
अनी!
स्वत्रन्तताको सेनानी हरु लाई
सामन्तिका बुट हरुले कुल्चे पछी
गरीबको झुपडी र बस्ती भित्र
भोक रोग र अभाब बाडे पछी
अन्याय र अत्त्याचार गोली बनेर
भोको पेटमा जब बर्सिन्छ!
अनी!
बिद्द्रोहको नारा उरालेर
भोको पेट उत्त्रिन्छ अनी सडकमा
ब्वासा र स्याल हरु लखेट्न
आवाजमा मुट्ठी हरु लिएर
गाउं गाउं र शहर हरुमा
नौलो बिहानिको रातो लाली ल्याउन
अनी!
रक्त रन्जित बनेर छर्पस्टिन्छ
हरेक को घर दैलो अंगन अनी
चौरास्ता हरुमा !
शान्तिको जब दियो बल्छ
अनि! बज्छ !!
नौमती बाजा र खैजडी
एउटा निलो आकाशको फेदमा
चार जातमा छत्तिस बर्ण डोर्याउदै
जितको नाममा स्वतन्त्र भएर ।
हो! यसरी क्रान्ति हुन्छ नेता ज्यु!!
क्रान्ति गरेर गरिदैन !
यो त आँफै हुन्छ नेता ज्यु!!!
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Tuesday, April 20, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment