गजल लेखन मिती 2010-03-15.1.30pm
कहाँ भेटु तिमी लाई,जुन हराएको रात
कहाँ खोजुं तिमीलाई,तारा हराएको रात।
फुल लाई सोधुं हांगा पात कांडा बिजाउछ
बशन्तमा कोइली रुन्छ हराएको साथ ।
जले यसै ढले यसै मत तिमी हराउंदा
त्यसै पनि बैरागी न्याउंली रोएको रात।
सोदी हिंडे दुनियाँ लाई,भेटिन्छौ कि भन्दै
शिर माथि आकाश खस्यो तिमी हराएको रात।
कही कतै नभेटिने नदेखिने भयौ आज किन
औठी चिनो किन साट्यौ जुन उदाएको रात।
लाग्थ्यो सधैं बाडुल्की जुन देखेको रात
परेलिमै आइ बस्थेउ तारा झरेको रात ।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Monday, March 15, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment