गजल लेखन मिती 2010-03-4-12.15pm
दुई थुङा फुल गुलाफको,स-प्रेम तिमी लाई
हृदय भरिको मायां झिकी,स-प्रेम तिमी लाई।
बिहानिको लालिकिरण,शितको मोती टिपी
पुर्णिमासमा उदाउने,जुनेलिको जुन तिमी लाई।
चिर्बिर गर्ने गौथली र,कोहिलिको कन्ठ टिपी
सातै सुर संगित भरी,बांसुरिको धुन तिमी लाई।
मालती मंगले र मुना मदन को त के कुरा
त्यो भन्दा अजम्बरी,यगौं युगको प्रेम तिमी लाई।
लाखौं मोलको कुरा नगर,दुइ फुल स-प्रेम तिमी लाई
बन्धकि कोत केकुरा,रजिनामैभो यो ज्यान तिमी लाई।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Thursday, March 4, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment