गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Wednesday, March 3, 2010

कुन शास्त्रको कुरा गर्छौ 'गजल'

गजल लेखन मिती 2010-03-03-12.30pm



कुन शास्त्रको कुरा गर्छौ,नारी लाई दाशी बनाउने
कुन समाजको कुरा गर्छौ,नारी लाई दाशी बनाउने।

मैले मर्दा भोली पल्टै,अर्की स्वास्नी ल्याउनु पर्ने
तिम्ले मर्दा जुनीभरी मैले बीधुवा बस्नु पर्ने।

मेरो पनि त उमेर छ,मलाई पनि त रहर छ
रातो साडी चुरा पोते सिउंदोमा सिन्दुर सजाउने।

तिमी पनि त यही मान्छे,म पनि त त्यही मान्छे
फेरी किन यती फरक,संस्कारको नाम्मा दाशी बनाउने।

उठ नारी जुट अब,हामी लाई दाशी बनाउने
अगी बढ तोड जन्जिर,नारी लाई दाशी बनाउने।

अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार
मैले यो गजल हाम्रो समाजमा पुरुष ले स्वस्नी मरेको भोली पल्टै वा छ महिना
बर्षा दिनमा व्याबहारिक कारण देखाएर कुनैन कुनै बहानामा कलीला नानी हरु
हुंदा हुँदै अर्को बिहे गर्छन्, श्रीमतिको शोक पनि नसकिदै, भने यही समाजमा
नारिले लोग्ने मरे पछी उमेर छौन्जेल उसको नाममा सारा रहर र यौबन लाई
जिन्दगी भर कुन्ठित पारेर उसको नाम्को सेतो बस्त्रले जिन्दगी बिताउनु पर्छ,
त्यसैले ति एकल महिला हरुमा समर्प्रित गर्न चाहन्छु यो गजल । धन्यवाद ।।

No comments: