गजल लेखन मिती 2010-03-24.3pm
देश जलेर के भोर नेतालाई घरको छ चिन्ता यहाँ
देशको होइन कुर्सिको चिन्ता छ नेतालाई यहाँ ।
भोक रोग अशिक्षा बेरोज्गार बडेर के भोर?
डलरको खेती गर्ने भ्रमणको चिन्ता छ यहाँ।
लड्ने लडी रहुन मर्ने मरी रहुन आफु आफुमै
भत्ता पाक्ने गोस्टी र बिग्यप्तिको चिन्ता छ यहाँ।
पूर्व कोशीले डुबे पनि पश्चिम भोक्मरिले मरे पनि
भाषन आशन राशन र शासनको चिन्ता छ यहाँ।
माटोको होइन नेतालाई बाटोको चिन्ता छ यहाँ
देशको होइन नेतालाई सरकारको चिन्ता छ यहाँ
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Wednesday, March 24, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment