गजल लेखन मिती 2010-03-07-3pm
पानी भर्दा पधेरिमा,भेटे जस्तो लाग्छ
सप्तमी को मेला भर्दा,देखे जस्तो लाग्छ।
घांस दाउरा गाई गोठालो एउटै होकि पाखा
गैरी खेतको ब्याड लगाउदा देखे जस्तो लाग्छ।
बिहेबारे हाटमा होकी,देउरालीमा मैले
दोमुखाको बनभोज जांदा भेटे जस्तो लाग्छ।
सम्झी सके सम्झे जती,भ्याउ पाइन मैले
फेरी पनि कता कता,देखे जस्तो लाग्छ।
संग संगै रोधी घरमा नाचे जस्तो लाग्छ
एउटै घुम्टो पछेउरिको,ओढे जस्तो लाग्छ।
अर्पण तामाङ
तरहर-२सुनसरी
हाल दोहा कतार
Sunday, March 7, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment