गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Wednesday, March 17, 2010

नबजाइ कसरी सुनाउं म बांसुरिको धुन तिमी लाई ' गजल

गजल लेखन मिती 2010-03-17-3pm



नबजाइ कसरी सुनाउं म बांसुरिको धुन तिमी लाई
हुनै नसक्ने कसरी टिपी ल्याउं आकाशको जुन तिमीलाई।

आकाशको जुन देउ नभन अनी तारा गन नभन
हुँदै नहुने ति जुन ताराको दाईजो दिउं म कसरी तिमीलाई ।

सँगै मर्न सक्छु सगै जिउन सक्छु बाचा गर्न सक्छु
नदेखेको स्वर्ग देखाउंछु भनुं म कसरी तिमी लाई।

तिमीलाई पाउन दुनियाँले भन्न त जे पनि भन्ला
झुटो आसमा ताजमहल बनाउछु भनुं म कसरी तिमीलाई

मोती किन्न सक्छु हिरा किन्न सक्छु सुन चांदी सबै
शितको थोपा माला उनी दिन्छु भनु म कसरी तिमीलाई।

नबजाइ कसरी सुनाउं म बांसुरिको धुन तिमी लाई
हुनै नसक्ने कसरी टिपी ल्याउं आकाशको जुन तिमीलाई।

अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार

No comments: