गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, February 22, 2010

हांस्नत तिमी लाई सजिलै भो होला' गजल'

गजल लेखन मिती 2010-02-22-01pm

हांस्नत तिमी लाई सजिलै भो होला रुदा कती गाह्रो हुन्छ
भन्न त तिमी लाई सजिलै भो होला शहन कती गाह्रो हुन्छ।

चलेको गोली निक्लेको तिर कहाँ रोकिन्छ र मायां
लागेको चोट पुरानो खतनहो भुल्न कती गाह्रो हुन्छ ।

ख्याउंदा ख्याउदैको पिरतिको डुंगा पल्टियो नदी बिचमा
मायां पोख्यो नदिमा पुग्यो सागरमा भुल्न कती गाह्रो हुन्छ।

माछी जस्तै छट्पटिएको सेतो बगरमा तिमी लाई के थाहा
झिरमा उनी सोला चढाउदा अग्निमा शहन कती सारो हुन्छ ।

थाहा पाउछौ तिम्ले पनि एक दिन रुन कती गाह्रो हुन्छ
दिल फाटेर त्यो मन च्यातिदा सिउन कती सारो हुन्छ ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, February 21, 2010

वो पुरानी कहांनियां' कबिता'

कबिता लेखन मिती २०१०-०२-२१ तारिक 10pm

भुलाकर हम आगे निक्ले
अभी नही हे वो दुनियाँ !
भुल गए सालो पेहेले वो गीत
फिर भि !
क्यु सुनारही मुझे वो पुरानी कहांनियां।
जिस चिज मेरा पास है!उसका मोल नहीं
जिसका मोल है!वो मेरा पास नही है
बिना बिछोडके भि हम दोनो दुर है
बिछोडके भि वो मेरा पास है!
क्या कहुं!किस्को कहुं!
मै कौन हुं!मै क्या हुं!
समझ आके भि समझ नहिंपाता
रिस्ता ये क्यु अनौखा!
हम जुदातो होना नहीं चाहाता
फिर भि जुदा हुवा !
रबु ना करे जुदा किसिका ।
सालों बित गये!यांदों टुट गये
कहिंपे दुर चांद गिर गये!
भुलाकर भि भुला नहीं पाया
दर्पण फिर जुडगये ।
टुटाथा सालों पेहेले दिल मेरा
भुलाकर भि भुला नही पाया याद किसिका!
दर्पण टुटे दिल टुटे हमे भि टुटे
दो दिलका प्यार टुटे !
फिर भि याद नही टुटा उसिका।
पलभरमे हंसाता है!पल भरमे रुलाता है!!
हमे ये कैसी दुनियाँ!
सालों सांलोंका ये अजिब्सा
क्यु सुनाता है !
इस रिस्ताका हमे ये कहांनियां ।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
मलाई त्यती खासै हिन्दी त आउँदैन तै पनि आज अचानक हिन्दी गीत मेरा नैना साउन भदौ भन्ने गित्को बोल सुनिरहेको थिए
खै के भो अचानक मनमा यो कबिता लेख्न मन लाग्यो शायद हिन्दी शब्द हरु भन्न खोजेका ठाउमा नमिलेका होलान तै पनि लेख्ने कोशीस गरेको छु गल्ती भए माफ गरिदिनु होला । धन्यवाद

गजल पनि खै के लेख्ननुर आजकाल ' गजल'

गजल लेखन मिति२०१०-०२-२१


गजल पनि खै के लेख्ननुर आजकाल गजल सस्तो भाको छ
गजल जस्लाई जसरी लेखे पनि आजकाल गजल सस्तो भाको छ !

प्रेम्मा धोका खाने लाई होस या जितमा फुइखुट्टी लाउने लाई
कपिको पानामा लेखिने गजल आजकाल सस्तो भाको छ।

पिरती गांस्दाको सम्झना होस या सुहाग रातको मधुर सम्झना
मनको हुट हुटी बांड्ने थालो,गजल आजकाल सस्तो भाको छ।

देश लाई होस या राजनेता लाई,महाबणी पोख्ने ठुला ठुला
बजारमा किन्दा पाइने आलुको सस्तो भाउ झै भाको छ।

रौदकी बाट होस या अरबी बाणी ग+ज+अल् बाट होस
जसरी जन्मिए पनि आजकाल गजल सस्तो भाको छ।

शेर,मतला,रदिफ,काफिया,वज्न,कत्वा,फर्द,तगल्जुल,देखी
अन्दाजे वयां,त्खल्लुस,रुक्न सम्मा गजल सस्तो भाको छ।

अर्पण तामाङ
तरहर-२ सुनसरी
हाल दोहा कतार
म मेरो मनको बिचरले गजल लेख्छु तर मलाई पनि गजल को ज्ञान छैन,म धेरै साथी हरुको गजल पनि पड्छु,तर गजलको कुन नियम
सँग मिलेर लेखेको हुन्छ म ठ्याम्मै ठम्याउन सक्दिन,म आफुलाई गजलको सानो शेर लेख्दा लाज लाग्छ कहिले काही किनकी मैले जसरी गजलको नाम दिएर नेट्मा हालेको हुन्छु शायद गजलका बिद्द्वान हरुले पढे भने मलाई मेरो नाम सँग शरमा लग्ला की जस्तो लाग्छ।कुनै पनि चिजको ज्ञान नहुनु र त्यसको व्यबहार गरी टोपल्नु मुर्खता त पक्कै हो तैपनी मन्ले नमान्ने रहेछ। मलाई थाहा छैन ईरानी कबी रौदकी बाट जन्मिए वा अरबी भाषाको ग+ज+अल को उत्पती अर्थात हरिणको सानो बच्चा साबक को शिकारीको तिर बाट घायल बनेर निक्लेको स्वर होकी केहो कसरी गजल शब्दको उत्पती भयो त्यो विद्वान हरुलाई नै थाहा होला। म कहिले काही गजलका नियम पड्छु तैपनी बुज्दिन त्यस्को लागि क्ष्यमा चाहन्छु। अन्यथा मेरो गजलको नियमनपुगेको भए सल्लाह र सुझाब दिनु हुन हार्दिक अनुरोध गर्दछु।

Saturday, February 20, 2010

माली छैन बगैचामा 'गजल'

गजल लेखन मिती 2010-02-20

माली छैन बगैचामा,फुल केलाई रोप्नु
लाली छैन कोपिलामा फुल केलाई रोप्नु।

हांसो आंसु लुटियोकी,मलिनो छ मुहार
हांसो छैन ओठ भित्र,खुसी केलाई रोप्नु।

हांगा पात खोजे मैले,बिहानिको शित
दु:ख भित्र हराएको,सुख केलाई रोप्नु।


जिबन जिउने आधार पनि सबै बैरागी भो
बैरागिको बिरहमा,आसा केलाई रोप्नु।

झरी जाने ओईलाएर,फुल केलाई रोप्नु
छोडि जाने निर्मोही लाई नाता किन रोप्नु।

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, February 18, 2010

तिमी छौ र म छु, गजल

गजल लेखन मिती 2010-02-18तारिक १२ रातको बजे

तिमी छौ र म छु, अनी त जिबन फुलेको छ
जता हेरे पनि चारै तिर,जिबनको फुल फुलेको छ !

जिन्दगीमा पाए खुशी,तिम्रो आधार भेटे पछी
मग मगाउदै बगैचामा,एउटा फुल फुलेको छ !

यात्रा सँगै गरे पछी,किनार पनि संगै लाउंला
नदी तर्दा किनारमा,एउटा छाल भुलेको छ !

कती कोमल तिम्रो मायां,अनि त म बांचेको छु
त्यसै भित्र हांसी हांसी,एउटा जिबन फुलेको छ !

जुन सँगै आकाशमा,एउटा तारा खुलेको छ
प्रिती बास्ने चौतारीमा,एउटा फुल फुलेको छ !

अर्पण तामाङ
तरहर-२सुनसरी
हाल दोहा कतार

आकाशमा जुनभएर मात्रा के गर्नु काली 'गजल'

गजल लेखन मिती 2010-02-18तारिक 0.11pm



आकाशमा जुनभएर मात्रा के गर्नु काली तारा नभए पछी
प्रित लाएर मात्रा के गर्नु काली तिम्रो साथ नभए पछी !

फुल हुँ गुलाफको काडै कांडा जिबनको अर्थ केही रहेन काली
सुन्दर्ता भएर के गर्नु काली कोमल हिलोमा फुल्नु परे पछी !

कोपिला भएर के गर्नु काली जिबन भएर फुल्न सकिन्न भने
पलासै भई किन फुल्नु काली शिर्मा कसैले नसिउरे पछी !

रहन्न अब यो जिबन तिमी बिनाको अपुरो काली
जुनी भरको तिम्रो मायां न्यानो साथ न पाए पछी !

सासै किन चाहियो र काली धड्कन नै नरहे पछी
आधा शरीर केलाई जिउनु तिम्रो साथ नै नपाए पछी

अर्पण तामाङ
तरहर-२सुनसरी
हाल दोहा कतार

चोरी हेर्छ मलाई किन चन्द्रमाले राती गीत

गीत लेखन मिती २०१०-०२-१८

चोरी हेर्छ मलाई किन, चन्द्रमाले राती,
तारा हरु ले जिस्काउंछ, किन आधा राती !
..........................
ऐना सामु उभी हेर्दा, लाज लाग्छ आँफै
अंग अंग सल्बलाउंछ, किन होला मलाई !
काउकुती लगाउंछ मेरो रातो चोली
कस्ले ल्याउंछ सिन्दुर पोते, पञ्चेबाजा डोली !
चोरी हेर्छ मलाई किन.............
तारा हरु ले जिस्काउंछ............
...........................
भनुं भने संगिनिले, उल्टै गिजाउंछ
नभनु त आँफै भित्र, बैश मग मगाउंछ !
कहाँ होला कस्तो होला, मेरो मन को राजा
घुम्टो खोली हेर्दा मलाई, लाज लाग्छ होला !

चोरी हेर्छ मलाई किन, चन्द्रमाले राती
तारा हरुले जिस्काउंछ, किन आधा राती !
........

अर्पण तामाङ
तरहर-२सुनसरी
हाल दोहा कतार

Monday, February 15, 2010

नसोध मलाई मुटुको चोट

गजल लेखन मिती 2010-02-14

नसोध मलाई मुटुको चोट,आखिर तिमी ले नै देको हौ
नसोध मलाई मनको पिडा,आखिर तिमीले नै छाडेको हौ !


कहाँ दुख्छ कती दुख्छ,यो घाइतेलाई नै थाहा छ
फलामको सुइरोमा उनेर,नबिर्सिने घाऊ तिम्लेनै देको हौ!


कर गरेर जहर पिलायौ,आखिर तिम्रै निम्ती पिइ दिए
फाटेको मनलाई टालेर,मुटुमा सुइरो तिम्लेनै घोपेको हौ !


आत्तिएर भएन रुएर भएन, मनको पिडा लुकाउन लाई
जती लुकाए पनि नछिप्ने यो बदनाम तिम्लेनै देको हौ !


नसोध यो जिबन कहाँ दुख्छ,मिर्त्यु तिमी ले नै देको हौ
नझार बनावटी आंशु,यो कात्रो तिमी ले नै किने को हौ!


अर्पण तामाङ
तरहर-२सुनसरी
हाल दोहा कतार

Sunday, February 14, 2010

सयपत्री फुल फुल्योकी चेली !!!'कबिता'

कबिता लेखेन मिती २०१०-०२-१४ तारिख

सयपत्री फुल फुल्योकी चेली !!!


सयपत्री फुल, फुल्यो कि चेली, त्यो हाम्रो गाउंमा !
राखेउ कि उनी, माइती लाई भनी, त्यो मेरो नाउंमा !!
भन्दो हो बाबा ,पोहोर साल गयो ,यो साला आउंदो हो!
पिढिमा बसी, हातको औंला ,आमाले गन्दो हो!!

ढलेको बरको, सपना देख्दा, झस्केर उठदो हो !
बाडुल्की लाग्दा, सम्झेर राती, पियारी रुंदो हो!!
सांझ ढल्दै जांदा, क्षितिज हेरी, बाल बच्चा सोद्दो हो !
खोइ बाबा भन्दा, पियारी तिम्रो, हृदय जल्दो हो!!

फर फर गर्छ, यो देब्रे अंखा, केही पो भयोकी !
भर भर गर्छ, चुल्हो को आगो, अलछिन लाग्यो कि !!
साउने झरी, त्यो बादल बिचमा असिना झर्योकी !
हुर्केको बाली, साउने खेत,पैरो पो गयो की!!

सपनी सम्झ्यो, गाउंघर सम्झ्यो,यो छाती चर्किन्छ!
भुलाई मन, केही गरी हुन्न,यो आंखा धर्किन्छ!!
भाकल गर्छु, त्यो देबी देवता,केही नहोस भनेर !
घर फिर्ने बाटो, टोलाई हेर्छु दिन गन्ती गनेर!!

धेरै भो पर्देश, लागेको सानु, म फर्की आउंला !
सयपत्री फुल, ओलिन्न चेली यो साला लगाउंला!!
पर्दैन अब, बाबा र आमा त्यो औंला गन्न लाई !
पर्दैन अब, प्यारी ले पनि, पिढिमा रुन लाई !!

चाहिदैन अब, बिदेशी धन, असरफी त्यो सुन !
बसुंला बरु, ढिडो र पिठो, खाएर त्यो नुन !!
सयपत्री फुल, फुल्योकी चेली, त्यो हाम्रो गाउंमा !
राखेउ कि उनी, माइती लाई भनी, त्यो मेरो नाउंमा !!

अर्पण तामाङ
हासपोस-२ तरहरा सुनसरी
हाल दोहा कतार

Saturday, February 13, 2010

प्रणय दिवसको दिन आज 'गजल'

भोली प्रणय दिवस तर आज राती मलाई खै कसरी अचानक निन्द्रा खुल्यो रातको २,४५तिर दिमाखमा प्रणय दीवसको बारे धेरै कल्पे अनी फेरी कल्पे घरमा भएकी जिबन साथी जो सँग मैले मेरो बैबाहिक जिबनको दुख्ख सुखको उतार चढाब सँगइ बसेर होस या टाढा बसेर होस बैबाहिक जिबन बिताएको १० बर्ष भयो। त्यस माथि पनि म पर्देश लगेको ६बर्ष लाग्यो यस बिचमा मैले उस्लाई एक्लो पन बाहेक केही दिन सकेको छैन शायद यो भन्दा पनि टाढा अब पनि शायद केही दिन सक्दिन होला,त्यसैले राती नै मैले यो गजल उनको नाम गरेर लेखे उन्को निम्ती,राती बत्ती बालेर लेख्नु साथी हरुलाई बत्तिले बाध हुनेथियो त्यसैले मोबाइलमा टैप गरेर अहिले तपाईं हरुको सामु राख्दै छु। शायद गजल का नियमा त नपुग्लान तै पनि कोशीश गरेको छु,र यो गजल म र मजस्तै पर्देसिएका प्रभाशी साथी हरु को निम्ती अनी मेरो जिबन सङिनी मा समर्प्रित गर्न चाहन्छु,हस्त धन्यवाद।

गजल लेखन मिती २०१०-०२-१३बिहानको राति३बजे


प्रणय दिवसको दिन आज,एउटा गीत तिमी लाई
नबिर्सिने धुनको,पिरतिको गीत तिमी लाई !

सिन्दुर पोते चुरा त,दिइ सके प्रिया
त्यो भन्दा अमुल्य,जुनी भर्को साथ तिमी लाई !

ताजमहल बनाउने,सामर्थ्य त छैन म सँग
तर मनको महल जुनी भरी तिमी लाई !

यो जिन्दगी रला नरला सँगै,कांचो शरीर न हो
छाडेर जाउंला ति दुई प्रेमको,निसानी तिमी लाई !

भन्दिन म तिमी लाई,म मर्दा बेस्सरी रुनु
बरु जिउन सिकाउने,हिम्मत छाडुंला तिमी लाई !

प्रणय दिवसको दिनआज,नभुल्ने गीत तिमी लाई
नबिर्सिने जुनीभरी पिरतिको धुन तिमी लाई !

अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल-दोहा कतार

Thursday, February 11, 2010

कसैले सोधे भने ठुलिले'गजल'

गजल लेखन मिती २०१०-०२-०९

कसैले सोधे भने ठुलिले,डांडा कट्यो भनी दिनु
पुरुस्वार्थको तिम्रो गाम छोडेर,ठुलिले सिमाना कट्यो भनी दिनु !

चौरास्ता मा उभिदा,कुरा काट्ने तिम्रो पुरुष समाज
चाइदैनरे अब ठुलिलाई,तिम्रो गाम मेरो खबर भनिदिनु !

परिश्रमले बांच्न खोज्दा,नानाभांती कुरा काट्ने तिम्रो समाज
आमा,छोरि,श्रीमती,जोडीएको नात चाहिदैनरे अब भनिदिनु !

चुरी मात्रा होइन यो हातले,बन्दुक पनि बोकी सकेकाछौ
मेरो नाम्को पछी तिम्रो सर्बनाम चाहिदैनरे अब भनिदिनु !

उबिना पनि चल्छरे,कोक्रो चलाऊने हात हरु भनी दिनु
बेच्दिन इज्जत,माग्दिन भिख,पसिना पोखेरै बांच्छरे भनिदिनु

अर्पण तामाङ
हांसपोसा-२तरहरा,सुन्सरी
हाल दोहा कतार
(यो गजल मैले समाजमा घरभित्रको नाता भुलेर बाहिर पुरुस्वार्थको अहम देखाउने अभिमानी पुरुष हरुलाई अत्यचारको सिमाना नाघे पछी एउटा नारिले हिम्मत देखाउन खोज्ने नारी हरु प्रती सम्र्प्रित गर्न चाहन्छु।)

मायां आखिर मायांनै हो,गजल,

गजल लेखन मिती २०१०-०२-१०बिहान

मायां आखिर मायांनै हो दोसी हुन्न गोमा जी
नजर लाग्ला कसैको तर प्यार झुटो हुन्न गोमा जी!

प्रेम लाई पूजा गर्ने हरुलाई घ्रिणा गर्ने यो दुनियाँमा
हजुरको विश्वाश गर्ने मुटुनै कम्जोर भयो कि गोमा जी !

पत्थर्को देवता लाई के थाहा साक्षी राख्नु उसलाई
आँफैलाई भुल्नु भोकी कही दोसी नठान्नु कसैलाई गोमा जी !

चर्किएको ऐना टुक्क्रिएको दिल थाहाछ मलाई पनि
फुल फुल्छ प्रेमको बगैचामा हरेस नखानु गोमा जी !

अबिश्वाशले जोडेको क्षितिजको पर्खाल तोड्नु फेरी गोमा जी
चोखो प्यारमा जे पनि हुन्छ विश्वाशले दुई मुटु जोड्नु फेरी गोमा जी

अर्पण तामाङ
हांसपोसा-२तरहरा सुनसरी
हाल दोहा कतार
(यो गजल फेशबुक मार्फत मित्रता हुनुहुने अपरिचित फेशबुक साथी नाम(परिवर्तन) गोमा जी को (मनको भाबना)पढे पछी शो को प्रतिउत्तरमा निस्केको गजल होयो गजल बिशेष गरेर प्यारमा हार खाने हरुको लागि समर्पित गर्दछु साथै यो नाम कसै सँग मिल्न गए सम्योग मात्रा हुनेछ। अन्यथा क्षमा प्रार्थी चाहन्छु ।

तोड्नु थियोत नाता,गजल'

गजल लेखन मिती २०१०-०२-०९

तोड्नु थियोत नाता, जोड्यौ किन हिजो अस्ती
लाएरै मांयां भुल्नु थियोत,लायौ किन हिजो अस्ती !

न तन रुन्थ्यो न मन रुन्थ्यो,नलाएको भए प्रिती
आधा बाटोमै छाड्नु थियोत,साथ दियौ किन हिजो अस्ती !

आखिर आगो लाउनु थियोत किन,बसायौ मेरो बस्ती
मायां केहो थाहा नभएको,प्रेम सिकायौ किन हिजो अस्ती !

म मा जे जती बांकी थियो,नराखी लुटेउ सबै मस्ती
निसानी सबै मेट्नुनै थियोत,किल्ला गडेउ किन हिजो अस्ती !

फुटेको मुटु बाट चोइटिएको दिल,जोड्यौ किन हिजो अस्ती
त्यही मुटु तराजुमा जोख्नु थियोत,मायां रचेउ किन हिजो अस्ती !

अर्पण तामाङ
हांसपोसा-२ तरहरा-सुनसरी
हाल दोहा कतार

Wednesday, February 10, 2010

बिर्सिएको त आजकाल धेरै भो'गजल'

गजल (लेखन मिती २०१०-०१-३१)2010-01-31

बिर्सिएको त आजकाल धेरै भो याद आउछ किन सांझमा
चुरोटको धुवां भित्र पनि याद आउछ किन सांझमा !

पुछेर पनि नदेखिने भित्ताको तिम्रो पुरानो चित्र
खोजेर पनि नभेटिने अब तिमीलाई याद आउछ किन !

दुई दिलको एउटै धड्कन हुन्छ भन्थेउ हिजो प्यारमा
आजकिन सम्झना मात्रा छोड्यौ यो दिलको प्यारमा !

अंम्रित भनी छली मलाई बिश पिलाई गयौ प्यारमा
यस्तो निर्मोहिको मायां किन दोहोरिएर आउछ सांझमा !

बिर्सिएको त धेरै भो मधुमास याद आउछ किन सांझमा
टोलाउन खोज्द्दा एकान्तमा याद आउछ किन सांझमा !

अर्पण तामाङ
तरहर-२सुनसरी
हाल दोहा कतार

के भुल भयो सानु 'गजल '

गजल (लेखन मिती २०१०-०१-३१ )2010-01-31

के भुल भयो सानु आजकाल तिमी बोल्दैनौ
भेट हुंदानी नजिक बाट सानु तिमी बोल्दैनौ!

नखोलेरै मनका कुरा तिमी टाढा हुंदा
धड्किन्छ यो मुटु सानु किन तिमी बोल्दैनौ!

लुकाएरै राख्ने भए किन सानु मनका कुरा
दिल खोलेर नाता किन जोड्यौ फुकाएर मनका कुरा !

तिमी हांस्दा संगै हांस्छु रुंदा संगै भन्थेउ
कहांनेर चुक्यो मेरो मायां सानु किन बोल्दिनौ !

के भुल भयो सानु आजकाल तिमी बोल्दैनौ
भेट हुंदानी नजिक बाट सानु तिमी किन बोल्दिनौ !

अर्पण तामाङ
तरहर-२सुनसरी

उठ्नु पर्छ अबत !!!'कबिता

लेखनकाल २०५४साल मंसिर सत्ताइस गते (शहीद भएकी आमा) उपन्यास बाट
उठ्नु पर्छ अबत !!!

उठ्नु पर्छ अबत
न्याय प्रेमी जनता हो !
कती दिन बस्ने हामी
गरीबिको को घाऊ हो!!

गाउं गाउं बस्ती बस्ती
एक भई नजुटे !
पाइदैन न्याय मुक्ती
सामन्ती लाई नगिडे !!

कामी दमाइ छेत्री बाहुन
भन्नु हुन्न अबत !
जात भात धनी गरीब
एउटै हुन्छ रगत !!

सानो ठुलो गोरेटो
एउटै हुन्छ बाटो त !
गास बास मन मिले
भलो हुन्छ जगत !!

अर्पण तामाङ
हांसपोसा-२तरहरा-सुनसरी
हाल दोहा कतार

रगत र पसिना संग !!!'कबिता'

लेखनकाल २०५४साल मंसिर सत्ताइस गते (शाहीद भएकी आमा) उपन्यास बाट
रगत र पसिना संग !!!


रगत र पसिना संग
खेलबाड गर्ने सामन्ती हरु !
कती दिन टिक्छन र ?
सामन्ती नील र हत्कडी हरु !
जुट्दै छन देशमा गरीब हरु !
बिउझदै छन !
पिडा र दर्द का आवाज हरु !
सुन फुल्ल्ने देश बोकेर
बांचे को हामी नेपाली !
मुट्ठी र आवाज लिएर
उभिएका छौ यही धर्तिमा !
युग बोली रहेछ !
रगत उम्लिरहेछ !
शाहस को नसा नसा
र !
स्पन्दन अनी धड्कन धड्कनमा
जाग!जाग!!अघी बढ !!!
यही हाम्रो धर्ती हो!!!
लमक्क लमक्क लम्की हिड
यही हाम्रो शान हो!
मागी होइन लडी लिने
यही हाम्रो !
बिरता को पहिचान हो !!!


अर्पण तामाङ
हांसपोसा-२तरहरा-सुनसरी
हाल दोहा कतार

अर्पण तामाङयुग'बोल्छ देश संगै '

लेखनकाल २०५४साल मंसिर सत्ताइस गते (शाहीद भएकी आमा) उपन्यास बाट
युग बोल्छ देश संगै !!!

युग बोल्छ देश संगै
हामी बोल्छौ भेष संगै
रगत हाम्रो एउटै छ
जात धर्म फरक केभोर
देश लाई शिरमा राखी
अगी बड्छौ !
कस्ले छेक्न सक्छर
धर्तिमा जिबन फुल्छ
पाखुरीमा फुल फुल्छ
अगी बढउ हामी गरीब
मन मिले बल बुद्धी एकै हुन्छ
चाँहीदैन सामन्ती
भन साथी मुर्दाबाद !!
ल्याउनु पर्छ!बिहानि!!!
भन साथी जिन्दाबाद !!!

अर्पण तामाङ
हांसपोसा-२तरहरा-सुनसरी

अरबको मरुभुमी बाट !!!'कबिता'

मैले यो कबिता धेरै पहिले लेखे को तर कारण बस मैले सम्प्रेसण गर्न सके को थिएन यो कबिता सन २००६ को १४१ औ मोती जयन्तिमा ,नेपाल कतार पत्रकार संघ दुवारा आयोजित कर्क्रम मा बाँचन गरी सकिएको हो आज सन २००६ म लेखिएको कबिता सन २०१० म आएर राख्दैछु ब्लगमा कबिता तत्कालिन समय र बस्तु काल्मा लेखिएको हो अहिले सम्प्रेसण गर्दा सन्धर्भ नमिल्न सक्छ त्यस्को लागि क्ष्यमा चाहन्छु

अरबको मरुभुमी बाट !!!


अरबको मरुभुमी बाट
लाखौं लाख नेपाली हरुको
हजुर हरु लाई एउटा चिटठी
रशो दिर्घ नमिलेका
फुस्रा कागजै शही भए
मेरो यहाँ हरु लाई बिन्ती
अनी हुलाकी दाई तिमी लाई पनि
एउटा जरुरी हाम्रो बिन्ती
उसको नाम्को चिट्ठी हो यो
लगि हात मै दिनु है
आंशु पिएर नेपाली ले
हांसेको छ भनी दिनु है
दरबार चलाऊने माइलो दाई
उस्लाई पनि सुनाइ दिनु है
नारायण हिटी कान्ड रचेउ
मरेको प्रेत आत्मा लाई
कालो मोसो लायौ
नरक कुन्डको सम्हार गरी
देबी देवता धायौ
लठेप्रो लाई पाखा लगाइ
माघ उन्नाइस रचेउ
अनी !हिटलर र बुस पछी
जिग्मे सिग्मे संग मित लायौ
जनता को नासो भन्दै
प्रजातन्त्र खायौ !
किन पच्थियो जनता लाई
सांढे मिचै तिम्रो शासन
चिनेउ होल जनता लाई
खोस्दा तिम्रो आसन
त्यसैले !
त्यसैले भोका नांगा जनता उठे पछी
स्वत्रन्तताको नारा उराले पछी
सडक र गल्ली गल्ली हरुमा
किन छेक्थियो तिम्रो रावण मिचैले
बरु बिस्फोट हुन्छ, ज्वाला मुखी उठ्छ
संगिन र बुट हरु को मिचैले
बरु धन्य छ!तिमी लाई अनी बधाइ पनि !!
फालिएनौ कसिंगार सरी सकुनी भनी
यसै बिचमा अर्को चिट्ठी
नेता ज्यु तिमी लाई पनि
भ्रस्ट मती न आवोस भनी
१७,२४,३६,अनी !
४६ साला को चैत्र पनि
थाहै होला ६२र ६३ को दमन पनि
त्यसैले नेता ज्यु !
एउटा चिट्ठी तिमी लाई पनि
महाकाली र टनकपुर लाई बन्धक राखेर
फेरी जनता र देश खाने
लाउडा र पजेरो नभित्राउनु है !
शहर पसेको बाबुराम र प्रचन्ड लाई
फेरी बनबास न पठाउ है !
अर्को चिट्ठी प्रबास बाट
तिमी लाई पनि है!
कलम चलाऊने हात हरु लाई
बन्दुक नथमाउ है !
सोमालिया,इथोपिया,अनी सुडान जस्तइ
कही कतै गल्ती भए लेब्नान नबनाउ है
हुलाकी दाई अर्को खबर
बुश !लाई भनी दिनु है
भाई भाई को झगडामा
भांजो नहाल है !
संसार हांक्ने तिम्रो सपना
कहिल्याइ पुरा नहोसै
कोफी अन्नान तिमी ले पनि
राम्रो सम्झाउनु है!
अन्तमा !
अन्तमा खबर लाने हुलाकी दाई
प्रभासी को कोटी कोटी धन्यबाद छ है
उसको नामा को चिट्ठी हो यो
लागि हातमै दिनु है !
आशु पिएर नेपालीले
हांसेको छ भनी दिनु है !!!

अर्पण तामाङ
हांसपोसा-२तरहरा-सुनसरी
हाल दोहा कतार

कल्पिएर न आउने

गजल
कल्पिएर न आउने मन्मा किन गजल
लेखिएर नलेखिने पाना भित्र गजल !

त्यसैले त तड्पी रहेछु तिमी खोज्दै आफु भित्रै
तै पनि लेखिएर नलेखिने पाना भित्र गजल् !

न प्रित न गीत केही नबन्ने मेरो गजल्
न हार न जित केही नबन्ने मेरो गजल् !

खै किन हो हांसो आंशु भित्र पनि न अटाउने
लेखिएर नलेखिएको पाना भित्र को मेरो गजल् !

कल्पिएर न आउने मन्मा किन गजल्
लेखिएर नलेखिने पाना भित्र मेरो गजल!

अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार

न फुल्दै फुल 'गजल '

गजल
न फुल्दै फुल कोपिला चुड्यो कसैले
न लाउदै शिरमा झर्यो भुइमा कुल्चियो कसैले!

सुन्दरता पोखिने फुलई यस्तो होकी
चुस्ने भंमरा उस्तो हो चुस्यो कसैले!

हिजो हेर्दा सानै थियो मुना लाउदै थियो
आज हेर्दा चौरास्तामा फ्याक्यो कसैले!

लानेले चुडी लाग्यो देखेन माली रोएको
हांगै पनि लुछी लग्यो देखेन पिडा कसैको !

निर्मोही यो संसारमा चुड्यो कसैले
न लाउदै शिरमा झर्यो भुइमा कुल्चियो कसैले !

अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार

खोलेर तस्बिर हेर्छु 'गजल'

गजल
बिशेष मैले यो गजल मेरो प्रण भन्दा पनि प्यारो जिबन संगिनी श्रीमती लीला तामाङ(कट्वाल)
मा समर्प्रित गर्न चाहन्छु।जो लाखौं सपना बुनेर मेरो पर्खाइमा दु:ख संग भलाकुसरी गर्दै होली
तिनै महान नारी लाई समर्प्रित यो गजल

खोलेर तस्बिर हेर्छु तिम्रो एक पल्ट बोली दिये हुन्थियो
स्पर्स गर्दा तिम्रो ओठ्मा औला टोकी दिये हुन्थियो!

नियतिले पर्देसिएको तिम्रो बाबा लाई
मेरो राजा भनी एक पल्ट बोलाई दिये हुन्थियो!

पाउमुनी औंला लगाइ काउकुती मलाई
कान्मै आइ कानेखुसी मरी दिये हुन्थियो!

कुनै एक रात को प्रहार मा खित्का छोड्दै
मलाई चलाऊन आइ दिये हुन्थियो!

पुछिने सिन्दुर टुट्ने चुरा पोते त केहोर
त्यो भन्दा अमुल्य माया सांची दिये हुन्थियो !

अर्पण तमाङ
हासपोसा-२ तरहरा-सुनसरी
हाल दोहा कतार

न फुल न कोपिला 'गजल '

गजल
न फुल न कोपिला ओइलाई झरेछु मत
न सिसिर न बसन्त बिनाको पालुवा भएछु मत!

न फुल्न सके न खेल्न सके यो जिन्दगीमा
डढेलो लागेको रानी बन भएछु मत!

कोइलीको बोलि बिनाको न्याउल भएछु मत
न सुर न ताल न धुन बिनाको गीत भएछु मत !

खै कहाछर संगित मेरो जिन्दगीमा
बजाएर नबज्ने गीत भएछु मत !

उनी छेउ भएरै पनि टाडिएछु मत
रोपेर मांयां नरोपिने मुटु बिनाको भएछु मत!


अर्पण तमाङ
हासपोसा-२ तरहरा-सुनसरी
हाल दोहा कतार

आज एउटा जुन देखे 'गजल'

गजल

आज एउटा जुन देखे आधा रातिमा
तारा हरुले सजिएको आधा रातिमा!

टिपी ल्याउने मन भयो त्यही जुन लाई
दिउकी कोसेली भनी सोचे मेरी उनिलाई !

उडी जाउकी चुमी आकाश आधा रातिमा
बेग हानी पुंगुंला म आधा रातिमा !

जुन पाइ मख्ख पर्छिन होली मेरी उनी
तारा हरुले सजिएको परी बन्छिन होला तिनी!

त्यसैले त आज एउटा जुन देखे आधा रातिमा
तारा हरुले सजिएको आधा रातिमा !

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

आसा मारुत कसरी 'गजल'

गजल
आसा मारुत कसरी आँखा जुधाउछौ
भुलेउ भनुत कसरी माया देखाउछौ !

कि हुन्छ भन्देउ कि हुन्न भन्देउ अबत
टाढा बाट तर्की हिड्दा नजिक बोलाउछौ!

आउदिन भन्दा देउरालीमा भेट्न बोलाउछौ
भेट हुँदा दोबाटोमा अन्तै टोलाउछौ !

खै कसरी बुझौ अब यो नाता लाई
वीर्सी हिड्दा पधेरिमा आँखा जुधाउछौ!

एक्लाई बस्दा अंधेरिमा सुसेलाउछौ
भुलेउ भनुंत कसरी मायां देखाउछौ !

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

एकान्तमा बस्दा तिमी 'गजल'

गजल
एकान्तमा बस्दा तिमी न आएकै जाती
सम्झी दु:खने पिरती त्यो न लाएकै जाती!

जिउछु बरु तिमी बिना एक्लाई अचेल
मेरो लास तिम्रो लागी नढलेकै जाती!

नभेटिने क्षितिज सँग पिरती गासेर
तिम्रो लागी एकान्तमा नरोएकै जाती!

आजकाल मन परिवर्तन भएको छ
तिमी बिना यो जिन्दगी नचलेकै जाती!

एकान्तमा बस्दा तिमी न आएकै जाती
सम्झी दु:खने पिरती त्यो नलाएकै जाती !

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

रेसमी ओठ गाजलु आँखा 'गजल'

गजल
रेसमी ओठ गाजलु आँखा भएरै होकी तिमी
नसा भित्र को नसालु पेय भएरै होकी तिमी

खै किन मदहोस भएेरहेछु तिमी भित्र मत
नपिउदै मात लाग्ने भएर होकी तिमी

बैसले फक्रिएको फुल भएरै होकी तिमी
बिना प्रभात मा झुल्किएर होकी तिमी

किरणले लठ्भई रहेछु आजकाल मत
तुसारो बिनाको सित भएरै होकी तिमी

न प्यास न प्याला भएरै होकी तिमी
नसा भित्र को नसालु पेय भएरै होकी तिमी

अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
गजल

एक शेर गजल लेखी दिउकी 'गजल'

गजल
एक शेर गजल लेखी दिउकी तिम्रो नाम्मा
गजलै पोखेर माया बिच्छ्यौकी तिम्रो नाम्मा!

शेर हरुको बहरले तिमी लाई बाधी
शुभ मुहुर्त गरी दिउकी तिम्रो नाम्मा!

आफन्त र पराइ लाई साक्षी राखी
सिन्दुर नामा गरी दिउकी तिम्रो नाम्मा!

चिरी च्यट्ट पारी कुरी बस्नु तिमी
डोली चढि दुलाहा बनेर आउछु तिम्रो नाम्मा!

मनको राजा बनी तिम्रो सिहसानको
सधैं भरी राज गरी दिउकी तिम्रो मन्मा!

तिमी आउने तिम्रो बाटो भरी
गजलै पोखेर माया बिच्छ्यौकी तिम्रो नाम्मा!

अर्पण तामाङ
हाल दोहा कतार

मेरो गरिबी !!!'कबिता'

मेरो गरिबी !!!


बुझेर बुझि नसक्‍नु
मेरो गरिबी !
यता टाल्‍यो उता भ्‍वाङ्‌
उता टाल्‍यो यता भ्‍वाङ्‌
जता टाले पानि !भ्‍वाङै भ्‍वाङ्‌ !!
खोइ कस्‍तो मेरो गरिबी भ्‍वाङै भ्‍वाङ्‌!!!
भोक रोग र शोक को मेरो गरिबि
आत्‍मा लाई चिथोर्दै !
बाची रहेको मेरो यथार्थ
गरिबीको शिरानी लगाई
धर्तिलाई बिछौना मानेर
बादल को रुई बानाई
आकाशको शिराक बनाउदा
मेरो निद गएन!
बिबस्‍था सँग युद्घ लड्‌ने
मेरो अस्‍थिर-पन्‍जिर
धनिको नोट लाई हेरेर
अघाएको मेरो भोकले
खै किन मेरो पेट भरिएन
रुकुम रोल्‍पा र हुम्‍ला जुम्‍लाले
भित्राएको मेरो भोक
सप्‍तकोशी र तराईले दिएको मेरो शोक
आफै बगेर आफन्‍त गुमाउदा
सप्‍तकोशीले लगेन मेरो भोक रोग र शोक
त्‍यसैलेत खै कस्‍तो मेरो गरिबी
बुझि नसक्‍नुछ मेरो गरिबी !!!
निर्दल गए बहुदल आए
गएन!मेरो गरिबी !
राजा गए! रैति आए!!
गएन! मेरो गरिबी !!!
छुट्‌याउन खोज्‍छु आफु सँगै
मेरो गरिबी !!!
खै किनहो ?झनैपो बड्‍छ यसको परिधी !
अनित अचम्‍म लाग्‍छ मलाईनै मेरो !
ऊपहाश गरिबी !!!
दश-दश साल मा फेरिने क्रन्‍ति सँगै
बर्षेनी आउने बजेट भाषणमा
रातो रिबिन ले टमक्‍क बाँधिएर
कालो शुटकेसमा बन्‍धक छ!
मेरो गरिबी !!
ताली हरुको भिडमा सिँहदरबार भित्र
छुटाईएका धन-राशि हरुले
खै कहिले छोला ?
म र मेरो गरिबी लाई
अस्‍त ब्‍यस्‍त म र मेरो यथार्थ
जिउनु को नाम मा भोक साँचेर
चिहाई रहेको राजधानी लाई
मेरो गरिबी सलाम!!!
साँझ झर्दै जाँदा निर्बष्‍त्र
लाखौ गरिबी लाई कुल्‍चदै
हनिमुन मा आतुर मेरो राजधानी लाई
मेरो गरिबी सलाम!!!
जति दुखे पनि नचाहिने
मेरो गरिबी लाई सु:खको मलम
त्‍यसैलेत खै कस्‍तो मेरो गरिबी
बुझेर बुझी नसक्‍नु
मेरो गरिबी!!!
यता टाल्‍यो उता भ्‍वाँङ
उता टाल्‍यो यता भ्‍वाँङ
जता टाले पनि भ्‍वाँङै भ्‍वाँङ!!!
खै कस्‍तो मेरो गरिबी
बुझेर बुझी नसक्‍नु
मेरो गरिबी !!!


अर्पण तामाङ (योन्‍जन)
हाँसपोसा-२ तरहरा-सुनसरी
हाल-दोहा कतार

मन्जील दिप सुब्बा,"अबफेरी मेरो देशमा" 'कविता '

"अबफेरी मेरो देशमा"

मन्जील दिप सुब्बा,

अबफेरी मेरो देशमा
हिटलरको घृणित युद्ध नचर्कियोस
ओसिएका बम वारोदहरु
शान्ति खलबलाउनको निम्ति
बुलिन्द्र आवाज लिएर नपर्कियोस

भर्खरै मात्र सकिएका छन पोतेर
जनयुद्धले चर्किएका घरका भिताहरु

ममतामयी आमा! अबफेरी तिम्रो काख
उजाडिएको मरुभूमिझै रितो नहोस
वावा! तिमिले सनाखत भएका
लाषहरु जिम्मा लिन नपरोस

भाईटिकामा चेली! तिमिले
माईतिको प्रतिविम्ब खोज्दा
क्षतविक्ष्‍यद भएर यन्त्रतन्त्र छरिएका
शरिरका टुक्राहरु नहोउन

तिजमा माईती तिमिले
चेलिको सामिप्यता
वेपता र वेवारिशे पारिएको
समाचार अखबारहरुमा नहोउन

पबित्र शिन्दुर छरिएको शिउदो
हो त्यो, कहिल्यै नपुछियोस
दैवले जुराएको मिठो साथ
त्यो पन नछुटियोस

देशका कर्णधार नावालकहरु
टुहुरा र टुहुरी नहोउन
सोर्ग जस्तै घर - परिवार
बिचल्ली र बिस्थापित नबनुन

परिवर्तन ल्याउने परिवर्तनकारिलाई
हृदय देखिनै प्रणाम छ
परिवर्तनको लागी प्राणदिने शहिदहरुलाई
समग्रमा हामी सबैको लाखौं पटक सलाम छ।

मेरो मन!!!'कबिता '

मेरो मन!!!



एकिकृत मेरा मन हरु लाई
खै कुन्‍नी के भाछ आजकल ?
आफै भित्र उथल पुथल
आन्‍दोलित हुदै !
म!आफै बाट
छरपस्‍टिन खोज्‍छ
मेरो मन !
लाठी र गोली गठामा
जँगल छिर्न खोज्‍छ
मेरो मन !
तै पनि
असफल मेरो बार्तामा
निमन्‍त्रणा गर्छु !
फेरी पनि !
मनको गल्‍लिमा
बार भत्‍काउँदै
टायर बाल्‍न छोड्‌दैन
मेरो मन !
खै कुन्‍नि के भाछ?
आजकल मेरो मन ।

****************

नख्‍खु र हनुमान ढोकाको
मनको जेलमा
थुन्‍ने धम्‍कि दिन्‍छु म !
तै पनि टेर-पुछर लाउदैन
मेरो मन !
अश्रु ग्‍याँशको शेल संगै
कर्फ्‍यु घोषणा गर्छु
तै पनि टेर्दैन मलाईनै
मेरो मन !
खै केभाछ कुन्‍नि ?
आजकल !
आफू भित्रै
आन्‍दोलित भैरहन्‍छ
मेरो मन ।

****************

शिँहदरबार र सं‍सद भबन
छिर्न नपाउँदै
दश बर्षे जनयुद्धले छाडेका
नारा उराल्‍छ
मेरो मन !
रुकुम रोल्‍पा
र !
गोर्खा बाट होईन
मेची काली
र !
बिहार बाट
आन्‍दोलन चर्काउँछु भन्‍छ
मेरो मन !
दार्जेलिङ को त के कुरा
टिष्‍टा र काँगडा
हाम्रै हो भन्‍छ
मेरो मन!

****************

त्‍यसैले त उ
सिमा पारि पुगेर
गोर्खाल्‍यान्‍डको माग गर्छ
मेरो मन!
शंघियता र स्‍वत्रन्‍तताको
कुरा गर्दा गर्दै !
मेरो राष्‍ट्र र राष्‍ट्रियता !!
कतै लेन्‍डुपको सिक्‍िम जस्‍जै
बन्‍धकमा पो पर्ने होकी
मेरो मन !
त्‍यसैले त
हदै सम्‍मको लचक्‍ता अपनाएर
बार्तामा बोलाउछु
मेरो मन !!
तै पनि आउँदैन
आन्‍दोलित
मेरो मन ।

*******************

आजकल त
मागका बुदा हरु थपेर
क्‍युबा र पेरुमा मात्र होईन
म्यानमार मा !
आन्‍दोलन छेड्‌छु भन्‍छ
मेरो मन !
साम्‍यबादी समाजबादको
पोको बोकेर
मार्कस,लेलिन,
स्‍टालिन र माओको
तस्‍बिर बोकेर
पुरानो रुस हुँदै !
अमेरिका पुग्‍छु भन्‍छ
मेरो मन!
त्‍यसैले त
आजकल डर लाग्‍न थाल्‍याछ
मलाई नै
मेरै मन।

*******************

ईराक र अफगानिस्‍तान
भुटिए जस्‍तै !
कतै बारुदमा भुटिनेपो होकी ?
मेरो मन!!
त्‍यसैले
बार बार डाकी रहन्‍छु
तै पनि
बार्तामा आउँदैन
मेरो मन!
भन्‍छ !
वानकि मुन र पुराना संयोजक
हटाउ भन्‍छ !
मेरो मन!
माग माथी मागका
बुँदा हरु थोपार्दै
पन्‍छिन खोज्‍छ
मेरो मन !
खै केभाछ कुन्‍नि आजकल ?
आफै भित्रको एकिकृत
आन्‍दोलित
मेरो मन !

अर्पण तामाङ(योन्जन)
हाँसपोसा-२ सुनसरी
हाल दोहा कतार

होईनौ हामी !कबिता'

होईनौ हामी !


निरास अनि रङ्‌ग बिहिन
भित्ता हरुमा टाँगिएका
क्‍यानभाशका श्‍वास बिहिन
चित्र होईनौ हामी !
जस्‍लाइ लाम लस्‍कर लागेर
आँखा गाडेर हेरी रहने
बन्‍द ढोका भित्र !
अगर बत्ति जलाएर
भाकलको घुष लिने
कुनै शिल्‍पिकारक मुर्ति होइनौ हामी
जस्‍लाइ मूल्‍यमा बेचिदिने !
जल,बायु र ताप अनुभब बिहिन
धर्ति होइनौ हामी !!
जस्‍लाइ कूल्‍चे थूके पनि सहिदिने
चिसो हिऊमा कठाँग्रिएर निरवत उभि रहने
चिसो मनको सगरमाथा होईनौ हामी
उसको छात्तिमा किला काँटी ठोक्‍दै
कुल्‍चेर आरोहण गरे पनि !
बिना भोक प्‍याश र चिन्‍ता बिना
कुम्‍भकर्ण झै लम्‍पसार निदमा
निदाउने कठोर पहाड होईनौ हामी
नत कुनै हौं हामी !
बन्‍चित स्‍वतन्‍त्रताको निम्‍ति
आत्‍मा जन्‍जिरले बेरिएका
म्‍यानमार का भिक्षु होईनौ हामी
स्‍वतन्‍त्रता!स्‍वतन्‍त्रता!! स्‍वतन्‍त्रता!! भन्‍दै !
चिच्‍याउने तिब्‍बती होईनौ हामी !
त्‍यसैले होसियार!
नयाँ नेपालका !पुराना नेता हरु !!
राष्‍ट्रको नाम मा जनता लाई
घात गर्न नखोज प्रतिघात हुन सक्‍छ !
अझै पनि तँ तँ म म गरउ भने
फेरि पनि देशले अर्को गणतन्‍त्रको
क्रान्‍ति गर्न सक्‍छ !!
नचाहेरै फेरि पनि देशमा
अर्को युद्ध हन सक्‍छ !!
शान्‍ति र गणतन्‍त्रको नाम मा
तिमीले गर्न नसकेको
जनताले अर्को !
अक्‍टोबर क्रान्‍ति गर्न सक्‍छ !!!


लेखक:- अर्पण तामाङ
हाँसपोसा-२तरहरा-सुनसरी
हाल-दोहा कतार

Tuesday, February 9, 2010

नयाँ सालको भिडियो 'टेस्ट'

एउटा राष्‍ट्रपतिमा!!!कबिता'

एउटा राष्‍ट्रपतिमा!!!



एउटा राष्‍ट्रपतिमा!
देश फेरि अल्‍झदैछ!!
एउटै उदेश्‍य बोकेका गणतन्‍त्रका !
तर यात्रा अलग लिएका !!
छलफल मै ब्‍यस्‍त एउटै बिमतीमा
त्‍यही त देश डुब्‍दैछ आज !
एउटै शवाल राष्‍ट्रपतिमा !!
२०६५जेठको मध्‍यानतर हुदै गर्दा
१५ गतेको रापिलो घामको झुल्‍को सँगै
गणतन्‍त्रको भाले नयाँ बानेश्‍वरमा
कुखुरी काँ..गरेर बास्‍तै गर्दा
एउटा ईतिहाँसको नयाँ पाना पल्‍टदै गर्दा
नयाँ युगले बामे नसर्दै !
निरुङ्‌कुस्‍ताको श्रीपेच भूइमा नझर्दै
कोकोहाल मच्‍चिदै थियो नयाँ बानेश्‍वरमा
एउटा राष्‍ट्रपतिमा !!!
तँ लाई म लाई तँछाड मछाडमा
गणितिय अँकको जोड घटाउ सँगै
देश फेरि कंहि अल्‍झिदैछ
नयाँ नेपालको नेता हरु सँगै
कान्‍छो गणतन्‍त्रको !
प्रथम राष्‍ट्रपति बन्‍ने होडबाजीमा
जनता फेरि अन्‍योलमा फँस्‍दैछ
एउटा राष्‍ट्रपतिमा !!!


लेखक:-अर्पण तामाङ
हाँसपोसा-२तरहरा-सुनसरी
हाल-दोहा कतार

लुकेछ अब चन्‍द्रमा पनि बादलु भित्रमा!!!!

लुकेछ अब चन्‍द्रमा पनि बादलु भित्रमा!!!!



लुकेछ अब चन्‍द्रमा पनि बादलु भित्रमा!
आशाको त्‍यान्‍द्रो टुटेछ अब दिवालको चित्रमा!!

धुलोले पनि छोपेछ अब त्‍यो तिम्रो तस्‍बिर!
सोचेको भन्‍दा फरक भयो जिन्‍दगी म भित्र!!

जिउनुको अर्थ जिन्‍दगी साँची बाँच्‍न लाई गार्होभो!
जिएर हेरे म आफै भित्र मर्न झन सारो भो!!

सुनेको थिए परिको कथा स्‍वर्गको फुलबारी!
हुन्‍छरे एउटा राज कुमार त्‍याहाँ सानो त्‍यो घरबारी!!

त्‍यही कथा आज अपुरो भयो भन्‍नेले छाडीगो!
मनैमा रहयो मनको तृण्‍णा ब्‍यथा झन गाढाभो!!

कल्‍पना साँची चन्‍द्रमा छुने अठोट अधुरो!
बनेछ एउटा कबिको कथा त्‍यही पनि अपुरो!!

लेखुकी कथा भनेथे आफै स्‍मृती गाढाभो!
पुरानो रैछ कपिको पन्‍ना कल्‍पना टाढाभो!!

के साँचु एऊटा आँशुको थोपा समुन्‍द्र माझमा!
के देखाउ तिमिलाई चिरेर छाति मुटुको माझमा!!

हृदय भए चोटले छुन्‍थ्‍यो पत्‍थर लाई के छोला!
जलेको जलन आगो लाई थाहाछ पानि लाई के होला!!

जोड्‍दिन अब टुटेको दिल लाई चर्केको ऐना!
जन्‍मिदै भाग्‍य लेखेको हुन्‍छ म भाबी होईन!!

संहुला अब जलेको जलन त्‍यो तिम्रो मायाँमा!
सम्‍झना मात्र राखुला तस्‍बिर दर्पण-छाँयामा!!


लेखक:अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार

भन्‍छन सबै परिबर्तन!!!''कबिता''

भन्‍छन सबै परिबर्तन!!!


भन्‍छन सबै परिबर्तन
नयाँ युग नयाँ समाजको
कस्‍तो बन्‍छ कुन्‍नि मुहार
नयाँ देश नयाँ नेपाल को
कोर्छु भन्‍छन सँघियताको
नयाँ संरचनाको !
खै कस्‍तो बन्‍छ कुन्‍नि देश अब
नयाँ युग नयाँ नेपालको
खै कुन किरणले छाउने देश
नयाँ बिहानको!
कुन लालीले रँगिनेहो
नयाँ देश नयाँ नेपालको
जाती धर्म सँस्‍कारको जनजातिको
बन्‍छ अरे नियम कानुन
दलित महिला भाषा भाषिको
हुन्‍न अरे बिभाजन पहाड मधेशको
बन्‍छ अरे नयाँ युग नयाँ नेपालको
देख्‍छु मत पुर्ब-पस्‍चिम
दुबै मेची-कालीको!
लम्‍पसार देख्‍छु अनि
तराई पहाड सेतो हिमालको
खै कस्‍तो बन्‍छ कुन्‍नि हाम्रो देश
नयाँ देश नयाँ नेपालको !!!


लेखक:अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार

कल था मेरा आगे पिछे'कबिता '

लामो समय देखि मैले ब्‍लग सम्‍प्रशेण गरेको थिन आज लामो समय पछी सन२००४ तिर एउटा हिन्‍दीमा कबिता
लेखेको थिए आज त्‍यसैलाई प्रकाशनको तयारीमा छु मैले बम्‍बै बशाईको क्रममा जे देखे त्‍यसलाई कबिताको
माध्‍यमबाट ऐना देखाउने कोशिस गरेकोछु प्रश्‍तुत छ उक्त कबिता !



कल था मेरा आगे पिछे
दोश्‍त अपना सारा !
खेल्‍ते थे मेरा जिसम पर
था अपना यारा !!


मदिरा था एक प्‍याला
रसम भरिथा एक जवानि !
लेते थे मुझे एक सराब समझ्‍के
दुनियाँ हुवा था एक दिवानी !!


पिई लेता था मुझे मदिरा समझके
मेहि था एक शराबी !
सराबि जो नबन्‍गएथे
समझतेथे वो बर्बादी !!

बोल्‍ते थे पिने वाला मर्द मुझे
तुही मेरा शैयाँ !
रुपए थे मेरे लिए दुनियाँ
ना सम्‍झे किसीको भैया !!


निदमे थे लोग सारा
कभितो रात हि!हुई नहिपाए !!
बिक्ती थी जिसम मेरा
मिल्‍ता था मुझे रुपएँ !!


खेलेथे खाते भि मै पर
खलेथे कभि नेताओँ !
रँगिन था मुझे वो साम
खलेथे कित्‍ना अभिनेताओँ !!


चुमते थे कभि अंग अंग पर
अमृत था मेरा अन्‍दर !
अमृत जो था वो बहार
उत्‍नाही था मेरा सराब अन्‍दर !!


बनी थि कित्‍नाका सैयाँ मे
कित्‍नाका बनीथि प्‍यारी !
कित्‍नासे बनाएथे ताजमेहेल मेरे लिए
कित्‍नाका बनीथि रानी !!


ना राहे जिसम मेरा
ना राहे आज मेरा जवानि !
बनगए सब दुर मेरा
हो गए अभि सब बैमानि !!


ना राहे रुपए साथ मेरा
ना मिली ईज्‍जत !
गुम होगए अपना सारा
फगत मिली ब्‍यईजत !!


सहारा दिने वाला ना कोहीहे
मा बाप ना कोहीहे भाई बेहेना !
फिर भी !जिनेका उम्‍मेद है
मुझे कभि ! अलबिदा!! ना केहेना !!!


समाप्‍त

लेखक:अर्पण तामाङ -
हाल दोहा कतार

साँच्‍चै शाथी आज एउटा'कबिता'

मैले यो कबिता धेरै पहिलेनै राख्‍ने बिचार गरेको थिए कबिता धेरै पुरानो हो जति खेर हजबुल्‍लाह र ईजारायल बिच
मानबिय बधको हानथाप चलेर लाखौ मानिस हरुको नरसम्‍हार भयो।मसिना नानी बाल बच्‍चा र महिला हरुको हृदय
बिदारक फोटो २००६जुन३१ तारिखमा प्रकासित गल्‍खटाईमस को फोटो देखे पछी यो कबिता लेख्न प्रेरणा मिलेको थियो र लेखेको थिए।एकचोटी मानबिय संम्‍हारको बिरुद्धमा कलम चलाउनेपो होकी !!!

साँच्‍चै शाथी आज एउटा



साँच्‍चै शाथी आज एउटा
कबिता लेख्‍छु !
कबिता भित्र पिल्‍सिएका
मन भित्रको दाग पखाल्‍छु
लासै लास भित्रको रासमा
लाखौ नाबलक हरुको
चित्‍कार चिच्‍याहाट चिच्‍याउछु
चिच्‍याउछु कराऊछु अनी सराप्‍छु
सन्‍सारका ति बाद शाह हरुलाई
कबिता लेख्‍ने ए ! कबि!!
स्रवण गर्ने ए! श्रोता !!
कमसेकम एक पल्‍ट भनिदेउ
यि मेरा तस्‍बिर भित्र !
सन्‍सार जित्‍ने सपनामा पल्‍किएका
भौतिक पर्खालका यि पहाड मुनि
कङकृट ईट र फलामको पहिरो भित्र
तिम्रा ति हात हरुले सृजिएका यि बंम हरुमा
जातियता र धर्मको नाम मा
नर-सम्‍हार र रगतको खोलो बगाउदै
धर्ती किन रङगित पारि रहेछौ ?
डलर भित्रको बधशाला हरुमा
आमाको न्‍यानो दुध चुसाई पछी
क्षणिक निन्‍द्रामा सुतेझै
कहिल्‍याई नउठ्‍ने गरी
चिर निदमा सुतेका !
शुकोमोल हात पाउ चिम्‍लिएका आँखा हरु
ढलेका ईटका शिरानी लगाई
एकै छिनमा जुरुक्‍क उठी
ए बाबा! ए आमा !!भन्‍दै !!!
उठ्‍ला भन्‍ने आशमा !
यि रित्तिएका ममताका खानि हरु
प्रतिउत्तरमा प्रतिक्षारत प्रश्‍न हरु
के तिम्रा शन्‍तान छैनन?
ममतामयि आमाको छाति चुसेर
बालशुलब्‍ताको पहिलो तोते बोलि सँगै
आमाको अँगुली बैशाखी समाती
ताते ताते गर्दै तिमिले हिडेनौ ?
प्रशन ? माथी प्रश्‍नको खातमा
छाति पिटेर रोहि रहेका आमा हरुको
के दोस थियो र? ति काख हरुको?
त्‍यसैले यदि तिमी सँग !
मानब सम्‍बेदनाका लास भए !
सभ्‍यताको नाम मा अलिकती लाज भए
सन्‍सारका ए बाद शाह हरुहो ?
युग ईतिहाँश र परिबर्तनको नाममा
मानब अस्‍तित्‍व सँग
खेल बाड नगर !!!
हो मलाई पनि थहाछ !
ईतिहाँशको नाम मा पक्‍कै परिबर्तन हुनुपर्छ
तर !
युगले परिबर्तन खोज्‍छ
परिबर्तनले युग रोज्‍छ
अनि युग र परिबर्तन दुबैले
मानब कंकालको क्ष्‍यत बिक्ष्‍यतमा
अस्‍त्र सस्‍त्र हरुको युद्ध रोज्‍छ
अनि बन्‍छ एउटा ईतिहाँश ।
मानब सभ्‍यताको सुरुवात सँगै
तम्रपत्र र शिलालेख हरु हराए जस्‍तै
हार्नेको बिरताको ईतिहाँश मेटेर
युग बदल्‍छु भन्‍दै !
मानब संम्‍हार गर्न तछाड मछाड गर्नेहरु
एकले अर्कालाई हराउने होडबाजीमा
युरेनियम र एटम बंमको
सृजनामा तल्‍लिन हात हरु!
फेरी पनि !
नागासाकी र हिरोसिमाका
सपना देख्‍ने हरु !
शान्‍तिका ध्‍वजा दुई परेवाका
पँख हरु काटी !
चन्‍द्रमा आरोहणको प्रतिस्‍पर्धा गरिरहेकोछौ
बिश्‍वयुद्धको समाप्‍ती सँगै
शिथिल भएका मानब कँकाल हरु
आज भोली फेरि जागी रहेछ
सद्धाम,ओर्लमर्ट,नसरुल्‍लाह,
र !!!
मल्‍लिकी, बुश हरुको नाम लिएर
मानब संम्‍हारको प्रतिक्ष्‍यामा
हिटलर र मुशोलिनाको पनि
ईतिहाँश मेटेर !
मानब बधशालाको निर्माण गरिरहेछौ
पाउन्‍ड स्‍टर्लिङ र डलर हरुको भउमा
त्‍यासैलेत !!!
साँच्‍चै शाथी आज एउटा
कबिता लेख्‍छु।
कबिता भित्र पिल्‍सिएका
मन भित्रका दाग पखाल्‍छु
लासै लास भित्रको रासमा
लाखौ नाबालक हरुको
मृत्‍युको मोल माग्‍छु ।।।



लेखक:-अर्पण तामाङ हाँसपोसा-२ तरहरा,सुनसरीहाल दोहा कतार

कबि ज्‍यू !!!'कबिता'

कबि ज्‍यू !!!
शब्‍दकोश हरुको खण्‍ड खण्‍ड च्‍यातेर
मिठा बाचन र शैली हरुमा
शब्‍द र अर्थको बलात्‍कार गरेर
बिधवाको सेतो बस्‍त्र जस्‍तै
निरासिला सेता कागज हरुमा
मश्‍तिक र औला हरुको सहरामा
श्‍खलित मशि हरुको बिर्य हरुले
उत्‍पादित अनाथ कबित हरु
क्षणिक भरको वाह! वाह!!
र!!!
तालि हरुको उन्‍मादमा
कुसंस्‍कार र कुशासनको बिज रोप्‍न
लागी परेका घमन्‍डि कबिहरु
मातृत्‍व र भातृत्‍वको बस्‍ति हरुलाइ
ध्‍वश्‍त पार्ने तिम्रा परजिबि शनदेस हरु
निरन्‍तर लागि रहेछ भत्‍कावन
नैतिक संरचनाका भौतिक पर्खाल हरु
तैपनि किन तल्‍लिन छन ?
अनाथ सृजनामा कबि ज्‍यूहरु !
हुक्‍के बैठके र भरैटे हरुको
गुण गान मा रमाउने बुज्रुक
निर्णयक मण्‍डली हरुको
प्रथम,दोस्रा,तेस्रा,र शान्‍तवना पुरुस्‍कारको
घोषणा र हस्‍तान्‍तरणको हुँकार संगै
तर्रर..बज्‍ने तालि हरुको भिडमा
फुलको गुच्‍छा र सिन्‍दुर जात्राको कल्‍पनामा
भोलिको खबर पत्र लाइ अन्‍तर्बार्ता
समचार आदि इत्‍यादी र शुभकामना !
आफ्‍नो शिर उठाउदै पत्रकारको क्‍यामेरामा
कैद हुनखोज्‍दै आफुलाइ !
पहिलो नजर पुग्‍छ ! प्रथम,पुरुस्‍कारमा !!
कुन्‍नि के आशा जाग्‍छ र पुलुक्‍क हेर्छ पत्रकारमा
हाम्रा दुशित कबिज्‍यु हरु!!!
त्‍यसैले बिन्‍तिछ मेरा कबिज्‍युहरुलाइ
रावण र रामको परुषशार्थको लडाइ
कौरब र पाण्‍डब हरुको सकुनि लडाइ
छोडी देउ कबिज्‍यु लेख्‍न अब तिनलाइ
त्‍यसैले कबि ज्‍यू अब तिमिलe
हुक्‍के बैठके र सुसारे हरुको लागि होइन
तिम्रो मन मस्‍तिक लाइ बन्‍धक राखेर
घरी घरी नचाहेरै कपि र कलमको
यौन घर्षण गर्नु पर्दैन!
समयले सिकाएको परिबर्तन संगै
दुशित कबिताले सृजिएको मनो दशा
खड्‍को टारेर टार्दैन !!!
त्‍यसैले अलिकती कबिज्‍यु !!!
भृकुटि र सिताको इतिहास लेख
अलिकती अब्राहम,नेपोलियन र सेक्‍शपियरको कथा लेख
अलिकती काकुतारो कुबो रकिमि केतानिको इतिहास लेख
अलिकती जुनको ताइवे र पासाङ ल्‍यामुको कथा लेख
अलिकती मदर टेरेसा र पारिजातको जिबनि लेख
अनि जिशस अल्‍लाह र बुद्घको शन्‍देश लेख
इतिहास र बर्तमान भित्रको
आफ्‍नै मुलुक र बिश्‍वको इतिहास लेख
मेची र काली बिचको
गरिबि र उत्‍पिडनको कथा लेख
यहि शन्‍देश मेरा कबिज्‍युहरुलाइ
प्रथम, ,पुरुस्‍कार र नगद राशीको
लोभी नजर त्‍यता त्‍यागेर
फेरि कबिता लेख अलिकती
प्राणको सम्‍मानित भिख मागेर
पर्दैन हुनु ठुलो तिमिले मागेर ज्‍यु! ज्‍यु!!
गालि रिश होइन अर्ति उपदेश होइन
लेख नलेख तिम्र मर्जी
हस्‍त अस्‍तु ! कबि !!ज्‍यु !!!
अर्पण तामाङ-हासपोसा-२ तरहरा सुनसरी

Monday, February 8, 2010

तिमी लाइ एउटा प्रश्‍न ?अ'कबिता'

तिमी लाइ एउटा प्रश्‍न ?
पुरातन,र दासता भन्‍दा माथी
रामयण र स्‍वस्‍तानीको
कथा भन्‍दा माथी !
सभ्‍यताको शिखर किन चड्‍न सक्‍दैनौ ?
के तिमी सस्‍कार धान्‍ने
दन्‍त्‍य कथाको पात्र हौ ?
मत भन्‍छु ए! नारी !!तिमी !!!
नारी पुरुष दास्‍ताको प्रतिक होइन
नारी चुलो र चौकाको मात्र गहना होइन
नारी लोग्‍ने मान्‍छेको जिउनुको बहना होइन
नारी सन्‍तान प्रशोधनको मेशीन होइन
नारी बुहारी हुनुको अर्थ शिर झुकाउनु होइन
नारी स्‍वस्‍नी हुनुको अर्थ गोडा मोल्‍नु होइन
नारी छोरी हुनुको अर्थ चार दिवारमा रहनु होइन
नारी सभ्‍यताको नाममा नाँगिनु होइन
नारी उद्दयोगपतिको बिज्ञापनको ब्‍यापार होइन
अनी नारी !सौन्‍दर्यको नाममा !!
क्रिम गाजल पौडर र लिपस्‍टीक होइन
त्‍यसैले ए! नारीहो !!
कंक्रिट र फलामे जन्‍जिर लाइ तोडेर
कथीत पुरुष आज्ञा पालनको
अहंमकारी दास्‍वत्‍व र बर्ग मुक्तीको
पर्खाल लाइ फोडेर !
बर्गिय दुस्‍मनको जालो लाइ फाट्‍न
च्‍याङ्‍चिङ तावाचिन र जेनी बोनबोस्‍टफालीन हुन सिक
नारी हुनुको आत्‍मा ग्‍लानि लाइ
आफु भित्र बाट झिकेर फ्‍याँक !
द्वापर युगको गोपिनि र महाभारतको द्रौपदी होइन
ग्रह पदयात्राको युरीगागरीन हुन सिक !
पुरुष दास्‍वत्‍वको परिक्षा दिन
अग्‍नि ज्‍वालामा दन्‍किने सिता होइन
पासाङ ल्‍हामु जुनकोताइवे र तसलिमा नसरिन हुन सिक!
त्‍यसैले !!तिमीलाइ अझै एउटा प्रश्‍न ?
प्रश्‍न भित्रको तिमी र तिमि भित्रको प्रश्‍न
आफै खोज र उत्तर देउ । ए !नारी !!!


अर्पण तामाङ
हासपोसा-२तरहरा=सुनसरी

पर्खिन्छ रे भनिदिनु

पर्खिन्छ रे भनिदिनु जुनि-जुनि लाई
सञ्चै छ रे सुनाईदिनु मेरी उनि लाई

झल्को आउँछ उकाली र अनि ओरलीको
बिर्स्या छैन भनि दिनु भाकल देउरालीको

ओइलाएको छैन भन्नु चढाएको फुलपाती
भन्दिनु है लाग्छ अरे दौलत भन्दा माया जाती
भनिदिनु रुदै छ रे चौतारी र वनपाखा
हुन्न अरे भनि दिनु ओभानो त्यो आँखा

भनि दिनु बस्छअरे तिमी आउने भञ्ज्याङ कुरी
तारा गन्दै टोलाउछ रे भनि दिनु रात भरि
मनकामना पाथिभरा दक्षीणकालीको
भाकल छ रे दन्तकाली बुढासुब्बाको

भनिदिनु भाकल छ रे सम्झे जतीको
हावा छेकी बस्छ भन्नु दियो जलेको
केही गरी दियो निभे मेरी उनि लाई
खोट नलगोस् भन्छन अरे जुनि -जुनि लाइ

काँडा बिझी शही दिउला टेक्ने पैतालामा
तिमी बाहेक छैन कोही पापी संसारमा

त्यसैले !
पर्खिन्छ रे भनि दिनु जुनि-जुनि लाइ
सञ्चै छ रे सुनाईदिनु मेरी उनिलाइ



अर्पन तमाङसुन्सरी-तरहरा २
,हाल , टेक्सास युनिभर्सिटी ,कतार

ए शाहीद तिमीले के पायौ !'कबिता'

छाती थापी गोली खायौ
गर्धन काटी रगत दियौ
ए शाहीद !
भन तिमीले के पायौ ?

स्वत्रन्तता को लडाईं लड्यौ
समान्त को सङ्ग्राम गर्यौ
खुला आकास को कल्पना गर्यौ
सन्तती को भबिस्य चाहेउ
पसिना पोखेर कर्मा गर्यौ
पाखुरी मा बल सिचेर
पत्थर लाइ पनि फोरी पगाल्यौ
देश को लागि मार्छु र मर्छु भनि
बलिमा चाडाएको बोका बन्यौ
ए शाहीद !
भन तिमीले के पायौ ?

जनता को सफथ खान्छु भन्ने नेता
सुन्याछ आज कता
कतादेश बनाउने सारा कथा
सुन्छु अहिले राजधानीमा
भ्रस्टाचार म डुबेको छ अरे कहाँनिमा
थाहा छ तिमी लाइ ?
टनकपुर र महाकाली को
बिदेसिले कोरीसक्यो चित्र
अब तिम्रो हाम्रो मोल हुँदै छरे
सिंहदरबारको कुर्सी भित्र
प्राडो पजेरो सुरा सुन्दरि
चल्यो उस्कै मन परि
सङ्ग-सङ्गै लडौं भनि
एकताको कसम खायौ
प्रजातन्त्र उस्को पेवा भयो
बिदेसीको रिन हाम्ले पायौं
अब आँफै भन शहीद!
केलाइ चाँहीयो स्वत्रन्तता
कस्लाइ चाँहीयो प्रजात्रन्त
असिक्षा र भोक रोग हाम्लाइ भए
किन चाँहीयो प्रजात्रन्त्र ?
त्यसैले ए शाहीद!
भन तिमीले के पायौ ?
खाली एउटा सोझा नेपाली को
खाली एउटा गाली पायौ
ए शाहीद !
भन तिम्ले के प यौ ?


अर्पन तमाङ

बसन्तको फुल सङ्गै

बसन्तको फुल सङ्गै फुल्न पाएह् उन्थ्यो
बिहानिको लालि सङ्गै रङ छर्न पाए हुन्थ्यो
कोहिलि सङ्गै पालुवामा गाउन पाए हुन्थ्यो
गित बनि मधुमास मानाच्न पाए हुन्थ्यो
तारा बनि जुन सङ्गैलुक्न पाए हुन्थ्यो
छितिज पारि मिर्मिरे मा रम्न पाएहुन्थो
जुनकिरिले मलाइ पनि मित लाए हुन्थो
जुनि जुनि नछुटिने पृत लाए हुन्थो
सहि दिन्थे बिर्सिएर सबै सबै घात हरु
बिर्सि दिन्थे चोट पनि थामिदिन्थे हात हरु
गैदिन्थे ढुङ्ग पुज्ने मन्दिर बरु लाने भए
खाइ दिन्थे बाचा कसम भए भरको खाने भए
उमङ्ग छन मनभरि रहर छन तन भरि
सपना धेरै साचेको छु सजेको छ आखा भरि
नत मैले दौलत मागे नत मागे सुनचादि
नत मागेऐस आरम नत लाएबिन्ति
खालि एउटामन मागे मागे एउटा माया
लुटपुटिने काख मागे मागे एउटा छाया
त्यसैले नै बिन्ति गर्छु माया पाए हुन्थ्यो
जुनि जुनि सङ्ग सङ्गैजिउन पाए हुन्थ्यो
त्यसैलेनै जुनकिरिले मित लाए हुन्थ्यो
जुनि जुनि नछुटिने पृत लाए हुन्थ्यो


अर्पन् तामाङसुन्सरि,तरहरा-२

ए ! ठुले फेरि फर्की आउन !!! कबिता'



आज फेरी सुर्य अस्‍तायो
पारि क्षितिजको कालो डाडाँमा
आज फेरी जुन लुक्‍यो
कालो बादलुमा !
त्‍याती मात्र कहाँ होर ?
आज फेरी पापि चन्‍द्रग्रहण लाग्‍यो
एक्‍लो चन्‍द्रमा मा
त्‍यसैले !
ए ! ठुले फेरि फर्की आउन
आफ्‍नै गाउँ-घरमा ।
मिरमिरेको डाक सँगै
बिहान डाक्‍ने रातो भाले
स्‍याल ब्‍वाँसो र चिल हरुले
खोरै बाट अपहरण गरी सक्‍यो
आज फेरि कलि युगमा
हामिलाइ अर्को ठुलो दशा लाग्‍यो
किरण छाउने बिहानीको रातो लाली
कालो तुवाँलोले डम्‍म ढाक्‍यो
देशको मुहार फेर्छु भनी !
खूडा खुकुरि तरबार बोकी
बैरि माथी गर्धन ताक्‍ने
मात्र शाहस थियो तिम्रो
आज आफ्‍नै घर भित्र
शणार्थी बन्‍न बाध्‍या पर्यो
त्‍यसैले हिजोको त्‍यो शाहस बोकी !
पाखुरीमा बहादुर बोकी !
ए ! ठुले फेरि फर्की आउन !
आफ्‍नै गाउँ-घरमा ।
ठूला बडाको शहर बाट
हैजा गाउँमा फैली सक्‍यो
पारी गाउँकोत केकुरा !
आफ्‍नै गाउँमा छिरी सक्‍यो
पल्‍ला गाउँमा कुकुर भुक्‍यो
बन्‍दुक !पड्‍क्‍यो आधा रातमा
कठै बरा !साँइलि भाउजुको
सिन्‍दुर !पुच्‍छ्‍यो !!
चुरी फुट्‍यो आफ्‍नै हातमा
आज फेरि हाम्रो गाउँमा
सामन्‍तिको शसन जाग्‍यो
आगो लायो सामन्‍तिले
काँइला बाको !उठि बाशै लाग्‍यो
रामे, श्‍यामे, हरि ,चन्‍द्रे,
हिजै मूग्‍लान पसे
हर्के बिर्ख मचिन्‍द्रेले
साउदी कतार ताके ।
सम्‍झाइ-बुझाइ तिन लाइ पनि
फर्की लिएर आउन !
आफ्‍नै देशको एकताको
फेरी क्रान्‍ति गित गाउन !
बन,जङ्‍गल, खोला, नाला
मिलि मित लाउन !
क्रान्‍ति गरौ बिहान ल्‍याउन
ए ! ठुले !!फेरी फर्की आउन
त्‍यसैले !
त्‍यसैले !!फर्की आउन ठुले आज
आफ्‍नै गाउँ-घरमा ।
अर्पण तामाङहाँसपोसा-२ तरहरा-सुनसरी

मेची-काली'कबिता'

मेची-काली-हिमाल तराइ
सन्‍तान थरी-थरी !!
भाषा कला सँस्‍कृति यो
नेपाल आँखा भरी !!!
शिर हाम्रो सगरमाथा
आँगन हाम्रो तराइ !!
रंग छरी ज्‍योति छर्छ
अन्‍न लहराइ !!!
शन्‍तान हामि नेपाल आमा
छैन पक्ष -बिपक्ष !!
जाति भाषा पहिचान हाम्रो
धर्म निरपेक्ष !!!
सयौ थुङ्‌गा सन्‍तान हामी
आमा हाम्री माली !!
झुक्‍न दिने छैनौ शिर
मेची-माहाकालि !!!
देखाइ दिन्‍छौ शत्रु आए
पाखुरी र पौरख !!
भृकुटी र सिता अनी !
बुद्ध हाम्रो गौरब !!!


अर्पण तामाङ -हासपोसा-२तरहरा=सुनसरि

२१औ सताब्दिको' कबिता'

२१औ सताब्दिको
युग रोजि रहेछु।
महादेस हरुको बिचमा
आफ्नै मुलुक खोजि रहेछु
हिमालको काखमा रहेको
मेरो नेपल!!!
सगर्मथाको सिर ओढेको
नेपाल रास्ट्र हेरि रहेछु।
जङ्गल र दुइ सहर बिचको
द्वन्द भित्र दुखेको
आफ्नै स्वभिमान र सार्भभौमिक्ता भित्र
आज आफनै देस दुखेको
स्वयम्भुका दुइ आखाले खोजि रहेछु
इतिहास हाक्ने पुरुस हरु
जन्माउने रित्तो काख आमा हरु
देसका धरोहर् खम्बाका
बाद्यता र बिबस्तामा
सेतो घुम्टो ओड्ने बिधवा हरु
भबिस्य खोज्ने नाबलक
टुहुरा बालक हरु!
यि सबै भित्र दुखेको घाउ हरु
आज म आफै !
आकुल ब्याकुल र सोकाकुल भ्येकोछु
देस बचाउने नाममा
शान्ति!शान्ति!!शान्ति!!! भन्दै
धेरै पल्ट दुखेको चोट बोकेर
पटक पटक मरेर पनि बाचेकोछु
१४ हजार मृत नेपालोको
रगत आहालमा रोयेकोछु
रगतमा डुबेको आफनै नेपाल आमा
प्रसब बेदनालेछट पटियेर
असक्त भयेको बेला
अझै पनि बन्दुक नाल तेर्सायेर
गोलि र बारुद मा रगतको होलि खेल्ने
ए!दुइ खेलाडि सक्ति हरु हो !!
के हामिलाइ फेरि पनि
बुद्धा जन्माउने माया देबि
र !
२६ सय बर्स अघिको बुद्ध दिन सक्छौ?
सक्छौ भने दुइ हात हरु मा
सिप उमार्ने कपि र कलम् देउ
शान्ति को ध्वानि छर्ने बुद्ध देउ
सन्सारको नर सम्हार गर्ने
अटमं र पर्माणु बिग्यान होइन
जेट बिमान र अन्तरिक्क्ष यान
उडाउने हात हरुको बिग्ग्यान देउ
ए!रास्त्र हाक्छु भन्ने समंबाहकहो!?
शान्ति को नाम असान्ति ल्याउने हरु
परिबर्तनको नाम!
रगतको खोलो बगाउने हरु
भो नदेउ हामिलाइ अब
रक्त पिपासु शन्देश हरु
सक्छौ भने देउ बरु !
पुत्बमा टिस्टा र पस्चिम्माअ काँगडा हाक्ने
बलभद्द्र,अ्मर्सिङ्ग,कालु पान्डे र भिम्सेन हरु
अनि देउ!आदर्स र मित्रताको साइनो गास्ने
भृकुटि,सिता र अरनिको हरु!
अनि खोजि रहेछु!!!
सम्पन्नता र सार्बभौमिक्ताको
२१औ र २२औ सताब्दि बिचको
उन्नति उन्मुख नेपाल खोजि रहेछु


अर्पण तामाङ
सुनसरि,हासपोसा गाबिस-२तरहरा बजार

छक्कु उदासी'कबिता'

आमा !

आमा ! अपुताली जोगाउन हो की ?
कुरौते समाजको मुखमा बुजो लाउन
आमा ! नारीत्व ढान्न हो की ?
आफनो कोमलता सन्तानमा बिसाउन

आफु जीबन र मरणको दोसाधमा पनि
दश महिना कोखीमा राखेर जन्मायौ
आफु संधै भोक भोकै बसेर भए पनि
अतमभरी दश धारा दुध चुसाएर बचायौ

मायाकी खानी आमा ! आफु दुख सहेर
अपार माया दिएर, मलाई हुर्कायौ
दायाकी धनी आमा ! आफु संधै रोएर
सितल अनुहारले हांसेर, मलाइ फकायौ

आफु अन्याय र अत्याचारको समना गरेर
न्यानो काखमा, मायालु हातले सुमसुमायौ
सन्तानको सुन्दर भबिश्यको कामना गरेर
सबैलाई खुसी बाडेर, आफ्नो दुःख लुकायौ

संसार भरिको एउटी आमा !
मेरी मोहतारी आमा !
मेरी जननी आमा !
निश्छल, निश्पक्षकी देबी आमा !
त्यसैले आमा ! मलाई
कहिलै तिरेरै नसक्ने ऋण लगायौ
सांच्चै आमा मलाई
सातौ जन्मलाई पुग्ने माया बिछायौ

छक्कु उदासी जापान from mail

म कबि होइन ।।।'कबिता'

कबि होइन म !
तैपनि मनको बह बिसाउछु
एउटाकपी को चौतारिमा
तर !दोस नठानि दिनु कबि भनेर
एउटा भुल सम्‍झि दिनु
निर्दोष कलम सम्‍झेर !
त्‍यसैले !आफू दोशि ठानौ भने
सुइकार्न सक्‍दिन !
कलम दोसि भनौ भने
निर्रजिब बस्‍तु कसरि
मनको पिडा पोख्‍छर ?
तैपनि ! चलि रहन्‍छ निरन्‍तर !!
एउटा बिना प्राणको
सेतो कोरा कागजमा जिबन पोखि रहेछ
एउटा हातको सहारामा
औला हरुको बैषाखि लिएर
निर्जिब शब्‍द हरुलाइ
प्राणको संन्‍जिबनि छरिरहेछ
एउटा कबिता बनेर।
त्‍यसैले कबि भनौ भने
अनि भाब हरु पोखौ भने !
शब्‍द सजाउन सक्‍दिन ।
उर्बरा मरुभूमिझै सेतो कागजमा
आफै निरन्‍तर पोखि रहन्‍छ
एउटा मनको भाब बनेर।
कहिले मायाँ प्रेमको शब्‍द बनेर
ओकलिन्‍छ कबिता ।
कहिले बिछोड र मिलनको समिश्रण बनेर
बगि दिन्‍छ कबिता ।
अभाबमा पिल्‍सिएको जिउनिको अर्थ
जिन्‍दगि बनेर बगि दिन्‍छ कबिता
महासागर हरुको बिचमा
नदिको किनारा बनेर
बगिदिन्‍छ कबिता ।
कहिले अन्‍याय र दमनमा
पिल्‍सिएको घाउ बोकेर
बिद्रोहको नारा उराल्‍छ कबिता
कहिले सिता जानकि र भृकुटिको
गित बनेर आउँछ कबिता
कहिले बुद्घको शन्‍देश त कहिले देशको
राजनिति लिएर आउँछ कबिता ।
यसरि अवतार लिएर आइरहन्‍छ
बार-बार कबिता ।
त्‍यसैले मत भाबक मात्रहूँ
कबि नभनिदेउ साथी
म कबि होइन ।
शब्‍दमा पोखिएको भाबहो त्‍यो
त्‍यो कबिता होइन
साच्‍चै होस या ख्‍याल ठट्‍ामा
कबि नभनिदेउ साथी
म कबि होइन ।।।

अर्पण तामाङ
हासपोसा-२ तरहरा सुन्‍सरी
हाल:दोहा कतार

ए !काँग्रेस !!!? कबिता

ए !काँग्रेस !!!?

ए कति बोकछौ मरेको बाघको
जुँघा उखालि
सेरेमोनियल र माइनर किङको
साशमा अल्‍झिएर,किन जात फालि रहेछौ
ए !काँग्रेस ?गुन्‍द्रुकको झोलमा
साठी बर्ष देखिको सम्‍भिधान सभाको
खलनायक भएर !
मर्ने बेलामा अलिकति जनताको शत राख
बैतर्रणी तर्न ठाऊँ राख
भो नबोक अब चौरीको पुच्‍छर झरि सकेको
सामन्‍ती ताजलाई


अर्पण तामाङ(योञ्‍जन)

आँधि चलदैछ हुरि चल्‍दैछ'गित'

आँधि चलदैछ हुरि चल्‍दैछ
उठ ए!जाग किसान मज्‌दुर उज्‍यालो हुदैछ,उज्‍यालो हुदैछ !!!

चिनेर बैरि सामन्‍ति शोसक,दुस्‍मनलाइ मास्‍नेछौ !
किसान मजदुर गरिबको शासन योदेशमा ल्‍याउनेछौ !!
आँधी चल्‍दैछ..............................!
हुरि चल्‍दैछ..............................!

संगिनले रोपे गोलिले ठोके,थापेर यो छाति !
मरेछु भने जन्‍ताको झण्‍डा चढाउँनु मै माथी !!
आँधी चल्‍दैछ..............................!
उठ ए!.....................................!!

संग्रामि लडाइ लडदैछ छोरो,भन्‍दिनु आमा लाई!
मास्‍नलाइ दुस्‍मन चाहियाछ अहिले रगत देशलाई !!
आँधी चल्‍दैछ..............................!
हुरि चल्‍दैछ..............................!

अर्पण तामाङ
हासपोसा-२ तरहरा
सुनसरि

Friday, February 5, 2010

हे !मजदुर हरुहो!!!'कबिता'

हे !भोका नाङगा सन्‍सारका मजदुर हरु हो
जागन उठन अबत !आवाजमा मुठि हरु लिएर
कति बाँच्‍छौ आफैमा जिउन गारो
दासताको सिक्रिमा उनिएर !!सामनता बाद र पुजिबादको
चक्कीमा सधै पिसिएर
थकित मुद्रामा पसिनाले निथ्रुक भिजेका
ईस्‍पात,फलाम र कोइला हरुले
रापिएका र डामिएका काला अनुहार हरु
बिहान र बेलुकिको फ्‍याक्‍ट्रिको साइरन सङगै
जिन्‍दगिका पाइला नाप्‍न हतार हतार
हात मा सानो रोटिको टुक्रा
र !पिठ्‍युँमा भबिशय खोज्‍ने साना बालक हरु च्‍यापेर
बिहान बेलुका जानु र आउनुलाइ
आफ्‍नो नित्‍य कर्म सम्‍झेर
निरन्‍तर समाप्‍त गरिरहेछौ
आफ्‍नै जिदगि हरुलाइ
सामान्‍त र पुँजिबादका ठेकेदार हरुले
तिम्रो पसिना लाइ महँगो भाउमा
पाउण्‍डस्‍टलिङ्‍ र डलर हरुमा बेचि रहेछ
प्रक्रितिले दिएको जिउनुको अर्थ मानबतामा
सृजिएका हाड हड्‍ि र रगत हरु
मारसल र रबिन्‍सको अर्थशास्‍त्रको
जोड घटाऊको परिभासा संगै
क्रय बिक्रय नाफा नोक्‍सानको बिनिमय संगै
ठुला सेमिनार र गोश्‍टि हरुमा
महँगा तारेहोटल र पार्टि हरुमा
एकातिर तिम्रा हाड,खोर रगत र पसिना
अर्का तर्फ बादसाह हरु को मोलमा
मोलि रहेछौ ए मजदुर श्रमिक हरुहो
हातको गैति झ्‍याम्‍पल हरु लिएर
करडौ मजदुर हरुको आवाज र झण्‍डा हरु लिएर
एकताको गित गाउदै उठन अबत
जित हाम्रैछ जागन अबत
कति बाच्‍छौ आफैमा जिउनु गार्‍हो
दासताको सिक्रिमा उनिएर !!!

अर्पण तामाङ
हाँसपोसा-२तरहरा
सुनसरि

खबरदार!! 'कबिता'



खबरदार!भोका नाङ्गा जनताहो!!
अझै सकिएको छैन क्रान्ति!
हात बाधेर नबसहै आयो भन्दै सान्ति!
त्यसैले मेरो यहा हरुलाइ
एउटा खबरदारि।
गिरि बिस्ट र थापा हरुको
सकुनि रथ मा बुइ चढेर
नारायणहिटिको बंश बिनास गरि
५८ को कालो इतिहास रच्ने
माइला काकाको बिस्वास नगरहै।
जङ्गेलेत बिरोधिको लागि
गर्यो कोत पर्ब!
तैलेत गरिस आफ्नै बंशको
नारायणहिटि पर्ब।
त्यसैले संकात लागेकै थियो
हनुमानढोकाको कास्टमन्डप भित्र
फिस्स मुस्कान छोडि
भरौटे हरुको सुका मोहोर दान लिएर
चौरिको पुच्छर ताज पहिरेपछि
रगतले पोतिएको नारायणहिटि छिरे पछि
आफ्नै बंशको सदगदिमा
कर्फ्यु घोसणा गरेपछि
रानाभाटले -याटाटाको
प्रतिबेदन बुझाएपछि
अनि!सुरुभो कौरब हरुको
तान्डब नृत्यको कालो रातृ
त्यसैले!जनताहो!!
यहा हरुलाइ अर्को खबरदारि!!
भन तिमि केको आसा गर्छौ?
त्यसैत बाबुको पेसा मुर्ति चोरि
छोराको पेसा बलत्कारि
भो आसै नगर जनता हो!
देस बिकास गर्दैन यसले केहि गरि।
बरु गाउ-गाउ अनि बस्ति-बस्ति बाट
एक जुट भएर उठ।
प्रबासमा बस्ने नेपालि हो!
कलम र आवाज लिएर जुट।
बरु रक्त रन्जित द्वाजा हरु लिएर
गोलि बारुद र कटबासको लौरो भित्र
भोक रोग र असिक्षाको
बुलुन्द!आवाज लिएर उठ।
२३७ बर्से बुढो सामन्ति रुख लाइ
लोक तन्त्रको नाराले होइन
गणतन्त्र को आराले!
चिरा चिरा तक्ता बनाइ
जनताको न्यानो घर बनाउ।
यसै बिचमा नेताज्यु!तिमि लाइ पनि खबरदारि!!
गिरिजा,माकुने,देउबा तिमिले
ल्याएको क्राति होइन यो !
मनमा भ्रम नपाल रतिभर
अंशमा परेको पाखो बारि होइन यो
योत जनता को १९दिने चैते हुरिले
तातो रगतको बलिदानले आएको होयो।
आमेरिका र भारतले दिएको
कोसेलि नठान यो
बौलाहा राणा हरुले अङ्ग्रेज लाइ दिएको
उपहार दार्जेलिङ होइन यो
सुभाश घिसिङले झुक्याएको
गोर्खाल्यान्ड होइन यो
देश बेच्ने १९५०को महाकालि सन्धि होइन यो
जङ्गल डुल्ने बाबुराम र प्रचन्डको
साहस्त को देन होइन यो
सेरेमोनियल किङ भनेर
बादरको पुच्चार समाति बैतर्णि तर्ने
काङ्ग्रेसको पेवा होइन यो
त्यसैले!खबरदार!! नेता हरु हो!!!
तिमि हरु नठानयो!यो कुनै!!
एमालेको जनबादमा आएको होइन यो
नत कुनै नरसम्हार गर्ने
प्रचन्ड पथमा आएको होयो
योत ताना साहको बुढो रुखको
नया!तर पुराना हाङ्गा बिगाले
थिचेको डामेको अनि! निरुङकुस्ताले दिएको
परिबर्तनमुखि!क्रान्ति!!को फल होयो।
त्यसैले! खबरदार नेता हरु हो!!
माखे साङलो बुन्ने माकुरिको
जालो र महाभारत र कुरुक्षेत्रको
सकुनि बन्ने धृस्टता नगर।
तिमिलाइ पनि जनताले
खबरदारि! गरिबसेकाछन!!
त्यसैले!खबरदार!!
भोका,नाङ्गा जनताहो!
अझै सकिएको छैन क्रान्ति
हात बाधेर नबसहै!ढुक्क परि
आयो भन्दै सान्ति!
त्यसैले मेरो यहाँ हरुलाइ फेरि खबरदारि!!!


अर्पण तामाङ
हासपोसा-२तरहरा,सुनसरि

गणतन्त्र!जिन्दाबाद!

गणतन्त्र ! जिन्दाबाद !!!


२३७ बर्से सामन्ति बाद
अनि सान्यबाद र समाज बाद
४६ साल पछिको !
नाता बाद र कृपा बाद
बादै-बादमा सधै पिल्सि रहन्छ
नेपालि जनता!
जिन्दाबाद! र मुर्दाबाद!!
निलो आकाशको धर्ति माथि
उन्मुक्त पन्क्षि जस्तै
सार्भभौम भएर बाचन चाहन्छ उनिहरु
त्यसैले!
सामन्ति हरुको बुट मुनि
कालो असिक्षाको सङ्घार भित्र
तै पनि कुर्लि रहन्छ
गणतन्त्र! जिन्दाबाद!जिन्दाबाद!!जिन्दाबाद!!!
कहिले जल्जला पहाडलाइ फोरेर त
कहिले धनकुटे छिन्ताङ लाइ लिएर
अनि कहिले देउमाइको किनार लाइ च्यापेर त
कहिले सुखनि को जङ्गल रङ्ग्याउछ इतिहास
मरि सकेको गोमन जाग्छ र डस्न खोज्छ
अनि बल्झिन्छ १७,२४ र ३६ को इतिहास
तैपनि मर्दैन सामन्ति गोमन र करेट हरु
अनि फेरि बल्झिन्छ चैत्र ४६र६२अनि६३ को इतिहास
त्यसैले बार बार कुर्लि रहन्छ
गणतन्त्र!जिन्दाबाद!जिन्दाबाद!!जिन्दाबाद!!!
जनताहो!लोकतन्त्र को नारा दिएर
पुराना बोतलका पुरानै रक्सि हरुले
नारायणहिटिर सिङ्ह दर्बारका नाइके हरुले
अनि रणमैदानका नया रोनाल्डो हरुले
बेचि देलान बिजय उत्सबको शिल्ड सङ्गै
अनि किनिदेलान बिस्व हाक्न खोज्ने
बुश र मोरियर्टि हरुले
त्यसैले होसियार बस र भनिदेउ
मानब सभ्यताको ढ्वाङ रचेर
शान्ति को नाम मा अशान्ति मच्च्याउन
नलेउ नेपाल आमा को छति माथि
तिम्रा ति डलर का हरिया बर्दि र काला बुट हरु
अनि भनि देउ सर्बहारा जनता हो!
क्युबा र पेरु सम्म पुग्ने गरि
गणतन्त्र!जिन्दाबाद!जिन्दाबाद!!जिन्दाबाद!!!
इतिहासका काला काल खन्ड हरुमा
जन्मि रहने असुर हरु
हिटलर देखि बुश सम्म
जङ्ग बहादुर देखि सद्दाम हुसेन सम्म
भाइ चारा लाइ भुलिदिने
ओल्मर्ट देखि हज्बुल्ला नसरुल्लाह सम्म
इतिहास रच्ने दाउमा
ओसामाबिन लादेन देखि मुसरफ सम्म
अनि जिग्मे-सिग्मेवाङ्चुक देखि ग्यानेन्द्र सम्म
यि सबै असुर हरुको माझ मा
लाखौ सपुत हरुको रगत बगाउदै
फेरि पनि उरालि रहेछ गणतन्त्र को नारा
गणतन्त्र!जिन्दाबाद!जिन्दाबाद!!जिन्दाबाद!!!
सर्बहाराको नामा दिएर
कार्लमास देखि इस्टालिन लेलिन सम्म
च्वेकेभारा देखि माओ सम्म
फिडेल क्यास्ट्रो देखि प्रचन्ड सम्म
अनि परिबर्तन को बिगुल फुक्ने
साहसि नारि !
च्याङ्चिङ तावाचिन र जेनिबोन बेस्ट फालिन सम्म
भोका पेट र मजदुर हरुको आवाज लिएर
घरि घरि झुल्कि रहेछ रातो घाम
लोकतन्त्र हैन!गणतन्त्र को नारा दिएर
गणतन्त्र!जिन्दाबाद!जिन्दाबाद!!जिन्दाबाद!!!
हिरा मोति र सुन चादि जडित
चौरि को पुच्छर सामन्ति मुकुट फेरि पनि
आइ लाग्न सक्छ!
दरबारका भरौटे हरुको इशारामा
अर्को फेरि इतिहास बल्झिन सक्छ
प्राडो पजेरो र सुरा हरु को
कृस्ण-कलि हरु ले
महाकालि र टनकपुर लाइ घात गर्ने हरु
लेरास्ट्रधक्षको नाममा आफ्नै हनुहारको
टक्सार निकाल्न खोज्ने हरुले
६२ र ६३ को १९ दिने इतिहास लाइ
साम्म्रज्यबाद र बिस्तारबाद का पोल्टामा हल्नसक्छ
त्यसैले!
दुलहि बनेर भितृएकि शान्ति लाइ
मधिसे र पहाडे भनेर
उचो निचो जात धर्म र लिङ्ग भने
रभो फेरि रणभुमि नबनाउ जन्म- भुमि लाइ
फेरि अर्को कख रित्तो पार्नु छैन हामिलाइ
आउ हाते मालो गरौ हामि
नया नेपालको निर्माणमा जुटौ हामि
अबत जङ्गलि हरु हाम्रा नाम लिएर
छिरेका छन सिँह दरबारका कुर्सि भित्र
परिक्षा लिनुछ अब उसको पनि
जुझारु पाखुरि हरु लिएर
एकताको आवाज घनकाउ हामि
कसेर मुट्ठिमा मुट्ठि भित्र
त्यसैले फेरि उनि हरु सङ्गै
हामि पनि एक पल्ट लोकतन्त्र हैन
गणतन्त्र को आवाज गरौ!
गणतन्त्र!जिन्दाबाद!जिन्दाबाद!!जिन्दाबाद!!!


अर्पण तामाङ
हासपोसा गाबिस वार्ड नम=२तरहर सुनसरि
हाल दोहा कतार

सर्वहारा मजदुर होकाबिता

जागेर उठ ए! सर्वहारा मजदुर हो
गैति र झ्याम्पल काँधमा बोकेर !
ल्याऊनु पर्छ अवत बिहानी
देशको लागी रगत पोखेर !!

अर्पण तामाङ (योञ्जन)