गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, May 7, 2016

पाप केहो पुन्य केहो

मुक्तक- ७ मे २०१६
पाप केहो पुन्य केहो धर्म कर्म सबै भुल्यौ
आफ्नो स्वार्थ पुरा गर्न बिश मलाई घोल्यौ ।
मानब्ता नै सबै भुली मित्रता मा खोट बनी
आगो लगाइ स्वर्ग जस्तो मेरो घर पोल्यौ ।।

अपराधी ठान्दा तिम्ले जती मेरो मन रुन्छ
तिम्रो कर्म मेरो कर्म छुटाउने देउता हुन्छ ।
मलाई मारी चयन् हुन्न तिम्रो पनि जिन्दगीमा 
ढिलो चाडो सबै लाई निसाब गर्ने माथि हुन्छ ।।


कान्छा भाई

Tuesday, March 29, 2016

युद्ध को सङ्खघोस !!!

कबिता- युद्ध को सङ्खघोस !!!
हो, आज म !
एउटा युद्ध को
सङ्ख घोस् गर्छु ।
हिजो सम्म तिमी हरु ले
थरी थरि को युद्ध गर्यौ
थरी थरी को परिवर्तन को
सङ्ख घोस् गर्यौ
युग र ईतिहास बदल्ने हुङ्कार गर्यौ
समय परिबर्तित हरेक बर्ष
अलग अलग रुपमा
तर उस्तै
रगत हरु को खोली बगायौ
मुक्त आकाशको सपना देखायौ
र घरि घरि
एउटा नाटकिय युद्ध को
सङ्ख घोस् गर्यौ ।
हरेक युद्ध को
तिम्रो कुटिल एजेन्डा हमेसा उस्तै ।
तर अहँ ! अब यस्तो हुने छैन
म माथि उस्तै कुटिल जाल
फेरी फ्याक्ने छैनौ ।
मैले गरेको सङ्खघोस मा
मैले बलात्कार हुनु पर्दैन
तिम्रो यौन प्यास हरु मेटाउदा
उल्झिएको मेरो गर्व र सन्तान ले
अनागरिक हुनु पर्ने छैन
तिमी मेरो जवानी माथि स्खलित हुँदा
जन्मिएको मेरो सन्तान हरु
तिम्रो सर्बोच्च को न्यायिक कठघरामा
डि एन ए को परीणाम पर्खेर
तिम्रो बिर्य हुनु को नतिजा कुर्नु पर्ने छैन ।
किन कि ! मलाई थाहा छ ।
मैले दुई हात हरु जोडेर
तिम्रो पाउ हरु समाउदै
भगवानको नाममा छोडि दिन बिन्ती गर्दा
आफ्नै घरको बैनी सम्झी दिन आग्रह गर्दा
सुनेर पनि नसुने झै हिङ्स्रक बनेको
घाइते सिंह झै मलाई झम्टिदै
तिम्रो बिस बर्से यौन उन्माद हरु
मेरो कलीलो योनी सङ्ग युद्ध गर्दा
मेरो योनी छेदन भएर निस्किएको रगत बग्दा
मेरो कुमारीत्व भङ्ग गर्न पाएको मा
विश्वायुद्ध जितेको सम्झिएको थियौ होला
त्यसैले अब म !
एउटा युद्ध को सङ्ख घोस् गर्दैछु ।
मेरो युद्धले तिम्रो हरेक कुटिल्ता पर्दाफास गर्ने छ
त्यो बेला मेरो पोटिलो स्तन
कलिलो यौबन हरुले भरिएको योनी
र ! मेरो कसिलो शरीर चल्ने
तर मेरो जात नचल्ने
तिम्रो पाप र कर्तुत हरुको भन्डाफोर गर्नेछु
जात र धर्मकै आडमा मलाई
सयौ भिड हरुको बिचमा
बेस्या र कमिनी, दमिनी, सर्किनी को संघ्या दिदै
दानबिय तिम्रो कर्तुत हरु अब दन्डित हुनेछन
किन कि मैले युद्धको सङ्खघोस गरेको छु ।
हो आज तिम्रो मनोमानी
पुरातन बादी सोचको बिरुद्धमा
तिम्रो लिङ्ग हरुको छेदन गर्न
संसार बाट तिमी जस्तो
नरपिसाच हरुको अन्त्य गर्न
मैले कसम खाएको छु
किन कि तिम्रो बिरुद्धमा
आज सुर्यस्तको साँझ हुनु अघी
क्षितिज को रातो घाम अस्ताउनु अघी
सङ्ख हरुको बेजोड ध्वनी हरुले
हो, आज म !
एउटा युद्ध को
सङ्ख घोस् गर्छु ।

कान्छा भाई (योन्जन)
२९ मार्च २०१६
१६ चैत्र २०७२

पढि हेर खुला छ किताब जिन्दगी को

मुक्तक, 

पढि हेर खुला छ किताब जिन्दगी को 
अफ्ठेरो छ जोड घटाऊ हिसाब जिन्दगी को ।। 
धेरै थोरै हुन्छ र मन सङ्ग को माया 
गरी हेर मायाको निसाब जिन्दगी को ।।।
सोचे जस्तो हुन्न रैछ बाटो जिन्दगीको 
हिंड्न खोज्दा ठेस लाग्ने बाटो जिन्दगी । 
बाडी आउँदा हात छोड्छन सङ्गै तर्छु भन्ने हरु 
कती काठोर हुँदा रैछन् माया गर्छु भन्ने हरु ।। 
को नै थ्योर तिमी बाहेक माया गर्छु भन्ने 
तिमी मात्र एउटा थियौ तिम्रो लागि मर्छु भन्ने ।।

मन्को दुरी बड्यो आज तिम्रो लागि टाढा भए
फुल जस्तो माया भन्थ्यौ बिझाउने काडा भए ।। 
मन पर्दा जानु भन्यौ रिसाउदा बाटो फेर्यौ 
मलाई छोडि अन्तै तिर जिन्दगीको पाटो फेर्यौ ।।

हर साझ हर रात सपनी मा

मुक्तक, 

हर साझ हर रात सपनी मा उस्ले बोलाउछ 
बिपनी को एकान्त मा यो मन टोलाउछ । 
कस्तो चिनो छोडि गयो पिडा मात्र बाँकी 
त्यही पिडा माया सम्झी आशु सेलाउछ ।।


कोही मान्छे यती धेरै खास छ मेरो लागि 
रिसाए नी बोलाउछ आश छ मेरो लागि । 
घ्रिणा गरे पनि किन यती धेरै उस्को माया 
जानु भनी बोलाउला आश छ मेरो लागि ।।


कोही आएर मलाई चिहाएर गयो 
फाटे को मन सिलाएर गयो । 
धेरै पछी फर्किएर आज उनी 
मन सङ्ग मन मिलाएर गयो ।।
आमा !!!
आमा ! बाबाले त सानैमा हामीलाई छोडेर टुहुरा बनाएर जानु भो, जुन सन्तानले आफ्नो बाबाको हातको औली हरु समाएर टुकुटुकु हिंड्न सिक्नु पर्थ्यो । भर्खरै ताते गर्न लागेको पाइला हरु लर्खराउदा लागेको चोटमा धुलो टक्टक्याउदै काधमा बुइ चढाउनु पर्थ्यो, बेलुकी भएपछी ओछ्यानमा आफ्नो ढाडमा राखेर हाती घोडा खेलाउनु पर्थ्यो यस्तो महान बाबाको अनुहार त हामीले देख्नै पाएनौ । त्यो सब हाम्रो भाग्यमा त थिएन थिएन तर आज हजुर ले पनि छोडेर जानु भाको बर्सौ भैसकेछ आमा । हामीले राम्ररी अनुहार चिन्न पनि नपाउदै यो संसार बाट बाबाले त छाडेर जानु भो जानु भो ! तर किन आमा हजुरले पनि हामी लाई एकलाई छोडेर जानु भो।? के दश महिना आफ्नो गर्भमा राखेर जन्माई सुटुक्क छोडेर जान के बाध्यता पर्‍यो होला र त्यस्तो हजुर लाई जो म बुज्न सक्दिन । आखिर तिम्रो आफ्नै सन्तान सँग के गुनासो थियो होला र बस पार्कको पेटिमा पाउरोटीको टुक्रा र चिया लिएर आउछु भनेर जानु भएको आज सम्म पनि फर्किएर आउनु भएन । आमा त मामाताकी खानि हुन्छिन भनेको सुन्छु आज भोली ठुलो भएपछी, सन्तानको भोको पेटमा रुएर मुख बाट न्याम न्याम ओकेलेर ख्वाउछिन रे आमा ! तर खोइ त आमा त्यो सब ? कुन त्यो कुरौटे समाजले कुरा काट्योर डाडा काट्नु भो यो भिडभाडाको कोलाहलको शहर छोडेर । आज म हजुर बिनाको जवाफहिन प्रश्न हरु गरी रहेकोछु आमा । कस्ले तपाईंलाई हेप्यो? कस्ले तपाईं लाई राणी देख्यो? कस्ले तपाईं लाई बेस्या देख्यो? कस्ले तपाईंको जवानीमा आँखा लगायो? एक्लो अबला गरीब नारी देखेर कस्ले तपाईं लाई बोक्सी देख्यो ? कि कुन बिलख्बन्दमा पर्यौ र हामीलाई एक्लाई छोडेर बेपत्ता भयौ आमा ?
आमा ! थाहा छ हजुर लाई !? त्यो सानो भाई दुद खान नपाएर रुदा कसरी हेरे होल मैले? भोकले छट्पटिएर बैनी रुदा कसरी खाना खुवाए होला मैले ? आफ्नै पेट भोकले दुख्दा के खाएर टारे हुला मैले? हजुर लाई के यो सब हुँदा पनि हाम्रो याद आएन होला? कयौ पल्ट बसपार्कको होटेल हरुमा खानाको भिख मागे, सबैले लखेट्ने कसैले दया माया नदेखाउने, यहाँ सबै स्वार्थी हुदो रैछ आमा । हुन त उनी हरु लाई पनि कसरी दोस दिउ म स्वार्थी भनेर जहाँ आफ्नै आमाले त कुन बहानामा बसपार्कको पेटिमा छोडेर गयौ अनी नाफाको जिन्दगी जिउने हरु सँग के गुनासो पोखौ र म । जुन दिन हजुरले छोडेर जानु भो त्यस दिन देखी कयौ रात आधा पेटमा बाच्यौ हामी । गर्मी मा त तै बरु ठिकै थियो लुगाको आवसेक्ता पर्दैन थ्यो । तर मच्छड र झरी पर्दा खुब सताउथ्यो । अनी फेरी जाडो को महिना आउथ्यो त पुष माघको सित, तुसारो अनी चिसो बतासले चिमोट्थ्यो । भाई र बैनी रात भर रुन्थे । कहिले काही फ्याकिएका पत्रीका र प्लास्टिक हरु भेला पारेर जलाउथे, तर त्यही जलाउन पनि कहिले काही सल्काउने आगोको झिल्का हुन्नथ्यो। कहिले काही त्यो चिसोले काठयाङ्रिएको रात घर मालिक्निले माथि बाट सब्जी धुएको पानी र उस्को नानी हरुको सु सु गरेको बाल्टिले फ्याकी दिन्थ्यो। हामी झन जाडो र चिसो पानी अनी पिसाब हरुले झन काठयाङ्रिन्थ्यौ । टाढा बाट कोही मैलो लुगा लाएको छोरीमान्छे आको देख्दा आमा आउनु भएछ भनेर धेरै पल्ट झुक्कियौ । उफ.....!!!
हो आमा !आज फेरी धेरै दिन पछी म थाकेको छु । मलाई फेरी तपाईंको मामाताको त्यो आचालको, त्यो साडिको सप्कोको छेउ खुब याद आएको छ । आज फेरी धेरै दिन पछी निक्कै भकानिएर रुदैछु। भाई पन्द्र बर्षको भयो मैले ठेला कुदाएर, गिटी कुटेर, होटेल हरुमा भाडा मोलेर मैले आधा पेट खाएर पनि पढाएको छु । यस्पाली S.L.C. पहिलो श्रेणिमा पास गरेछ । अब कलेज पढ्ने रे तर म त्यत्रो पैसा कहाँ बाट ल्याउ ? बैनिले पनि यसपाली जोड दुई सकेर स्कुल पढाउदै पड्दैछे उ पनि । मैले बिहे गरे, हजुरको एउटी सानी नातिनी जन्मिएकी छे, हजुरको बुहारी ले । उस्ले दिएको त्यो अंुल्य उपहार हजुर लाई बाबा लाई अनी मेरो लागि त्यो सन्सारको सबै भन्दा ठुलो खुशी भएकोछ । यदी साच्चै आज तपाईं हामी सँग भएको भए खुसिले भुइमा खुट्टा हुन्थेन होला तपाइको । हिजो जस्को कारनले जे कारण ले यो समाज त्यागेको भएपनी आज त्यही समाजलाइ छाती फुलाएर गर्वले घमन्ड देखाउनु हुन्थ्यो होला । तर यस्पाली को दसैंमा बुहारी ले सुनको सिक्री मागेकी थिन लाई दिन सकिन, हिजो बेलुकी बैनिले S.L.C. पास गरे भने स्कुटी किन्दिन्छु भनेको होइन भन्दै झगडा गरी, भाईले पनि त्यही मौका छोपेर स्पोर्टस घडी र थाइल्यानी जिन्सको पेन्ट नकिन्दिए पड्दिन म भन्दै भुन भुनिदै बाहिर निस्केको रातको बार्ह बजे तिर मात्र घर फर्कियो । म उ नआउन्जेल खाना नखाइ पर्खि रहे। त्यसैले आज आमा हजुरको आज फेरी खुब याद आएकोछ, यदी तपाईं मेरो सामु हुदो हो त हजुरको साडिको पल्लामा मुख छोपेर खुब डाको छोडेर रुन मन लागेको छ । आखिर सानै देखी दु:ख कस्ट र हन्डर खाने बानी परेर कठोर भएपनी म पनि त मान्छे नै हुँ । मलाई पनि त खुशी हासो माया सबै चाहिन्छ नि । मलाई आवसेक पर्दा चाँही कस्ले त्यो सब पुर गर्छ र ? उुउफ्फ।।।!!!
आमा ! म सानोमा हजुर लाई बाबा खोइ भन्दै खुब सताउथे । खाना खुवाउनको लागि आकाशमा लागेको जुन लाई देखाउदै बाबा उ त्यो माथि हुनुहुन्छ, मेरो छानु राजाको लागि धेरै नाना मिठाइ ल्याउनु हुन्छ भन्दै भक्कानिदै मलाई खुवाउन कसरत गर्नु हुन्थ्यो । तर म बाल सुलभ कहाँ मान्ने थिएर । तपाईं अवाक्क हुनुह्न्थ्यो र साडिको सप्कोले मुख छोपेर रुदा अनी म बल्ल खाना खान्थे। हो आमा ! आज धेरै दिन पछी त्यो पलको याद आको छ मलाई । आज निक्कै थाकेको छु । यदी तपाईं भएको भए आज पनि थकाई लाग्यो भनेर सोद्नु हुन्थ्यो होल, खाना नखादा कर गर्नु हुन्थ्यो होला सन्चो नहुँदा पानीमा फिट्किरी घोलेर पिलाउनु हुन्थ्यो होल। के भो तलाई भन त मलाई भन्नु हुन्थ्यो होला ।
आमा ! तपाईं जहाँ हुनुहुन्छ जस्तो अबस्तामा हुनुहुन्छ कृपा गरेर बाबु थाकिस भन्दै अाइदिनुहोस्न । म हजुरकै प्रतिक्षामा बसी रहेकोछु । अँ ! एउटा कुरा त हजुरलाई भन्नै बिर्सेंछु । म कहाँ छु यती खेर! र तपाईं लाई सम्झेर कुन ठाउमा बसेर रुदैछु थाहा छ ? हो हजुर लाई थाहा भैसक्यो । हजुर जहाँ बाबाको याद आउँदा नदी किनरको छेउमा आएर रातको चन्द्रमा लाई हेर्दै बाबा सँग कुरा गर्नु हुन्थ्यो ठीक त्यसै ठाउमा रातको चन्द्रमा संगै बाबा लाई साक्षी राखेर हजुर लाई याद गरी रहेको छु । हजुर को आउने बाटो पर्खि रहेको छु । तपाईं यो नसोच्नुहोस् कि मलाई मेरा सन्तान हरुले दुत्कार्ला ग्रिणा गर्ला तर अँह कदापी होइन । सन्तानको लाखौं गल्ती आफ्नो बाबा आमाले माफ गर्न सक्छन भने हजुर को एउटा गल्ती लाई माफ गर्न नसकौला र ? आखिर कोख त हजुर कै त होनी। सन्तान हजुर कै त होनी। हामी मा आखिर हजुरकै त हक छ नि । यदी हजुरको हक नहुने हो भने अरु यहाँ कस्को हक हुन्छ र ? जुन बेला टुहुरा र अनाथ हुँदा जस्ले कुनै एक टुक्रा रोटी त दिन सकेन । त्यसैले आज पनि हजुर को छोरा म पर्खि रहेको छु आमा । मलाई विश्वाश छ, एकदिन बाबु त सञ्चै छस भन्दै मेरो कपाल र गाला सुम्सुम्याउन आउनु हुनेछ । म पर्खि रहनेछु त्यो सुनौलो बिहानिको किरण लाई सधैं पर्खि रहने छु । सधैं ! सधैं !! सधैं !!!
हजुरको प्यारो छोरो ।
नट:- जब मैले यो तस्बिर देखे अनी तस्बिर सङ्गै निक्कै पर सम्म पुगेछु म। फर्कनै सकिन । अचानक यो रचना मेरो मस्तिकमा आयो आत्मकथाको रुपमा यहाँ हरुलाई पस्कने सुबर्ण मौका मिल्यो यो तस्बिर ले । हो समाजमा कहिले काही यस्तो घटना पनि घट्छ तर मैले आमा हरु निर्दयी हुन्छन भन्न खोजेको होइन । आमा हरु त संसारकी उत्कृष्ट देवता हुन्छिन । तर हाम्रै समाजले देबी जस्तो एकल आमा हरुलाई बाँच्न गार्हो पारीन्छ र साना साना बालबालिकाको हरुको भबिस्य अन्धकारम हुन जान्छन । त्यसैले हरेक एकल महिला हरुले आफ्नो लाला बाला हरु सँग जस्तो जे छ आफ्नो घरको सुख दु:ख इज्जत सँग जिउन पाउनु पर्छ, न कि समाजको गिद्दे नजरले होइन ।।।
परिकल्पनाकार:- कान्छा भाई (योन्जन)

तिम्रै हुँ म भन्न पनि

मुक्तक, 

तिम्रै हुँ म भन्न पनि छैन कुनै आधार 
तिम्रो दिल्मा फुल्न पनि छैन कुनै बहार । 
तिखो बचन् रुखो बोली सहेकै छु प्रहार 
तिम्रो जस्तै दिल्हो मेरो लैजाउ बरु उपहार ।।


रङ्गी चङ्गी दुनियाँ मा अन्तै फुल्यौ अरे
रमझम को शहर मा अन्तै भुल्यौ अरे । 
माया गर्ने मुटु बेची अन्तै डुल्यौ अरे
सडक पेटी किनारामा लाज खुल्यौ अरे ।।


जब आफ्नो माया गर्ने मान्छे आज टाढा गएपछी 
जती भुल्न खोजे पनि उस्को माया गाढा भएपछी । 
यही माया ले मार्यो मलाई उस्को याद ले मार्यो 
पल पल मर्छु आज भोली बाटो मोडी गएपछी ।।


भने जस्तो सजिलो कहाँ रैछ र भुलेर जिउन 
बरु देउ आफ्नै हातले सक्छु म जहर पिउन ।। 
फाटेको लुगा भए हातले सिउथे बरु जडौरी 
सकिन धुजा धुजा भै फाटेको मन सिउन ।।

तिम्ले जित्यौ मैले हारे

मुक्तक, 

तिम्ले जित्यौ मैले हारे तर कथा एउटै
जस्ले जिते हारे पनि मनको ब्यथा एउटै ।।
एकैछिन मा घाम लाग्ने एकैछिन मा पानी 
तिम्रो याद मा बाच्नु पर्ने कस्तो जिन्दगानी ।।

कही कतै मेरो पनि गल्ती हजार होलान
आफु लाई भुलाउने तिम्रो बजार होलान ।।
भाउ सोद्ला दुनियाँ ले पापी शहर होलान
फर्कि फर्की तिमी लाई हेर्ने नजर होलान ।।

भने जस्तो सजिलो कहाँ रैछ र भुलेर जिउन 
बरु देउ आफ्नै हातले सक्छु म जहर पिउन ।। 
फाटेको लुगा भए हातले सिउथे बरु जडौरी 
सकिन धुजा धुजा भै फाटेको मन सिउन ।।

दुई दिन्को खुशी लिएर आयौ जुरायो दैब ले 
छाती को मुटु चुडेर लग्यौ रुवायो दैब ले ।। 
कि दिनु साथ गोरेटो सङ्गै कि भेटै नहुनु 
सम्झना मात्र राखेर गयौ कुरायो दैब ले ।। 

नानाभाती कसम ख्वाउदै

गीत-
नानाभाती कसम ख्वाउदै जानु भनी बोलाउन लाई
कैले देखी सिक्यौ भन दिल्मा छुरा चलाऊन लाई ।।
नदेखेरै गाढा बस्यो मत माया गर्छु भन्थ्यौ
तिम्ले चोट दियौ भने मत बरु मर्छु भन्थ्यौ
किन आयौ जिन्दगीमा अन्तै कुरा चलाऊन लाई
कैले देखी सिक्यौ भन दिल्मा छुरा चलाऊन लाई ।।
साथ दिन्छु भन्ने मान्छे अन्तै माया लाको छौ रे
मन्को प्यास मेटाउन लाई अर्कैको भाको छौ रे ।।
कुन साट्यौ मुटु भन एक्लाई पारी टोलाउन लाई
कैले देखी सिक्यौ भन दिल्मा छुरा चलाऊन लाई ।।
नानाभाती कसम ख्वाउदै जानु भनी बोलाउन लाई
कैले देखी सिक्यौ भन दिल्मा छुरा चलाऊन लाई ।।
कान्छा भाई (योन्जन)
८ मार्च २०१६

सिसा झै फुट्यो मन्को एेना

गीत-
सिसा झै फुट्यो मन्को एेना कोरियो जिन्दगी
सकिन तर्न पिडाको सागर फेरियो जिन्दगी ।।
चर्केको छाती फुटेको दिल छामेनौ संगै हुँदा
छुएन कि कठोर् मन्लाई आशु झारी मैले रुदा ।।
दोस लायौ मलाई मात्र कसम भो जिन्दगी
सकिन तर्न पिडाको सागर फेरियो जिन्दगी ।।
निकाली मलाई त्यो मुटु बाट बसायौ उसलाई
हासेर बिदा गर्यौ मलाई बधाई छ तिमी लाई ।।
संकाले निभ्यो मनको दियो अध्यारो भो जिन्दगी
सकिन तर्न पिडाको सागर फेरियो जिन्दगी ।।
सिसा झै फुट्यो मन्को एेना कोरियो जिन्दगी
सकिन तर्न पिडाको सागर फेरियो जिन्दगी ।।
कान्छा भाई (योन्जन)
२८ फेब्रुवरी २०१६

तिम्रो याद हरु बोकेर


गीत-
तिम्रो याद हरु बोकेर मरेर जिएको छु म
जहर पिएर मर्छन अरु बिना पिएरै मरेछु म ।।
सोच्यौ होला खुशी छु म रमाउछु अन्त पनि
मुटु निकालेर भित्र खुशी छैनौ तिमी पनि ।।
खुशी लुटेर लग्यौ आँशु पिएरै हिंडेको छु म
जहर पिएर मर्छन अरु बिना पिएरै मरेछु म ।।
अझै उस्तै छन आशा तिमी आउने बाटा हरु
आइ छोइदेउ दुखे का मनका खाटा हरु ।।
सपना सङ्गै रहर फुटेर बिना दोश मरेछु म
जहर पिएर मर्छन अरु बिना पिएरै मरेछु म ।।
तिम्रो याद हरु बोकेर मरेर जिएको छु म
जहर पिएर मर्छन अरु बिना पिएरै मरेछु म ।।
कान्छा भाई (योन्जन)
२८ फेब्रुवरी २०१६

न मैले न तिम्ले लेखेको एउटा कथा छ

३-मुक्तक-
न मैले न तिम्ले लेखेको एउटा कथा छ
नमेटिने मन भित्र को पिडाको ब्यथा छ ।।
सम्झे दुख्छ आज पनि घोच्छ मुटु चस्स 
खै कुन पापी ले देको एउटा जेथा छ ।।
सोचेनौँ तिम्ले मैले दोस होकी अरु कसैको
बद्नाम गराउने नियत रोस होकी अरु कसैको ।।
कथा भित्र ब्यथा दुखेर बाच्यो जिन्दगी
बद्नियत मन्को कालो खोट होकी अरु कसैको ।।
खुला किताब झै पड्यो सबैले फाट्यो मन्को पाना
इज्जत लुटेर बाच्यो जिबन टुट्यो सबै सपना ।।
कसै लाई रुवाइ मारेर के पायो कुन्नी उस्ले
जिउदो लास झै गलेर बस्यो हाम्रो भावना ।।।
कान्छा भाई (योन्जन)
२५ फेब्रुवरी २०१६

Thursday, February 18, 2016

थकाउने नि माया गलाउने नि माया

गीत-

थकाउने नि माया गलाउने नि माया
छाती भित्र मुटु जलाउने नि माया ।।

धेरै खोजे धेरै सोधे दुनियाँ लाई माया
जिबनमा हासो छर्ने भन्छन सबै माया ।।
मेरो लागि किन भयो बिझाउने माया 
छाती भित्र मुटु जलाउने नि माया ।।

मिठो हुन्छ भन्थे दुई आत्माको माया
देवताको बास हुन्छ भन्थे चोखो माया ।।
मलाई मात्र किन अनिलो भो माया
छाती भित्र मुटु जलाउने नि माया ।।

थकाउने नि माया गलाउने नि माया
छाती भित्र मुटु जलाउने नि माया ।।

कान्छा भाई (योन्जन)

१८ फेब्रुवरी २०१६ 

दोबाटो मै कुरी राछु

गीत-

दोबाटो मै कुरी राछु तिम्ले छोडि गए पछी
एक्लो भाछु आजभोलि तिम्ले छोडि गए पछी ।।

एउटै सप्ना थियो हाम्रो एउटै थियो रहर हरु 
कुन पापिको आँखा लाग्यो आइदियो कहर हरु ।।
फेरी भेट हुन्छ हुन्न फर्की तिमी आएपछी 
एक्लो भाछु आजभोलि तिम्ले छोडि गए पछी ।।

डर लाग्छ तिम्ले मलाई अशुभ पो ठान्छौ कि त
तिम्रो संसार उजाड पार्ने अधर्मि पो मान्छौ कि त ।।
आशा सबै मरी सक्यो तिम्ले छोडि गए पछी
एक्लो भाछु आजभोलि तिम्ले छोडि गए पछी ।।

दोबाटो मै कुरी राछु तिम्ले छोडि गए पछी
एक्लो भाछु आजभोलि तिम्ले छोडि गए पछी ।।

कान्छा भाई (योन्जन)

१८ फेब्रुवरी २०१६   

तिम्ले तिर हाने पछी

गीत-

तिम्ले तिर हाने पछी मुटु मेरो छुदैन र ?
तिम्ले मायाँ मारे पछी मन मेरो रुदैन र ?

सँगै हिडौ सँगै तरौ हात समाइ भङालोमा
यसै गरी जिउला भन्थ्यौ दुबै जना अङालोमा
तिम्ले बसाइ सरे पछी आँशु मेरो झर्दैन र ?
तिम्ले मायाँ मारे पछी मन मेरो रुदैन र ?

आगो लगाइ दिल भित्र याद हरु भुटे पछी
हास्ने आधार केनै भोर खुशी सबै लुटे पछी
धोका तिम्ले दिए पछी छाती मेरो फुट्दैन र
तिम्ले मायाँ मारे पछी मन मेरो रुदैन र ?

तिम्ले तिर हाने पछी मुटु मेरो छुदैन र ?
तिम्ले मायाँ मारे पछी मन मेरो रुदैन र ?

कान्छा भाई (योन्जन)

१८ फेब्रुवरी २०१६

जमेको थ्यो एउटा आँखामा

गीत-
जमेको थ्यो एउटा आँखामा आशु बगायो अरुले
म सङ्ग भाको मुटु थ्यो एउटा चुरायो अरुले ।।

गरेर ढिलो आएछौ लिन अँधेरी रात मा
लेखेर दिउकी मायाको चिनो जंगली पातमा ।।
मायाँको सागर तैरन खोज्दा डुबायो अरुले
म सङ्ग भाको मुटु थ्यो एउटा चुरायो अरुले 

ढुक ढुकी भित्र चलेको एउटा यै सास बाकिछ
लादैनौ भने दाग्बत्ती देउ त्यै पनि काफिछ ।।
फर्केर आउछु भनेर गाको कुरायो अरुले  
म सङ्ग भाको मुटु थ्यो एउटा चुरायो अरुले ।

जमेको थ्यो एउटा आँखामा आशु बगायो अरुले
म सङ्ग भाको मुटु थ्यो एउटा चुरायो अरुले ।।

कान्छा भाई

१५ फेब्रुवरी २०१६

मलाई माया गर्ने मुटु

गीत-
मलाई माया गर्ने मुटु अन्तै साट्यौ अरे
मलाई जस्तै उस्लाई पनि कसम ढाट्यौ अरे ।।

माया गर्ने मान्छे दिनै तिम्ले फेरे पनि
आफ्नो अङ्गालोले अर्कै लाइनै बेरे पनि ।।
एकान्तमा अर्कै सँग मेरो कुरा काट्यौ अरे
मलाई जस्तै उस्लाई पनि कसम ढाट्यौ अरे ।।

तिम्ले देको याद हरु प्यास मेटाउने नासो भो
मलाई पो तिर्खा भयो अरु लाई त हासो भो ।।
औठी चिनो रुमाल पनि फिर्ता माग्यौ अरे
मलाई जस्तै उस्लाई पनि कसम ढाट्यौ अरे ।।

मलाई माया गर्ने मुटु अन्तै साट्यौ अरे
मलाई जस्तै उस्लाई पनि कसम ढाट्यौ अरे ।।

कान्छा भाई (योन्जन)
११ फेब्रुवरी २०१६

खुशी जती सबै लग्यौ

गीत-
खुशी जती सबै लग्यौ मलाई हास भन्छौ
एउटा मुटु दुइटा पारी मलाई बाँच भन्छौ ।।

तिम्रो जस्तै भावना हो दुख्छ मलाई पनि
जलाउन लाई भेटिदैन भन्या बेला सलाई पनि ।।
पिर जती मलाई दियौ रमाएर नाच भन्छौ
एउटा मुटु दुइटा पारी मलाई बाँच भन्छौ ।।

केनै बाँकी थ्योर मैले दिनु पर्ने तिम्रो लागि
देकै थिए भाको जती देउता सङ्ग खुशी मागी ।।
चुडाएर आँफै गयौ मलाई गाँस भन्छौ
एउटा मुटु दुइटा पारी मलाई बाँच भन्छौ ।।

खुशी जती सबै लग्यौ मलाई हास भन्छौ
एउटा मुटु दुइटा पारी मलाई बाँच भन्छौ ।।

कान्छा भाई (योन्जन)

११ फेब्रुवरी २०१६

माना पाथी तराजु मा

गजल-
माना पाथी तराजु मा बैश राख्यौ अरे
घाटा नाफा कती भयो माया जोख्यौ अरे ।।

तिमी बिना बाच्दिन भन्ने मान्छे लाई
माया गर्ने मुटु सित मुल्य सोद्यौ अरे ।।

भन्छन सबै साथी भाई देख्ने जती सबै
फाईदा हुने शहर का भन्दै खोज्यौ अरे ।।

तिम्रै हल्ला चल्छ अचेल गाउँको गल्ली गल्ली
सुन्दैछु आज भोली जोबन बेच्यौ अरे ।।

भने जती किन्न सक्ने मोल भेट्यौ अरे
यौबन सित आफ्नो प्रितको गला रेट्यौ अरे ।।

कान्छा भाई (योन्जन)

फेब्रुवरी २०१६

ठुस्की तिमी रिसाउदा

गजल-
ठुस्की तिमी रिसाउदा डर लाग्छ मलाई
आँखा तरी हेर्दा पनि डर लाग्छ मलाई ।

नानाभाती इन्टर्नेटमा सङ्का जब गर्छौ
कसम खाँदै सम्झाउन कर लाग्छ मलाई ।

एकै छिन्को फकाइ मा तिमी खुशी हुँदा
सङ्गै जिउने साथ जस्तो भर लाग्छ मलाई ।

लजाएर नजर पनि जब झुक्छ तिम्रो
कोटाएर जिस्काउन लाई सर लाग्छ मलाई ।

कान्छा भाई (योन्जन)

९ फेब्रुवरी २०१६

माया गर्ने मौसम आज

गीत-

माया गर्ने मौसम आज बसन्तको बहार तिमी लाई
हत्केलामा मुटु राखी यो ज्यान उपहार तिमी लाई ।।

मन साट्ने दिन् रे आज मुटु साट्ने दिन् रे आज
अङ्गालोमा बेरी दिउला भागाएर मन को लाज ।।
भन्दिन म जुन दिउला सपनाको शहर तिमी लाई
हत्केलामा मुटु राखी यो ज्यान उपहार तिमी लाई ।।

नभन्नु है लोभि मन्को भाको यही हो एउटा मायाँ
पानी पर्दा अोत बन्छु घाम लागे बनी दिउला छाँया ।।
फुलै फुल्को बास्ना छरी बसन्तको रहर तिमी लाई
हत्केलामा मुटु राखी यो ज्यान उपहार तिमी लाई ।।

माया गर्ने मौसम आज बसन्तको बहार तिमी लाई
हत्केलामा मुटु राखी यो ज्यान उपहार तिमी लाई ।। 

कान्छा भाई (योन्जन)
14 February 2016

दुबै मिली चोखो प्रिती

गीत-
दुबै मिली चोखो प्रिती सङ्गालेको याद आयो 
दुइटा मुटु एउटै हुँदा अङ्गालेको याद आयो ।।

कस्तो हुन्छ चोट दिदा मन्को घाऊ छामी हेर
कसै लाई मायाँ गरी आँफै लाई डामी हेर ।। 
ओँठ भरी रुन्चे हाँसो छुपाएको याद आयो 
कौशी माथि जुनेलीमा अङ्गालेको याद आयो ।।

लत्त्याएर गोल हान्यौ मन्को बेदना लाई 
भुल्यौ होला संगै डुल्या मुल्पानिको सम्झना लाई ।। 
धेरै पछी तिम्रै तस्बिर आँखा भरी छायो 
नशा भित्र मदहोशिमा अङ्गालेको याद आयो ।।

दुबै मिली चोखो प्रिती सङ्गालेको याद आयो 
दुइटा मुटु एउटै हुँदा अङ्गालेको याद आयो ।।

कान्छा भाई (योन्जन)
७ फेब्रुवरी २०१६

Wednesday, February 3, 2016

भन्थेउ हिजो

गीत-

भन्थेउ हिजो हासो दिउला खुशी दिउला
रमाएर सानो संसार हामी सङ्गै जिउला ।।

उल्टै आज मन्को बस्ती डढाएर गयौ
खरानी झै सानो संसार बढारेर गयौ ।।
रुनु परे मन्को पिर आशु सङ्गै पिउला
रमाएर सानो संसार हामी सङ्गै जिउला ।।

सुनामी झै हावा हुरी मढारेर आयौ 
कालो रातको घुम्टो मलाई ओढाएर गयौ ।।
आइ परे जिन्दगीमा दु:ख सङ्गै लिउला
रमाएर सानो संसार हामी सङ्गै जिउला ।।

भन्थेउ हिजो हासो दिउला खुशी दिउला
रमाएर सानो संसार हामी सङ्गै जिउला ।।


कान्छा भाई (योन्जन)
३ फेब्रुवरी २०१६

Tuesday, February 2, 2016

कती जलाउ आफु लाई

गीत-

कती जलाउ आफु लाई पोल्छ मुटु भित्र
भुल्न खोज्दा आँखामा आउछ तिम्रो चित्र ।।


भन्थेउ आँफै मलाई छोडि पराइ भयौ भने
कस्सम मर्छु तिमी सँगै टाढा गयौ भने ।।
कती बालुँ आगो आफ्नै ब्यथा भित्र
ऐना अघी उभि हेर्दा आउछ तिम्रो चित्र ।।

बिन्ती गर्छु हात समाइ मलाई छोडि नजाउ
निको होला भन्दा उल्टै झन झन बड्छ घाऊ ।।
कती रुवाउ यो आँखा लाई आफ्नै कथा भित्र 
चिम्ली हेर्दा आँखा भरी आउछ तिम्रो चित्र ।।


कती जलाउ आफु लाई पोल्छ मुटु भित्र
भुल्न खोज्दा आँखामा आउछ तिम्रो चित्र ।।


कान्छा भाई(योन्जन)
३ फेब्रुवरी २०१६
समय- 10.20 am

दुनियाँ लाई देखाउदिन

गित-

दुनियाँ लाई देखाउदिन मन्मा चोट भरे पनि
भो अब रुन्न छामेर मन्मा खोट परे पनि ।।


भन्दिन म मायाँ गर्छु बुजी बुजी नबुज्ने लाई
तड्पिएर किन रुनु उल्टै मायाँ घटाऊने लाई ।
निको हुन्न देको चोट जती हल्ला गरे पनि
सुनाउदिन दुनियाँ लाई मन्मा खोट परे पनि ।। 


सङ्गै हिंड्ने जिन्दगी को बाटो फेर भन्छौ
एउटै मुटु दुइटा पारी अरु लाई नै बेर भन्छौ ।
भरे फेरी उस्तै हुन्छौ जती सल्ला गरे पनि
चर्की रहोस् घाऊ बरु मन्मा खोट परे पनि ।। 


दुनियाँ लाई देखाउदिन मन्मा चोट भरे पनि
भो अब रुन्न छामेर मन्मा खोट परे पनि ।।


कान्छा भाई (योन्जन)
२ फेब्रुवरी २०१६

Saturday, January 30, 2016

फर्किएर आयौ तिमी

गीत-

फर्किएर आयौ तिमी आफ्नै घर बारी
दुबै मिली सजाउला दिलको फुल बारी ।। 


रिस राग सबै त्याग सङ्का गर्ने बानी
म हुला तिम्रो राजा तिमी मेरो रानी ।।
झुलेको छ जिन्दगीमा मन्को हरियाली
दुबै मिली फुलाउला दिलको फुल बारी ।। 


कोरी बाटी सजाई दिउला चुल्ठो भरी रिबन
ममताको आँचल देउ स्वर्ग बन्छ जिबन ।।
जुन पनि हासेको छ तारा आकाश भरी
दुबै मिली सजाउला दिलको फुल बारी ।। 


फर्किएर आयौ तिमी आफ्नै घर बारी
दुबै मिली सजाउला दिलको फुल बारी ।।


कान्छा भाई (योन्जन)
३० जनवरी २०१६

जिउदो कहाँ बाँच्या छु र !!!

गीत-

जिउदो कहाँ बाँच्या छु र तिम्ले बाटो तरे पछी
मलाई हेर्ने नजर ले अरु लाई नै हेरे पछी ।।
*********************************
तिमीले पो सङ्का गर्यौ मेरो चोखो मायाँ माथि
मन पोलेर मुटु जल्दा कुल्ची हिड्यौ छायाँ माथि ।।
सल्किएर बली राछु तिम्ले जोबन फेरे पछी
मलाई हेर्ने नजर ले अरु लाई नै हेरे पछी ।।
***********************************
मायाँ गर्ने मान्छे पनि यती निस्ठुर हुँदा खेरी
पस्चाताप ले पोल्नु पर्ने डाको छोडि रुदा खेरी ।।
ढल्किएर पोखी राछु अरु लाई नै बेरे पछी
मलाई हेर्ने नजर ले अरु लाई नै हेरे पछी ।।
***********************************
जिउदो कहाँ बाँच्या छु र तिम्ले बाटो तरे पछी
मलाई हेर्ने नजर ले अरु लाई नै हेरे पछी ।
। 


कान्छा भाई (योन्जन)
२९ जनवरी २०१६

खुला किताब भो सबै आउछन

गीत-

खुला किताब भो सबै आउछन पड्छन जिन्दगानी
पिपाशु भोक मेटेर जान्छन शहर मा प्रेम काहानी ।। 


होइन भनी तोड्न खोज्दा रगतले मायाँ कोर्छौ
जोड्न खोज्दा छेपारो झै सयौ पल्ट रङ्ग फेर्छौ ।।
मलाई पो प्यार भो तिमी लाई प्यास भो जवानी
किनेर जान्छौ हर रात तिमी शहर मा प्रेम काहानी ।।


बुझिन कि मैले तिम्लाई के छ तिम्रो मन भित्र
मेट्न खोज्दा ऐना बन्छ आँखा भित्र तिम्रो चित्र ।।
मेटेर गयौ भाग्यको मसी कथा भो जिन्दगानी
ब्यथा भएर बल्झियो शहर मा प्रेम काहानी ।। 


खुला किताब भो सबै आउछन पड्छन जिन्दगानी
पिपाशु भोक मेटेर जान्छन शहर मा प्रेम काहानी ।।


कान्छा भाई (योन्जन)
२८ जनवरी २०१६

नछोड है बिन्ती गर्छु

गीत-

नछोड है बिन्ती गर्छु मायाँ तिम्लाई गरेको छु
सम्झना मा हरेक पल तिम्रै लागि मरेको छु ।।
**********************************
जिउने आधार भेटेको छु तिम्ले हात थामे देखी
दुनियाँ लाई भुलेको छु मेरो मुटु छामे देखी ।।
न खसाउ है मेरो आशु माया तिम्लाई गरेको छु
हत्केला मा दिल राखी तिम्रै लागि मरेको छु ।।
**********************************
मनको कुरा साटी बुज्ने तिमी एउटा देखेको छु
कुन दिनको सन्जोगले तिमी एउटा भेटेको छु ।।
जे जे भनुन दुनियाँले मायाँ तिम्लाई गरेको छु
पाप लाग्ला छोड्यौ भने तिम्रै लागि मरेको छु ।।
**********************************
नछोड है बिन्ती गर्छु मायाँ तिम्लाई गरेको छु
सम्झना मा हरेक पल तिम्रै लागि मरेको छु ।


कान्छा भाई (योन्जन)
२८ जनवरी २०१६

मैले मर्दा तिमी लाई

गीत-

मैले मर्दा तिमी लाई खाली ठाउँँ मिल्छ भने ।
मरी दिउला मै बरु तिम्लाई शान्ती मिल्छ भने ।।
************************************
थाछ मलाई अर्कैको हौ अर्कैको हो सिउदो पनि ।
भुल्यौ भने तिम्रो कसम हुने छुइन जिउदो पनि ।।
मेरो जितले तिमीलाई सियो जस्तै खिल्छ भने ।
हारी दिउला मै बरु तिम्लाई शान्ती मिल्छ भने ।।
*************************************
तिमी सङ्ग टिका चुरा सिन्दुर पोते मैले माग्या थिन ।
तिम्रो आफ्नो हक खोसी मैले सिमा नाग्या थिन ।।
हासी हासी बिश पिउछु खुशी तिम्लाई मिल्छ भने ।
शोला माथि जली दिउला तिम्लाई शान्ती मिल्छ भने ।।
***************************************
मैले मर्दा तिमी लाई खाली ठाउँँ मिल्छ भने ।
मरी दिउला मै बरु तिम्लाई शान्ती मिल्छ भने ।। 


कान्छा भाई(योन्जन)
२७ जनवरी २०१६

अधुरो रयो जिन्दगी आज

गीत-

अधुरो रयो जिन्दगी आज मनको दिप निभे पछी
ओशिलो भयो मनको ताल आशुले आँखा भिजे पछी ।
***************************************
छामेनौ मुटु झिकेर दिदा हामी दुई सङ्गै हुँदा
पुछेनौ आँखा थामेनौ यि हात तिम्रो सामु रुँदा ।
रोकिए मेरा चालेका पाइला केही कदम हिंडे पछी
ओशिलो भयो मनको ताल आशुले आँखा भिजे पछी ।।
***************************************

 खुशी जती छानेर लेउ चोट जती सबै मलाई
शुभकामना जुनि जुनिको खोट नलागोस तिमी लाई ।
उजाड भयो जिन्दगी मन्को किताब झै च्याते पछी
ओशिलो भयो मनको ताल आशुले आँखा भिजे पछी ।।
**************************************** 

अधुरो रयो जिन्दगी आज मनको दिप निभे पछी
ओशिलो भयो मनको ताल आशुले आँखा भिजे पछी ।


कान्छा भाई (योन्जन)
२६ जनवरी २०१६

कसम खान्छु अन्त बरु

गजल-

कसम खान्छु अन्त बरु मैले मायाँ लाको भए
मै मरुला कसम बरु अन्त कतै धाको भए । 


तिम्रो जस्तै दिल हो मेरो छामी हेर मेरो छाती
संख फुकी लगोस बरु अन्त कतै गाको भए । 


धरो धर्म देउता साक्षी ढाट्या छैन मैले तिम्लाई
तिम्रो औठी निकालेर अन्त कसम खाको भए ।


सुख साट्न सबै हुन्छन दु:ख साट्न गाह्रो जानु
पाप लागोस बरु मलाई कसैको म भाको भए । 


कान्छा भाई (योन्जन)
२६ जनवरी २०१६

Tuesday, January 19, 2016

युद्ध को कमान्ड तिम्रो हातमा थियो ।

कबिता- युद्ध को कमान्ड तिम्रो हातमा थियो ।

हो ! तिमीले भने जस्तै
म ! बहादुर छु ।
आत्मबिस्वासी छु ।
ढ्रिढ छु ।
सङ्कल्पी छु ।
बलवान छु ।
बुद्धीमत्ता पूर्ण छु ।
म ! पक्का छु कि !
म ! युद्ध !! जित्न सक्छु ।
युद्ध मैदान मा
लड्दा लड्दै पिठ्युमा
कयौ तिर हरु
नघोपिएका होइनन !
तर पनि कुनै पर्बाह भएन
मेरो पिठ्युमा असन्ख्य तिर
रोपिय त के भो ?
मेरो नशामा
थोपा रगत हुन्जेल सम्म
मेरो छातीमा आत्मबिश्वास थियो
तर !!!
तर के गर्नु ?
यो सबै सम्भब हुँदा हुँदै पनि
तिमी ले मलाई
नामर्द लाछी पुरुष बनाइ दियौ ।
र !
मैले जितेको राण मैदान
म ! आँफैले जितेर पनि
हारेको सिपाही झै
मैन्दान छोडेर भाग्नु पर्‍यो ।
किन कि !
युद्ध मा विश्वाश अबिश्वास
घात प्रतिघात दुबै हुदो रहेछ ।
जहाँ तिमी !
चाणक्य हुनु पर्नेमा 
महाभारतको
असफल कुट्नितिग्य
सकुनी भएर उभियौ  
त्यसैको प्रतिफल
म ! असफल भए । 
जहाँ युद्ध को
सम्पूर्ण कमान्ड तिम्रो हात मा थियो । 




कान्छा भाई (योन्जन)
२० जनवरी २०१६

देउता चिन्नै गाह्रो

गजल- देउता चिन्नै गाह्रो

तिम्रो कुन हो मेरो कुन हो देउता चिन्नै गाह्रो
भन्छौ तिमी अछुत म हो धर्म चिन्नै गाह्रो ।

पिटे दुख्छ दुबै लाई काटे रगत उस्तै रातो
सृस्‍टि उनैको मान्छे उही कर्म चिन्नै गाह्रो ।

सानो ठुलो उचो निचो भाषण तिम्रै ठुलो
छिमेकी लाई पानी बार्छौ शर्म चिन्नै गाह्रो ।

हिन्दू मुस्लिम बुद्ध इसाइ नाम मात्र फरक
मानब्ता को घाऊ दुख्दा मर्म चिन्नै गाह्रो ।

जन्मी आउने मर्दा जानी बाटो एउटै हाम्रो
भन्छौ फेरी तिम्रो मेरो धर्म चिन्नै गाह्रो ।

कान्छा भाई (योन्जन)
१९ जनवरी २०१६

Monday, January 18, 2016

तिम्ले पिउने औषधीको

गजल

तिम्ले पिउने औषधीको जहर ले सुनायो
बिशन्चो पो छौरे अचेल शहर ले सुनायौ ।

सोदी हिंडे केछ अचेल तिम्रो अभाब सङ्ग
तिम्ले गाउँने गित हरुको बहर ले सुनायो ।

तड्पिएर बस्या छौरे आधार माग्दै छौरे
खोजी हिंड्ने परेली को रहर ले सुनायो ।

दोशी चस्मा लगाएर कैले ठान्यौ आफ्नो
नदी सङ्गै बग्ने छाल्को कहर ले सुनायो ।

अस्पातल को बेड बाट जहर ले सुनायो
साह्रै छौरे सुने हिजो शहर ले सुनायो ।

कान्छा भाई (योन्जन)
१७ जनवरी २०१६

तिमी र म साथी !

कबिता-

तिमी र म साथी !
तिमीले मैले खेल्ने
आँगन एउटै !
तिमी जन्मेको माटो यही
म जन्मेको माटो यही
तिमीले लिएको सास
र !
मैले लिएको सास
यहिको अक्सिजन
तिमी लाई पिटे दुख्छ
मलाई पिटे दुख्छ
काटे दुबैको रातो रगत बग्छ
मिसाएर हेर !
कुन तिम्रो कुन मेरो
छुट्याउन सकिन्न
हो तिमी !
अग्लो छौ
अग्लो, लामो नाक छ
ठुला खिरिला आँखा छन
चौडा छाती छ ।
अनी म !
होचो पुड्को छु
मेरो नाक नेप्टो छ
मेरो आँखा चिम्सो छ
मेरो अनुहार ठुलो छ
फरक यती नै होइन ?
आखिर एउटै भुगलमा
तर पनि बचेँकै छौ जिन्दगी
अनी फेरी किन चाहियो
मलाई मधेस
तलाई पहाड
उस्लाई हिमाल
आखिर जहाँ भएपनी
एउटै होइन नेपाल ?
यदी मेरो जात ले
यदी मेरो धर्मले
अलग्गै माटो माग्छ भने
भो चाहिन्न मलाई
मेरो जात, मेरो धर्म
किन कि !
पहिले म नेपाली हुँँ !
अनी मेरो देश नेपाल
मलाई टुक्रिएको भुमी होइन
सिङ्गो नेपाल चाहिन्छ ।
बरु म तिमी लाई मायाले
काठा भनम्ला
खसेत्रा भनम्ला
नाक चुच्चे भनम्ला
तर प्रेमले भनम्ला
अनी तिमी पनि मायाले
मलाई डल्ले भन
थेप्चे भन
चिम्से भन
तर प्रेम ले भन
म रिसाउदिन
किन कि मलाई
आदिबासी ले पोल्छ
जनजातिले घोच्छ
म आफु आफ्नै देशमा
अङ्गिक्रित सम्झन्छु
तर न तिमी अङ्गिक्रित हौ
न म हुँ ?
आखिर हामी दुबै
नेपाली हौ ।
अनी !
यो देश हाम्रो नेपाल
आउ एउटै स्वर गरौ
जय नेपाल ! जय नेपाल !!! जय नेपाल !!!


रचना- कान्छा भाई (योन्जन)
३० डिसेम्बर २०१५

निस्वार्थ हाम्रो नातामा

कबिता-

निस्वार्थ हाम्रो नातामा
आज तिमीले
मुल्य तोक्यौ ।
र सजिलै भन्यौ
दिन पनि छ, लिन पनि छ ।
तिम्रो हाम्रो हिसाब
मिलाउन बाँकी नै छ ।
तर म त सोजो प्राणी !
तिम्रो मेरो बिचको सम्बन्धमा
कैलेही घाटा नाफा जोडीन
शायद यसैले होला
आज सम्म सुनेको मात्रै
तर नपढेको
मार्सल र रबिन्सको
क्रय बिक्रय
ब्यङ्किङ कारोबार कहिले पढिन
र आज,
धुर्त तिम्रो ब्यापारमा
ऋणी पार्ट्नरशिप गरेछु
यती खेर सुन्यमा छु म ।
न तिमी लाई
हिसाब दिन सक्नेमा छु
न लिन सक्ने मा छु ।
यदी तिमी लाई
हाम्रो हिसाब किताब
चुक्ता नै गर्नु छ भने
जाउ सम्सान घाट
र लेउ !
उधारै भएपनी बन्धकिमा
अग्रिम मेरो प्रेत आत्मा । 


कान्छा भाई (योन्जन)
२५ डिसेम्बर २०१५

तिमी भन्छौ

कविता

तिमी भन्छौ
एक्लै हिंड्न सिक ।
तर म भन्छु
कसरी हिडुँ
तिम्रो साथ बिना
एक पाइला के हिंड्न खोज्छु
लर्बराउँछ पाइला हरु !
आखिर जो तिमी
मेरो बैशाखी बनी सक्यौ
जस्लाई नटेकी न समाइ
न हिंड्न सक्छु
न त जिबन को गुजारा नै
त्यसैले तिमी
मेरो साथी मात्र होइनौ
मेरो हर पाइलाको
बैशाखी हौ बैशाखी ।


कान्छा भाई
२२ डिसेम्बर २०१५ 

मुटु भरी मायाँ साचे पिडा बनी आइ दियौ

गीत-
मुटु भरी मायाँ साचे पिडा बनी आइ दियौ
खुशी साचे मन भरी घृणा बनी छाइ दियौ ।।
तिम्रो लागि सप्ना देखे आँशु झारी दियौ
तिमी सम्म अाउने मुल बाटो बारी दियौ ।
फुल रोपें पिरतिको काँडा बनी घोची दियौ
आकाशको तारा हेरेँ बादल बनी छोपी दियौ ।।
सजाइ राख्छु फुलहरु तिमी आउने बाटो भरी
पर्खेर बस्छु आउँछौ कि भनी जिबन भरी।
आयौ नजिकै बाट कुल्चेर गयौ सपना हारु
बाँचेनन अब रहर मरेर गए कल्पना हरु ।।
मुटु भरी मायाँ साचे पिडा बनी आइ दियौ
खुशी साचे मन भरी घृणा बनी छाइ दियौ ।।

रचना-कान्छा भाई (योन्जन)
२१ डिसेम्बर २०१५

तिम्रो मायाँको रुप पनि कस्तो ?

कविता 

तिम्रो मायाँको रुप पनि कस्तो ?
आखिर तिम्रै मायाँको रुप हेर्न
नियालेर हेर्न खोज्छु, तिमी लुकाउछौ
तिमी पूर्व फर्किन्छौ, त्यतै आउँछु
तिमी पश्चिम फर्किन्छौ, त्यतै आउँछु
तिमी दक्षिण फर्किन्छौ, त्यतै आउँछु
तिमी उत्तर फर्किन्छौ, त्यतै आउँछु
जब साम्ने हुन्छु,
जमिन तिर शिर निहुराउँछौ
तल बाट हेर्ने कोशीस गर्छु
आकाश तिर टोलाउँछौ
आखिर तिम्रो मायाँको रुप
न देखाउनु नै थ्यो भने
किन झ्यालमा बसी ऐना देखाउछौ ?
यही तिम्रो एक झलक,
दर्पन्छायाँ को लागि तरस्नु भन्दा
बरु मेरै घरको झ्याल बन्द गर्छु
आजै बाट.................!!!


कान्छा भाई (योन्जन)
१७ डिसेम्बेर २०१५

मैले हार खाएँ भो

गजल-
मैले हार खाएँ भो तिम्रो आँचल समाउने छैन
दिउसै देखिने सपना सँग अब रमाउने छैन ।

जती रुनु रुइ सके फगत यो छोटो जिन्दगीमा
तिम्रो लागि फेवाताल झै आँशु जमाउने छैन ।

आत्मा हत्या गर्दिन म अन्त नाता गासे पनि
रामले जस्तो रावण सँग रगत बगाउने छैन ।

तिम्ले पो हसायौ जोरी पारी दुनियाँ लाई
तिम्रो खुशी हराउन बैरी लाई सगाउने छैन ।

भो अब तिम्रो सफा आँचल समाउने छैन
तिम्लाई हराइ खुन्को आँशु अब रमाउने छैन ।

रचना- कान्छा भाई (योन्जन)
१५ डिसेन्बर २०१५

तिम्रो प्रेम सिवाय दुनियाँ मा,

मुक्तक
एक-
तिम्रो प्रेम सिवाय दुनियाँ मा, के बाँकी रयो र अरु
लुटेर लगेछौ आँफैले, सुख शान्ती सबै चयन् हरु ।
याद अझै जिबित छ क्षितिजमा, फर्काइ ल्याउकी बरु
खोली दिउला लाजको घुम्टो गाजलु दुई नयन हरु ।।

दुई-
तिता मिठा छुटेका सबै, श्वास नफेरी यि रातमा
सुनाउला नराखी गुनासा सबै,बिहानी अगिको प्रहरमा ।
केही बोल्न देउ केही सुनी देउ आउदिन फेरी फर्किएर
सक्छौ मेरो खुशी फिर्ता देउ बास बस्दिन तिम्रो शहरमा ।

कान्छा भाई
१२ डिसेम्बर २०१५

मेरो अन्तिम इच्छा ।

कबिता- मेरो अन्तिम इच्छा ।

म र तिम्रो प्रेम
जिबन को अन्त सम्म
यो सास चली रहदा सम्म
सिर्फ तिम्रो पर्खाइमा हुनेछु
र, आएर भन
राज, म आएनी !!!
म मृत्‍यु सङ्ग लडी रहदा
यदी तिम्रो जवाफमा
मेरा वाक्य हरु फुटेनन भने
केवल ओठ हरु !
थर्थर कमाउँदै भए पनि
आँखा हरु बाट
निर्दोश
लाचार
शब्दहिन
मासुम
मेरो शिरानीमा
टप्प खसेको आशुको
ईशाराले जवाफ दिउला
तिमी सम्झनु कि !
म बोली रहेको छु
तिम्रो प्रश्न हरुमा !
अनी सम्झनु कि !
मैले भनी रहेको
त्यो शब्द !

काली !
आउन धेरै ढिला गर्यौ
म थाकी सके
म गलि सके
अब त केवल
यो अस्थिरपन्जिर
चितामा जल्न मात्र बाँकी छ ।
फेरी पनि जिबित रहे
तिमी आउने दिन सम्म
र, तिमी आयौ
अब खुशीले इच्छा दहन गर्छु
स्वखुसी यो सास बन्द गर्छु
आत्मलीला खुशी खुशी अन्त्य गर्छु
र एउटा सलाइको माचिस लिएर
आशुले होइन
खुशीले मलाई
अग्निकुन्डमा दागबत्ती देउ है ।
मेरो अन्तिम इच्छा ।
इच्छ ! इच्छा !! इच्छा !!!

रचना- कान्छा भाई (योन्जन)
१० डिसेम्बर २०१५

आज पनि निश्ठुरी को

मुक्तक-
एक-
आज पनि निश्ठुरी को याद आयो फेरी
साँझ ढल्दा निर्मोही कै झल्को घरी घरी ।
कर्तब्य र तिम्रो माया मिलाएर सराबरी
राख्छु भन्छे उस्को मेरो मायाँ बराबरी ।।
दुई-
सम्झनामा नआउ भन्दा हेर्छे लुकी लुकी
परेलिमाई रोक्न खोज्दा झर्छे छुपी छुपी ।
पाप लाग्ला जलाउँदा तिम्रो घर-बारी
तृश्णा जाग्यो बैगुनिको याद आयो फेरी ।। 


कान्छा भाई (योन्जन)
९ डिसेम्बर २०१५

खै !???

कविता -

खै !???
तिमीले देको स्नेहले होकी
तिमीले देको घातले होकी
तिमीले देको बातले होकी
तिमीले देको रातले होकी
वा तिम्रो आघाध समर्पनले
आज भोली
मेरो आँखा हरु बाट
तिम्रो तस्बिर हरु
मेटिन थालेकाछन्
आँखा बन्द गरेर कल्पिदा
अँध्यारो, मधुरो,
हुन थालेकाछन्
तिम्रा आकृती हरु ।
मस्तिक भित्र स्‍मृति हरु लाई
समभोग गराउँदा पनि
बरु उल्टै सपना हरु
स्खलित भएर
पिडामा बद्लिन्छन
बरु तिम्रो मेरो अतितले
उल्टै चस्स घोच्छन
बरु त्यसैले आज भोली
तिमीले छर्किएर गएका
नुन चुक हरुमा
रात हरु लाई म
सजाय दिइ रहेको छु
त्यसैले सबै !
तिम्रो सम्झना हरु मेट्न
तिम्रो अभाबहरु लाई
मनको चुलेसिले रेट्न
एउटा अपरिचित ऐना भित्र
तिमी लाई हेर्ने कोशीस गर्दैछु
एउता अन्जान चित्र भित्र
तिम्रो आकृती खोज्दैछु
शायद त्यसैले होकी
एउटा आन्जान उस्को फोटोले
थोरै शान्तावना दिरहेको छ
थाछैन ऊ कोहो कुन्नी ?
तिमी हौ या तिम्रो प्रतिबिम्ब ?। 


रचना-कान्छा भाई (योन्जन)
९ डिसेम्बर २०१५

तिम्रो अमुर्त चित्र भित्र

कविता 

तिम्रो अमुर्त चित्र भित्र
म कैद भएको छु
यो रुमानी रातमा
याद हरु बसाइ सरेर
कल्पना हरु
पर्देशी भएकाछन ।
शायद त्यसैले होकी
तिम्रो निम्ती
कोरिने हरेक शब्द हरु
आज बन्दी भएकाछन
र म निशब्द,
शब्द बिहिन भएको छु
sory Dear !
तिम्रो निम्ती
आज कुनै शब्द हरु
जन्माउन सकिन ।


कान्छा भाई 
८ डिसेम्वर २०१५