गीत-
दोबाटो मै कुरी राछु
तिम्ले छोडि गए पछी
एक्लो भाछु आजभोलि
तिम्ले छोडि गए पछी ।।
एउटै सप्ना थियो हाम्रो
एउटै थियो रहर हरु
कुन पापिको आँखा लाग्यो
आइदियो कहर हरु ।।
फेरी भेट हुन्छ हुन्न
फर्की तिमी आएपछी
एक्लो भाछु आजभोलि
तिम्ले छोडि गए पछी ।।
डर लाग्छ तिम्ले मलाई
अशुभ पो ठान्छौ कि त
तिम्रो संसार उजाड
पार्ने अधर्मि पो मान्छौ कि त ।।
आशा सबै मरी सक्यो
तिम्ले छोडि गए पछी
एक्लो भाछु आजभोलि
तिम्ले छोडि गए पछी ।।
दोबाटो मै कुरी राछु
तिम्ले छोडि गए पछी
एक्लो भाछु आजभोलि
तिम्ले छोडि गए पछी ।।
कान्छा भाई (योन्जन)
१८ फेब्रुवरी २०१६
No comments:
Post a Comment