गीत-
तिम्ले तिर हाने पछी
मुटु मेरो छुदैन र ?
तिम्ले मायाँ मारे
पछी मन मेरो रुदैन र ?
सँगै हिडौ सँगै तरौ
हात समाइ भङालोमा
यसै गरी जिउला भन्थ्यौ
दुबै जना अङालोमा
तिम्ले बसाइ सरे पछी
आँशु मेरो झर्दैन र ?
तिम्ले मायाँ मारे
पछी मन मेरो रुदैन र ?
आगो लगाइ दिल भित्र
याद हरु भुटे पछी
हास्ने आधार केनै भोर
खुशी सबै लुटे पछी
धोका तिम्ले दिए पछी
छाती मेरो फुट्दैन र
तिम्ले मायाँ मारे
पछी मन मेरो रुदैन र ?
तिम्ले तिर हाने पछी
मुटु मेरो छुदैन र ?
तिम्ले मायाँ मारे
पछी मन मेरो रुदैन र ?
कान्छा भाई (योन्जन)
१८ फेब्रुवरी २०१६
No comments:
Post a Comment