गीत-
मलाई माया गर्ने मुटु
अन्तै साट्यौ अरे
मलाई जस्तै उस्लाई
पनि कसम ढाट्यौ अरे ।।
माया गर्ने मान्छे
दिनै तिम्ले फेरे पनि
आफ्नो अङ्गालोले अर्कै
लाइनै बेरे पनि ।।
एकान्तमा अर्कै सँग
मेरो कुरा काट्यौ अरे
मलाई जस्तै उस्लाई
पनि कसम ढाट्यौ अरे ।।
तिम्ले देको याद हरु
प्यास मेटाउने नासो भो
मलाई पो तिर्खा भयो
अरु लाई त हासो भो ।।
औठी चिनो रुमाल पनि
फिर्ता माग्यौ अरे
मलाई जस्तै उस्लाई
पनि कसम ढाट्यौ अरे ।।
मलाई माया गर्ने मुटु
अन्तै साट्यौ अरे
मलाई जस्तै उस्लाई
पनि कसम ढाट्यौ अरे ।।
कान्छा भाई (योन्जन)
११ फेब्रुवरी २०१६
No comments:
Post a Comment