गजल-
ठुस्की तिमी रिसाउदा
डर लाग्छ मलाई
आँखा तरी हेर्दा पनि
डर लाग्छ मलाई ।
नानाभाती इन्टर्नेटमा
सङ्का जब गर्छौ
कसम खाँदै सम्झाउन
कर लाग्छ मलाई ।
एकै छिन्को फकाइ मा
तिमी खुशी हुँदा
सङ्गै जिउने साथ जस्तो
भर लाग्छ मलाई ।
लजाएर नजर पनि जब झुक्छ
तिम्रो
कोटाएर जिस्काउन लाई
सर लाग्छ मलाई ।
कान्छा भाई (योन्जन)
९ फेब्रुवरी २०१६
No comments:
Post a Comment