गीत-
खुशी जती सबै लग्यौ
मलाई हास भन्छौ
एउटा मुटु दुइटा पारी
मलाई बाँच भन्छौ ।।
तिम्रो जस्तै भावना
हो दुख्छ मलाई पनि
जलाउन लाई भेटिदैन
भन्या बेला सलाई पनि ।।
पिर जती मलाई दियौ
रमाएर नाच भन्छौ
एउटा मुटु दुइटा पारी
मलाई बाँच भन्छौ ।।
केनै बाँकी थ्योर मैले
दिनु पर्ने तिम्रो लागि
देकै थिए भाको जती
देउता सङ्ग खुशी मागी ।।
चुडाएर आँफै गयौ मलाई
गाँस भन्छौ
एउटा मुटु दुइटा पारी
मलाई बाँच भन्छौ ।।
खुशी जती सबै लग्यौ
मलाई हास भन्छौ
एउटा मुटु दुइटा पारी
मलाई बाँच भन्छौ ।।
कान्छा भाई (योन्जन)
११ फेब्रुवरी २०१६
No comments:
Post a Comment