गीत-
जमेको थ्यो एउटा आँखामा
आशु बगायो अरुले
म सङ्ग भाको मुटु थ्यो
एउटा चुरायो अरुले ।।
गरेर ढिलो आएछौ लिन
अँधेरी रात मा
लेखेर दिउकी मायाको
चिनो जंगली पातमा ।।
मायाँको सागर तैरन
खोज्दा डुबायो अरुले
म सङ्ग भाको मुटु थ्यो
एउटा चुरायो अरुले ।।
ढुक ढुकी भित्र चलेको
एउटा यै सास बाकिछ
लादैनौ भने दाग्बत्ती
देउ त्यै पनि काफिछ ।।
फर्केर आउछु भनेर गाको
कुरायो अरुले
म सङ्ग भाको मुटु थ्यो
एउटा चुरायो अरुले । ।
जमेको थ्यो एउटा आँखामा आशु बगायो अरुले
म सङ्ग भाको मुटु थ्यो एउटा चुरायो अरुले ।।
कान्छा भाई
१५ फेब्रुवरी २०१६
No comments:
Post a Comment