गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, January 18, 2016

मुटु भरी मायाँ साचे पिडा बनी आइ दियौ

गीत-
मुटु भरी मायाँ साचे पिडा बनी आइ दियौ
खुशी साचे मन भरी घृणा बनी छाइ दियौ ।।
तिम्रो लागि सप्ना देखे आँशु झारी दियौ
तिमी सम्म अाउने मुल बाटो बारी दियौ ।
फुल रोपें पिरतिको काँडा बनी घोची दियौ
आकाशको तारा हेरेँ बादल बनी छोपी दियौ ।।
सजाइ राख्छु फुलहरु तिमी आउने बाटो भरी
पर्खेर बस्छु आउँछौ कि भनी जिबन भरी।
आयौ नजिकै बाट कुल्चेर गयौ सपना हारु
बाँचेनन अब रहर मरेर गए कल्पना हरु ।।
मुटु भरी मायाँ साचे पिडा बनी आइ दियौ
खुशी साचे मन भरी घृणा बनी छाइ दियौ ।।

रचना-कान्छा भाई (योन्जन)
२१ डिसेम्बर २०१५

No comments: