गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, January 18, 2016

तिम्रो प्रेम सिवाय दुनियाँ मा,

मुक्तक
एक-
तिम्रो प्रेम सिवाय दुनियाँ मा, के बाँकी रयो र अरु
लुटेर लगेछौ आँफैले, सुख शान्ती सबै चयन् हरु ।
याद अझै जिबित छ क्षितिजमा, फर्काइ ल्याउकी बरु
खोली दिउला लाजको घुम्टो गाजलु दुई नयन हरु ।।

दुई-
तिता मिठा छुटेका सबै, श्वास नफेरी यि रातमा
सुनाउला नराखी गुनासा सबै,बिहानी अगिको प्रहरमा ।
केही बोल्न देउ केही सुनी देउ आउदिन फेरी फर्किएर
सक्छौ मेरो खुशी फिर्ता देउ बास बस्दिन तिम्रो शहरमा ।

कान्छा भाई
१२ डिसेम्बर २०१५

No comments: