गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, January 18, 2016

मेरो अन्तिम इच्छा ।

कबिता- मेरो अन्तिम इच्छा ।

म र तिम्रो प्रेम
जिबन को अन्त सम्म
यो सास चली रहदा सम्म
सिर्फ तिम्रो पर्खाइमा हुनेछु
र, आएर भन
राज, म आएनी !!!
म मृत्‍यु सङ्ग लडी रहदा
यदी तिम्रो जवाफमा
मेरा वाक्य हरु फुटेनन भने
केवल ओठ हरु !
थर्थर कमाउँदै भए पनि
आँखा हरु बाट
निर्दोश
लाचार
शब्दहिन
मासुम
मेरो शिरानीमा
टप्प खसेको आशुको
ईशाराले जवाफ दिउला
तिमी सम्झनु कि !
म बोली रहेको छु
तिम्रो प्रश्न हरुमा !
अनी सम्झनु कि !
मैले भनी रहेको
त्यो शब्द !

काली !
आउन धेरै ढिला गर्यौ
म थाकी सके
म गलि सके
अब त केवल
यो अस्थिरपन्जिर
चितामा जल्न मात्र बाँकी छ ।
फेरी पनि जिबित रहे
तिमी आउने दिन सम्म
र, तिमी आयौ
अब खुशीले इच्छा दहन गर्छु
स्वखुसी यो सास बन्द गर्छु
आत्मलीला खुशी खुशी अन्त्य गर्छु
र एउटा सलाइको माचिस लिएर
आशुले होइन
खुशीले मलाई
अग्निकुन्डमा दागबत्ती देउ है ।
मेरो अन्तिम इच्छा ।
इच्छ ! इच्छा !! इच्छा !!!

रचना- कान्छा भाई (योन्जन)
१० डिसेम्बर २०१५

No comments: