गजल- देउता चिन्नै गाह्रो
तिम्रो कुन हो मेरो कुन हो देउता चिन्नै गाह्रो
भन्छौ तिमी अछुत म हो धर्म चिन्नै गाह्रो ।
तिम्रो कुन हो मेरो कुन हो देउता चिन्नै गाह्रो
भन्छौ तिमी अछुत म हो धर्म चिन्नै गाह्रो ।
पिटे दुख्छ दुबै लाई काटे रगत उस्तै रातो
सृस्टि उनैको मान्छे उही कर्म चिन्नै गाह्रो ।
सानो ठुलो उचो निचो भाषण तिम्रै ठुलो
छिमेकी लाई पानी बार्छौ शर्म चिन्नै गाह्रो ।
हिन्दू मुस्लिम बुद्ध इसाइ नाम मात्र फरक
मानब्ता को घाऊ दुख्दा मर्म चिन्नै गाह्रो ।
जन्मी आउने मर्दा जानी बाटो एउटै हाम्रो
भन्छौ फेरी तिम्रो मेरो धर्म चिन्नै गाह्रो ।
कान्छा भाई (योन्जन)
१९ जनवरी २०१६

No comments:
Post a Comment