गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, January 30, 2016

नछोड है बिन्ती गर्छु

गीत-

नछोड है बिन्ती गर्छु मायाँ तिम्लाई गरेको छु
सम्झना मा हरेक पल तिम्रै लागि मरेको छु ।।
**********************************
जिउने आधार भेटेको छु तिम्ले हात थामे देखी
दुनियाँ लाई भुलेको छु मेरो मुटु छामे देखी ।।
न खसाउ है मेरो आशु माया तिम्लाई गरेको छु
हत्केला मा दिल राखी तिम्रै लागि मरेको छु ।।
**********************************
मनको कुरा साटी बुज्ने तिमी एउटा देखेको छु
कुन दिनको सन्जोगले तिमी एउटा भेटेको छु ।।
जे जे भनुन दुनियाँले मायाँ तिम्लाई गरेको छु
पाप लाग्ला छोड्यौ भने तिम्रै लागि मरेको छु ।।
**********************************
नछोड है बिन्ती गर्छु मायाँ तिम्लाई गरेको छु
सम्झना मा हरेक पल तिम्रै लागि मरेको छु ।


कान्छा भाई (योन्जन)
२८ जनवरी २०१६

No comments: