गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Monday, January 18, 2016

तिमी र म साथी !

कबिता-

तिमी र म साथी !
तिमीले मैले खेल्ने
आँगन एउटै !
तिमी जन्मेको माटो यही
म जन्मेको माटो यही
तिमीले लिएको सास
र !
मैले लिएको सास
यहिको अक्सिजन
तिमी लाई पिटे दुख्छ
मलाई पिटे दुख्छ
काटे दुबैको रातो रगत बग्छ
मिसाएर हेर !
कुन तिम्रो कुन मेरो
छुट्याउन सकिन्न
हो तिमी !
अग्लो छौ
अग्लो, लामो नाक छ
ठुला खिरिला आँखा छन
चौडा छाती छ ।
अनी म !
होचो पुड्को छु
मेरो नाक नेप्टो छ
मेरो आँखा चिम्सो छ
मेरो अनुहार ठुलो छ
फरक यती नै होइन ?
आखिर एउटै भुगलमा
तर पनि बचेँकै छौ जिन्दगी
अनी फेरी किन चाहियो
मलाई मधेस
तलाई पहाड
उस्लाई हिमाल
आखिर जहाँ भएपनी
एउटै होइन नेपाल ?
यदी मेरो जात ले
यदी मेरो धर्मले
अलग्गै माटो माग्छ भने
भो चाहिन्न मलाई
मेरो जात, मेरो धर्म
किन कि !
पहिले म नेपाली हुँँ !
अनी मेरो देश नेपाल
मलाई टुक्रिएको भुमी होइन
सिङ्गो नेपाल चाहिन्छ ।
बरु म तिमी लाई मायाले
काठा भनम्ला
खसेत्रा भनम्ला
नाक चुच्चे भनम्ला
तर प्रेमले भनम्ला
अनी तिमी पनि मायाले
मलाई डल्ले भन
थेप्चे भन
चिम्से भन
तर प्रेम ले भन
म रिसाउदिन
किन कि मलाई
आदिबासी ले पोल्छ
जनजातिले घोच्छ
म आफु आफ्नै देशमा
अङ्गिक्रित सम्झन्छु
तर न तिमी अङ्गिक्रित हौ
न म हुँ ?
आखिर हामी दुबै
नेपाली हौ ।
अनी !
यो देश हाम्रो नेपाल
आउ एउटै स्वर गरौ
जय नेपाल ! जय नेपाल !!! जय नेपाल !!!


रचना- कान्छा भाई (योन्जन)
३० डिसेम्बर २०१५

No comments: