गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, March 29, 2016

आमा !!!
आमा ! बाबाले त सानैमा हामीलाई छोडेर टुहुरा बनाएर जानु भो, जुन सन्तानले आफ्नो बाबाको हातको औली हरु समाएर टुकुटुकु हिंड्न सिक्नु पर्थ्यो । भर्खरै ताते गर्न लागेको पाइला हरु लर्खराउदा लागेको चोटमा धुलो टक्टक्याउदै काधमा बुइ चढाउनु पर्थ्यो, बेलुकी भएपछी ओछ्यानमा आफ्नो ढाडमा राखेर हाती घोडा खेलाउनु पर्थ्यो यस्तो महान बाबाको अनुहार त हामीले देख्नै पाएनौ । त्यो सब हाम्रो भाग्यमा त थिएन थिएन तर आज हजुर ले पनि छोडेर जानु भाको बर्सौ भैसकेछ आमा । हामीले राम्ररी अनुहार चिन्न पनि नपाउदै यो संसार बाट बाबाले त छाडेर जानु भो जानु भो ! तर किन आमा हजुरले पनि हामी लाई एकलाई छोडेर जानु भो।? के दश महिना आफ्नो गर्भमा राखेर जन्माई सुटुक्क छोडेर जान के बाध्यता पर्‍यो होला र त्यस्तो हजुर लाई जो म बुज्न सक्दिन । आखिर तिम्रो आफ्नै सन्तान सँग के गुनासो थियो होला र बस पार्कको पेटिमा पाउरोटीको टुक्रा र चिया लिएर आउछु भनेर जानु भएको आज सम्म पनि फर्किएर आउनु भएन । आमा त मामाताकी खानि हुन्छिन भनेको सुन्छु आज भोली ठुलो भएपछी, सन्तानको भोको पेटमा रुएर मुख बाट न्याम न्याम ओकेलेर ख्वाउछिन रे आमा ! तर खोइ त आमा त्यो सब ? कुन त्यो कुरौटे समाजले कुरा काट्योर डाडा काट्नु भो यो भिडभाडाको कोलाहलको शहर छोडेर । आज म हजुर बिनाको जवाफहिन प्रश्न हरु गरी रहेकोछु आमा । कस्ले तपाईंलाई हेप्यो? कस्ले तपाईं लाई राणी देख्यो? कस्ले तपाईं लाई बेस्या देख्यो? कस्ले तपाईंको जवानीमा आँखा लगायो? एक्लो अबला गरीब नारी देखेर कस्ले तपाईं लाई बोक्सी देख्यो ? कि कुन बिलख्बन्दमा पर्यौ र हामीलाई एक्लाई छोडेर बेपत्ता भयौ आमा ?
आमा ! थाहा छ हजुर लाई !? त्यो सानो भाई दुद खान नपाएर रुदा कसरी हेरे होल मैले? भोकले छट्पटिएर बैनी रुदा कसरी खाना खुवाए होला मैले ? आफ्नै पेट भोकले दुख्दा के खाएर टारे हुला मैले? हजुर लाई के यो सब हुँदा पनि हाम्रो याद आएन होला? कयौ पल्ट बसपार्कको होटेल हरुमा खानाको भिख मागे, सबैले लखेट्ने कसैले दया माया नदेखाउने, यहाँ सबै स्वार्थी हुदो रैछ आमा । हुन त उनी हरु लाई पनि कसरी दोस दिउ म स्वार्थी भनेर जहाँ आफ्नै आमाले त कुन बहानामा बसपार्कको पेटिमा छोडेर गयौ अनी नाफाको जिन्दगी जिउने हरु सँग के गुनासो पोखौ र म । जुन दिन हजुरले छोडेर जानु भो त्यस दिन देखी कयौ रात आधा पेटमा बाच्यौ हामी । गर्मी मा त तै बरु ठिकै थियो लुगाको आवसेक्ता पर्दैन थ्यो । तर मच्छड र झरी पर्दा खुब सताउथ्यो । अनी फेरी जाडो को महिना आउथ्यो त पुष माघको सित, तुसारो अनी चिसो बतासले चिमोट्थ्यो । भाई र बैनी रात भर रुन्थे । कहिले काही फ्याकिएका पत्रीका र प्लास्टिक हरु भेला पारेर जलाउथे, तर त्यही जलाउन पनि कहिले काही सल्काउने आगोको झिल्का हुन्नथ्यो। कहिले काही त्यो चिसोले काठयाङ्रिएको रात घर मालिक्निले माथि बाट सब्जी धुएको पानी र उस्को नानी हरुको सु सु गरेको बाल्टिले फ्याकी दिन्थ्यो। हामी झन जाडो र चिसो पानी अनी पिसाब हरुले झन काठयाङ्रिन्थ्यौ । टाढा बाट कोही मैलो लुगा लाएको छोरीमान्छे आको देख्दा आमा आउनु भएछ भनेर धेरै पल्ट झुक्कियौ । उफ.....!!!
हो आमा !आज फेरी धेरै दिन पछी म थाकेको छु । मलाई फेरी तपाईंको मामाताको त्यो आचालको, त्यो साडिको सप्कोको छेउ खुब याद आएको छ । आज फेरी धेरै दिन पछी निक्कै भकानिएर रुदैछु। भाई पन्द्र बर्षको भयो मैले ठेला कुदाएर, गिटी कुटेर, होटेल हरुमा भाडा मोलेर मैले आधा पेट खाएर पनि पढाएको छु । यस्पाली S.L.C. पहिलो श्रेणिमा पास गरेछ । अब कलेज पढ्ने रे तर म त्यत्रो पैसा कहाँ बाट ल्याउ ? बैनिले पनि यसपाली जोड दुई सकेर स्कुल पढाउदै पड्दैछे उ पनि । मैले बिहे गरे, हजुरको एउटी सानी नातिनी जन्मिएकी छे, हजुरको बुहारी ले । उस्ले दिएको त्यो अंुल्य उपहार हजुर लाई बाबा लाई अनी मेरो लागि त्यो सन्सारको सबै भन्दा ठुलो खुशी भएकोछ । यदी साच्चै आज तपाईं हामी सँग भएको भए खुसिले भुइमा खुट्टा हुन्थेन होला तपाइको । हिजो जस्को कारनले जे कारण ले यो समाज त्यागेको भएपनी आज त्यही समाजलाइ छाती फुलाएर गर्वले घमन्ड देखाउनु हुन्थ्यो होला । तर यस्पाली को दसैंमा बुहारी ले सुनको सिक्री मागेकी थिन लाई दिन सकिन, हिजो बेलुकी बैनिले S.L.C. पास गरे भने स्कुटी किन्दिन्छु भनेको होइन भन्दै झगडा गरी, भाईले पनि त्यही मौका छोपेर स्पोर्टस घडी र थाइल्यानी जिन्सको पेन्ट नकिन्दिए पड्दिन म भन्दै भुन भुनिदै बाहिर निस्केको रातको बार्ह बजे तिर मात्र घर फर्कियो । म उ नआउन्जेल खाना नखाइ पर्खि रहे। त्यसैले आज आमा हजुरको आज फेरी खुब याद आएकोछ, यदी तपाईं मेरो सामु हुदो हो त हजुरको साडिको पल्लामा मुख छोपेर खुब डाको छोडेर रुन मन लागेको छ । आखिर सानै देखी दु:ख कस्ट र हन्डर खाने बानी परेर कठोर भएपनी म पनि त मान्छे नै हुँ । मलाई पनि त खुशी हासो माया सबै चाहिन्छ नि । मलाई आवसेक पर्दा चाँही कस्ले त्यो सब पुर गर्छ र ? उुउफ्फ।।।!!!
आमा ! म सानोमा हजुर लाई बाबा खोइ भन्दै खुब सताउथे । खाना खुवाउनको लागि आकाशमा लागेको जुन लाई देखाउदै बाबा उ त्यो माथि हुनुहुन्छ, मेरो छानु राजाको लागि धेरै नाना मिठाइ ल्याउनु हुन्छ भन्दै भक्कानिदै मलाई खुवाउन कसरत गर्नु हुन्थ्यो । तर म बाल सुलभ कहाँ मान्ने थिएर । तपाईं अवाक्क हुनुह्न्थ्यो र साडिको सप्कोले मुख छोपेर रुदा अनी म बल्ल खाना खान्थे। हो आमा ! आज धेरै दिन पछी त्यो पलको याद आको छ मलाई । आज निक्कै थाकेको छु । यदी तपाईं भएको भए आज पनि थकाई लाग्यो भनेर सोद्नु हुन्थ्यो होल, खाना नखादा कर गर्नु हुन्थ्यो होला सन्चो नहुँदा पानीमा फिट्किरी घोलेर पिलाउनु हुन्थ्यो होल। के भो तलाई भन त मलाई भन्नु हुन्थ्यो होला ।
आमा ! तपाईं जहाँ हुनुहुन्छ जस्तो अबस्तामा हुनुहुन्छ कृपा गरेर बाबु थाकिस भन्दै अाइदिनुहोस्न । म हजुरकै प्रतिक्षामा बसी रहेकोछु । अँ ! एउटा कुरा त हजुरलाई भन्नै बिर्सेंछु । म कहाँ छु यती खेर! र तपाईं लाई सम्झेर कुन ठाउमा बसेर रुदैछु थाहा छ ? हो हजुर लाई थाहा भैसक्यो । हजुर जहाँ बाबाको याद आउँदा नदी किनरको छेउमा आएर रातको चन्द्रमा लाई हेर्दै बाबा सँग कुरा गर्नु हुन्थ्यो ठीक त्यसै ठाउमा रातको चन्द्रमा संगै बाबा लाई साक्षी राखेर हजुर लाई याद गरी रहेको छु । हजुर को आउने बाटो पर्खि रहेको छु । तपाईं यो नसोच्नुहोस् कि मलाई मेरा सन्तान हरुले दुत्कार्ला ग्रिणा गर्ला तर अँह कदापी होइन । सन्तानको लाखौं गल्ती आफ्नो बाबा आमाले माफ गर्न सक्छन भने हजुर को एउटा गल्ती लाई माफ गर्न नसकौला र ? आखिर कोख त हजुर कै त होनी। सन्तान हजुर कै त होनी। हामी मा आखिर हजुरकै त हक छ नि । यदी हजुरको हक नहुने हो भने अरु यहाँ कस्को हक हुन्छ र ? जुन बेला टुहुरा र अनाथ हुँदा जस्ले कुनै एक टुक्रा रोटी त दिन सकेन । त्यसैले आज पनि हजुर को छोरा म पर्खि रहेको छु आमा । मलाई विश्वाश छ, एकदिन बाबु त सञ्चै छस भन्दै मेरो कपाल र गाला सुम्सुम्याउन आउनु हुनेछ । म पर्खि रहनेछु त्यो सुनौलो बिहानिको किरण लाई सधैं पर्खि रहने छु । सधैं ! सधैं !! सधैं !!!
हजुरको प्यारो छोरो ।
नट:- जब मैले यो तस्बिर देखे अनी तस्बिर सङ्गै निक्कै पर सम्म पुगेछु म। फर्कनै सकिन । अचानक यो रचना मेरो मस्तिकमा आयो आत्मकथाको रुपमा यहाँ हरुलाई पस्कने सुबर्ण मौका मिल्यो यो तस्बिर ले । हो समाजमा कहिले काही यस्तो घटना पनि घट्छ तर मैले आमा हरु निर्दयी हुन्छन भन्न खोजेको होइन । आमा हरु त संसारकी उत्कृष्ट देवता हुन्छिन । तर हाम्रै समाजले देबी जस्तो एकल आमा हरुलाई बाँच्न गार्हो पारीन्छ र साना साना बालबालिकाको हरुको भबिस्य अन्धकारम हुन जान्छन । त्यसैले हरेक एकल महिला हरुले आफ्नो लाला बाला हरु सँग जस्तो जे छ आफ्नो घरको सुख दु:ख इज्जत सँग जिउन पाउनु पर्छ, न कि समाजको गिद्दे नजरले होइन ।।।
परिकल्पनाकार:- कान्छा भाई (योन्जन)

No comments: