गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, December 8, 2015

तिम्ले किन नबुजे को ?

तिम्ले किन नबुजे को ?
मायाँ छ र त, 
याद आउँछ नि !
त्यै याद आउछ र त, 
सताउछ नि !
कती सजिलै भनी दिन्छौ 
सहज् बन 
तर कसरी सहज् हुन सक्छु र ?
भाको एउटा मुटु थ्यो 
त्यो पनि त तिमी संगै छ । 
अनी, कुन मुटु ले 
सहज, हुनु म । 
बरु भन !
कुन मुटुले बनिएकी छौ तिमी ।


रचना- कान्छा भाई (योन्जन) 

जिन्दगी यो कोही छ सडकमा

कबिता
जिन्दगी यो कोही छ सडकमा कोही छ महल्मा 
हिडि रहेछ कोही गोरेटोमा कोही छ कोलाहल्मा 
मन्दिर चर्च गुम्बा बनाउने हेर हात हरु यहाँ 
तिमी जस्तै मान्छे आज मर्दैछ बेहाल मा ।
सुन्दर छ जिबन दान गर मुठ्ठी खोलेर देउ 
गर सयोग खुला दिल्ले पुन्य तिमी लेउ । 
तिम्रो सानो हातले यदी उस्ले जिउछ भने 
पुछी देउ आशु दुई हातले बसी देउ उस्को छेउ ।
धर्म भन्दा कर्म ठुलो मानब भन्दा मानब्ता 
दाजी हेर दुबै धर्म कर्म छैन केही भिन्नता ।
यदी इस्वर भेट्नु छ भने धाउनु मन्दिर ब्यर्थ 
बाची हेर अरुको लागि छोडि देउ सबै स्वार्थ ।
रचना- कान्छा भाई (योन्जन) 
५ डिसेम्बर २०१५

आउँछे सुटुक्क अनी

:-एक-: 
आउँछे सुटुक्क अनी लाइक गरेर जान्छे 
केछ? सोद्न नभ्याउदै बाइ गरेर जान्छे । 
थाहै नपाई लोडसेडिङ को बिजुली जस्तो 
अचानक इन्बक्समा हाइ गरेर जान्छे ।
:-दुई-: 
ए ! बसन एकछिन त केको हतारो भन्दा 
फुर्सद छैन भरे आउँछु नाइ गरेर जान्छे । 
साईनो नलाई बोलाउँदा दङग हुन्छु मै पनि 
GF बनाउला सोच्दैथे दाई भनेर जान्छे । 
:-तीन-: 
गर्न गरी मोरिले साईनो सबै भाताभुङ्ग 
एकोहोरिएको दिलो दिमाख सबै लथालिङ् । 
साथी भाईको उक्साइमा FB खोल्या गाठे
धरोधर्म चलाऊदिन मान्छे फसाउने नाथे ।
रचना- कान्छा भाई (योन्जन)
५ डिसेम्बर २०१५

ए रात मेरो निन्द चोरी भयो

गीत-
ए रात मेरो निन्द चोरी भयो खोजी गरी ल्याइदेउन
अधेरीमा छकी रुमलियेको पवन भरी ल्याइदेउन । 
****************************************************
कित मलाई भुली सक्यौ कित अन्तै खुली सक्यौ
माया गर्ने माली पाउदा कित अन्तै फुली सक्यौ । 
ए बादल जलेको यो रात लाई बर्षा बनी रुझाई देउन
चोरी भाको मेरो निन्द खोजी गरी बुझाई देउन । 
*****************************************************
कित अन्तै जिउन सिक्यौ कित मलाई पराइ सोच्यौ 
मायाको जोड घटाऊमा कित मलाई हराइ सक्यौ । 
ए हावा बेगहानी उडेको मन लाई खोजी फर्काइ देउन
चोरी भाको मेरो निद लाई यो आँखामा फिर्ता देउन । 
*****************************************************
ए रात मेरो निन्द चोरी भयो खोजी गरी ल्याइदेउन
अधेरीमा छकी रुमलियेको पवन भरी ल्याइदेउन ।
रचना- कान्छा भाई (योन्जन) 
२८ नोबेम्बर २०१५

कैले तिम्रो गीतमा रुएँ

कैले तिम्रो गीतमा रुएँ 
कैले तिम्रो जित्मा रुएँ 
मुटु एेठन् पारेर मर्दा 
कैले तिम्रो प्रितमा रुएँ । 
***********************
कैले तिम्रो जवाफमा रुएँ
कैले तिम्रो अभाबमा रुएँ 
छोडि जाने धम्की सुन्दा 
कैले तिम्रो रबाफमा रुएँ । 
***********************
कैले आशुको शितमा रुएँ
कैले मायाँलु मितमा रुएँ
मायाँ गर्ने मुटु देखाउदा 
कैले तिम्रो हितमा रुएँ । 
**********************
कैले अँधेरी रातमा रुएँ
कैले झरेको पातमा रुएँ
मृत्‍यु जस्तो कुरा गर्दा 
कैले तिम्रो बातमा रुएँ । 
**********************
कैले तिम्रो साथमा रुएँ
कैले तिम्रो हातमा रुएँ
कालु भनी बोलाँउदा 
कैले तिम्रो यादमा रुएँ । 
*************************
रुएँ कती अझै कती रुनु छ 
बियोगमा परेली अझै कती धुनुछ 
तिम्रो स्पर्स बिनाको कती पल 
रोएरै कती रात म एक्लो हुनुछ । 
******************************
रचना- कान्छा भाई(योन्जन) 
२७ नोबेम्बर २०१५

यथार्थ

 यथार्थ
तिमी सधैं रोइ रहन्छौ 
म, हासी रहन्छु । 
किन कि !
संसारको सुन्दर चिज हरु 
सबै मेरा हौउन भन्छौ । 
जो पाइन्न, 
त्यसै लाई सम्झेर तड्पी रहन्छौ । 
तर म !
वास्तविकता भन्दा परको 
म कहिलेई आशा राख्दिन । 
यथार्थ लाई सधैं सुइकार गर्छु । 
बर्तमानमा जे छ, त्यसैमा खुशी हुन्छु ।
म साना साना खुशी हरु लाई संङालेर 
एकमुस्ट खुशी बनाउछु । 
हो, यही फरक छ तिमी र म मा 
तिमी भोलिको लागि तड्पिन्छौ 
म अहिलेको लागि रमाउछु 
त्यसैले म हमेसा भन्ने गर्छु 
तिमी काश....! भन्न छोड । 
at list खुशी हुन सिक । 
तिमी सुइकार गर !
यथार्थ र कल्पना, एक अर्काको 
प्रतिद्वन्दी हुन । 
तिमी, सधैं रोइ रहन्छौ । 
म, हासी रहन्छु ।
रचना- कान्छा भाई (योन्जन)
२६ नोबेम्बर २०१५

ए ! दुनियाँ !!!

ए ! दुनियाँ !!!
के बिगारेको थिएर तिम्रो 
जो हासो पछी पनि 
रुवाउछौ दुनियाँ 
जे थ्यो मेरो 
त्यो पनि खोसी दिन्छौ दुनियाँ 
टेक्ने एउटा बैशाखी थ्यो 
त्यो पनि भाची दियौ दुनियाँ 
रुन्थे उसै सँग 
हास्थे उसै सँग 
झगडा, घुर्काइ सबै उसै सँग 
त्यो पनि छिन्छौ किन दुनियाँ 
आउने जाने एउटा गोरेटो थियो 
त्यो पनि त तार, बारी दियौ दुनियाँ 
अब केनै बाँकी छ र कसर, 
लिन म सँग ? 
जे, जुन जती बाँकी थ्यो 
त्यो सबै त लिइ सक्यौ दुनियाँ 
जो मरे पछी पनि 
जलाई दिन्छौ दुनियाँ ।
रचना- कान्छा भाई (योन्जन) 
२५ नोवेम्बर २०१५

अलिकती मैले जस्तै

गजल-
अलिकती मैले जस्तै मदहोसी पिये हुन्थ्यो 
मायाँलुको नशा भित्र बेहोसी जिये हुन्थ्यो ।
सक्दिन म अन्त काली मुटु साटी हिंड्न 
फाटे बरु मन्को रहर त्यो तन्ले सिये हुन्थ्यो ।
माना पाथी जोखी हेर कमी भए ताराजु मा 
उन्नान्सय भए मायाँ एक थपी दिए हुन्थ्यो ।
मरुभुमी ठान्दो हौला भिजेको छु पिरती मा 
दिल्को प्यास मेटाउने एक प्याला लिये हुन्थ्यो ।
रचना- कान्छा भाई (योन्जन) 
२५ नोवेम्बेर २०१५

ए ! दिपशिखा !!!

ए ! दिपशिखा !!!
तिमी आफु जलेर 
अरु लाई उज्यालो दिदा 
तिमी त खुशी हुनु पर्ने होइन र ? 
तर !!!
तिमी आफु जल्दा 
तिम्रो शरीर बाट किन ???
यि मैन हरु 
पग्लिएर झर्दैछन ???
मैन बत्तिले बोल्यो,
जस्को दिलमा ठाउँ दियो 
जब ऊ नै बिछोडिएर, 
जान्छ भने ! 
आशु त निस्की हाल्छ नि । 
हो, म ! सोचमग्न भए
साच्चै कोही बिछोडिन्छ त,
पिडा त हुन्छ नै, 
आज कयौ दिन देखिको 
उस्को अघोसित, अनुपास्थितिमा 
म पनि हरेक रात रोइ रहेको छु । 
केवल !
मैन बत्ती अनी म !
कान्छा भाई (योन्जन)

यहाँ सपना हरुमा

मुक्तक-
एक- 
यहाँ सपना हरुमा, डडेलो लागेर 
रहर हरु, उजाड बनेका छन । 
सम्झना का, महल हरु ढलेर 
कल्पना हरु, घाट बनेकाछन ।। 
दुई-
जिउदो शरीर, के देख्यो मृत सरी 
कफन बाँधेर, मुर्दा भनेका छन । 
श्रदान्जली रे, सेल्फी लिदै लाश माथि
फेसबुकमा टास्न, हतारो बनेका छन ।। 
तीन- 
बा, आमा पनी, कती सस्ता
बिज्ञापन, फेशबुक भरी । 
बाचुन्जेल, बृद्धा आश्रम मा
सोदेनौ इच्छा, के छ मन भरी ।।
चार- 
आफु बुढा हुँदा, पस्चातापमा 
जलेर ऐले पिर बढायौ । 
बास होला नहोला बैकुण्ठ मा 
न पाउने पिन्ड चढायौ ।
रचना- कान्छा भाई (योन्जन) 
२२ नोवेम्बर २०१५

खुशी हरु !!!

खुशी हरु !!!
आज आकाश मा 
जुन उदाकै हो कि । 
औशी आउनु अगिको 
पुर्णे हुँदाकै हो कि ।
उज्यालो देख्छु 
मुहार उस्को । 
आशु झर्नु अगिको 
खुशी हुँदाकै हो कि ।
धपक्क बलेको छ 
आज दिप पनि किन । 
निभ्नु अगिको 
चिराग हो कि ।
खुलेर आकाश 
सम्प्तरङ्गी भा छ । 
बर्षात अगिको 
इन्द्रेणी हो कि ।
फक्क्रेर कोपिला 
आज फुल भा छ । 
शिशिर अगी को 
उन्माद हो कि ।
कोरी बाटी सिउदो भरेर 
लजाएर ऐना अगी । 
उघार्न नपाउदै लाजको घुम्टो 
आँशु अगिको खुशी हो कि । 
अनी फेरी !!!
उही त रहेछ जिन्दगी 
अहिले छ, एक्छिन्मा छैन । 
उफ !उफ!! उफ!!
अवाक्क भए म !!!
रचना- कान्छा भाई (योन्जन) 
२० नोवेम्बर २०१५

मेरो प्रेमिल स्पर्स

मेरो प्रेमिल स्पर्स 
तिम्रो प्रसब बेदना 
ब्याकुल छु म ।
लाचार प्रेम्को 
अन्त्यस्टी रात 
सोकाकुल जोडी ।
पिडा मेरो 
आशु तिम्रो 
लछ्राप्प भिजेको छु ।
माघे झरी 
झरेको आशु 
प्रेम्को जडौरी ।
कोइलिको कन्ठ 
रुझेको मन 
न्याउलिको रुलाई ।
खोलाको गीत 
बुढेउली मायाँ 
जङ्घार छुटेछ ।
रचना- कान्छा भाई (योन्जन) 
१८ नोवेम्बर २०१५

साथ दिन्छु भन्दै हुन्थ्यौ

गीत
साथ दिन्छु भन्दै हुन्थ्यौ, दिलको दाँया बाँया 
बाध्यता मा पर्यौ कि त, फिर्ता माग्यौ मायाँ । 
**********************************************
तिर्खाएको बगर मा बर्खे पानी पोखे सरी 
मेटी जाने होइन मायाँ बालुवा मा लेखे सरी । 
आफ्नै भन्थ्यौ हिजो सम्म, एका एक टाढा भयौ 
जान्छु पनि भनेनौ त, खै ! कुन शहर गयौ । 
साथ दिन्छु भन्दै हुन्थ्यौ,..............................!
बाध्यता मा पर्यौ कि त,.................................!
***************************************************
कि त, सम्झ्यौ लिलामी मा, बेची हिँड्ने मेरो मायाँ 
कि त, थियो झुटो संसार, कि त, तिम्रो झुटो मायाँ । 
भेटिन्नौ नी, आज भोली, छाम्दा दिल्को दाँया बाँया 
कि छौ तिमी अभर मा, कि त, पर्‍यो कस्को छायाँ । 
साथ दिन्छु भन्दै हुन्थ्यौ,................................!
बाध्यता मा पर्यौ कि त,..................................!
रचना- कान्छा भाई (योन्जन) 
१७ नोवेम्बर २०१५

Sunday, November 15, 2015

क्याक्टस

कबिता- क्याक्टस
त्यस्तै हो ।
कुनै क्याक्टस
सुन्दर हुन्छन ।
टिप्न खोज्दा सकिदैन
किन कि !
त्यो क्यान्भास भित्र
चित्र बनेर, पोतिएको हुन्छ
जस्को सुन्दरता लाई
हेरेर महसुस मात्र गर्न सकिन्छ ।
कुनै क्याक्टस !
चित्र जस्तो लाग्छन र !
छुन खोज्दा
काडा बनेर घोची दिन्छ ।
फरक यती हो ।
एउटा क्याक्टस
माटोमा फुल्छ
छुना खोज्दा, काडा बिज्छ
अर्को क्याक्टस
सुन्दर हुन्छ
छुन खोज्दा
कलाकारको कुचीले
पेन्टिङ भित्र कैद हुन्छ
जस्लाई हेरेर
महसुस मात्र गर्न सकिन्छ


 कान्छा भाई (योन्जन)
२९ कार्तिक २०७२

बुद्ध भएको छु ।

कबिता- बुद्ध भएको छु । 

म ! त्यो हनुमान होइन
जो एउटी सिताको लागि
पुरा लङ्का जलाउने,
अनी म ! त्यो रावण पनि होइन,
एउटी सिताको लागि
लाखौंको आहुती दिने ।
मैले यस्तै भनेको थिए,
तिमी लाई ।
तर, तिमी !
हिजो तिमी जस्लाई
बुद्ध सम्झिन्थियौ
ऊ नै आज तिम्रो
भिमकाय राबण
महसुस गरे मैले ।
जस्लाई तिमी म सँग,
बुद्ध प्रमाणित गर्न तल्लिन हुन्थ्यौ
उसैलाई म,
हिटलहर देखी रहेको छु ।
त्यसैले आज मैले !
हारेर पनि,
बाजी जितेको छु ।
हिजो म रावण थिए
तर आज बुद्ध भएको छु ।
त्यो महान मान्छे त !


म पो रहेछु ।

रचना- कान्छा भाई (योन्जन)
२९ कार्तिक २०७२
१५ नोवेम्बर २०१५

मैले बुज्न नसकेको

कबिता-

मैले बुज्न नसकेको
जिबनको अध्याय
वा ! तिमीले बुझाउन नसकेको
चराजगत, प्राणी र जिबन
वा, यि सबैको फ्युजन ।
सिर्फ मेरो लागि
अनी, मेरो बुझाई,
तिम्रो मौन स्विकृती
मेरो जिउने जिजिभिशा
तिम्रो प्रेम
मनको आभाश
तिम्रो स्पर्स
तनको सिंचाइ
दुई आँखा को मिलन
आत्मको समभोग
तिम्रो हात
जिबनको उत्सर्ग
अनी फेरी
अतृप्त समागम पछीको
एउटा नयाँ जिबन
संसार, दुनियाँ, समाज
जे भने पनि
जिबनलीलाको
अन्तिम देहसुख पछी
प्राण त्यागको
देहलीला समाप्ती हुँदै गर्दाको
एउटा अध्याय
खै कस्तो तिम्रो प्रेम?
त्याग होकी बलिदान ?
म छट्पटिए !
म कराए, चिच्याए
तर तिमी कहाँ सुन्थेउ र ?
मेरो रोदन, आशु ?
तिमी चिर निदमा
अनन्त जिबनको
उचाइमा उडिरहेको थियौ
जहाँ म ! तिमी लाई
कहिले देखन पाउने छैन
सान्सरिक आकाश भन्दा माथि
आफ्नो उडान भरी सकेको थियौ
तर मेरो लागि यो क्षण
छाती फाटेको समय थियो
मुटु फाटेको समय थियो
फेरी पनि अझै, बिलाउदै थियौ
यो दुनियाँ बाट ।
फुस्स हावामा
खरानीको रङ्ग
फुस्स फुस्स फुस्स
समाप्ती जिबनको
एउटा भाग ।।। 


कान्छा भाई (योन्जन)
२७ कार्तिक २०७२
१४ नोवेम्बर २०१५

आज भोली तिमी

२६ कार्तिक २०७२
१२ November 2015 


आज भोली तिमी
अन्टार्टिका महादेश हरुको
खोजी मा छौकी कसो ?
यो महादेश हरुमा त,
देख्दिन तिमी लाई ?
न भेटेको
र, न देखेको पनि धेरै भो !
कतै अर्को क्रिस्टोफर कोलम्बसको
जन्मको निम्ती
कठोर प्रशब बेदनामा पो छौकी ?
वा आँफै कोलम्बस हुने ध्याउन्नमा ?
कि कतै बुद्धको बाणी हरु पडेर
कुनै वृक्षमुनी ध्यान मग्न भयौ ?
गान्धी, मन्डेला र मदर टेरेसा त,
पक्कै होइन होला ?
कि !? कैलाली र मधेश मा ढुङ्गा हानेर
देश मा आगो लाउन त, ब्यस्त छैनौ कतै ?
यदी यस्तो हो भने
म कहिले माफ गर्ने छैन
तिमी र तिम्रो प्रेम लाई
यदी यो पनि होइन भने
आखिर तिमी छौ त कहाँ ?
ए ! बल्ल बुजे !
आज भोली शायद
तिमी त !
तिहार लागेर भाई टिका मुछ्न
र, सयपत्री उन्न मै ब्यस्त हौली !
यदी यस्तै हो भने !
सबै तिम्रो अनुपास्थिती लाई
मैले हृदय बाटै माफि गरी दिए !
किन कि !
म सँगको सामिप्यता भन्दा
माइती हरु को रक्षा गर्नु
तिम्रो ठुलो कर्तब्य हो ।
तिम्रो केही दिनको
प्रेमको नाकाबन्दिमा
मेरो शिर अझ ठाडो हुनेछ
गर्वले छाती ढक्क फुल्ने छ
स्वाभिमान ले तिमी प्रती
मेरो अझ प्रेम बड्ने छ ।
त्यसैले !
तिम्रो सबै
गयल हाजिर हरु
मैले माफ गरी दिए
तिमी लाई हृदय बाट । 


रचना :- कान्छा भाई (योन्जन)

तिमी बिरानो शहर मा

 कबिता

तिमी बिरानो शहर मा
डेरा सरे पछी
म आफ्नै झुपडिमा
हरेक रात को आगमन सङ्गै
हरेक प्रहर हरु
अनिदोमा बिताइ रहेको छु
आज को रात पनि
तिम्रो अभाबमा
बिताइ दिन
कुन ठुलो कुरा भयो र ?
एक्लो म अनी तिम्रो याद !!!
अधेरी रात पिडादाइ पर्खाइ !!!
चिमोटिएको मन
खोसिएको खुशी
अमिलो नुन चुक ।।।


by Kanchha Bhai

Sunday, November 8, 2015

तिमीलाई !!!

कबिता-तिमीलाई !!!
हो, तिमी जुन शहरमा छौ
म पनि उही शहरमा छु
तिमी जस्तै अत्रिप्त प्यास हरुमा 
तिम्रो अभाबको, कठघारमा उभिएर
मन हरुको कैदी हुँदै
सपनाको महल हरु
नियाल्न ब्यस्त छु ।
**************************************
हो, तिमीले भने जस्तै
फगत याद हरुको
सम्झना हरु
टाल टुल गरी सिलाउन ब्यस्त छु
जहाँ तिम्रो आकृति होस्
जहाँ तिम्रो पर्छाइले
फेरी मलाई काउकुती लावोस
र निसर्त मलाई निम्तो देवोस
आउ राजा !!!
जहाँ हामी छुटेका थ्यौ
त्यही बाट फेरी
अर्को गन्ब्य नापौ
**********************************
हो, तिमीले भने जस्तै मैले पनि
तिम्रो बारेमा चर्चा नसुनेको होइन
होटल, रेस्टुरा हरुमा
सस्तोमा भेटिन्छौ रे !?
हरेक रात को मादक्तामा
अलग अलग मुल्यमा साटिन्छौ रे !?
कहिले नसाको चुर मा हुन्छेउ रे
कहिले बैशको उन्मादमा रहन्छेउ रे
आदी ! आदी !!
उफ...........!!!
मलाई पनि यस्ता हल्ला हरुले
नपोलेको त कहाँ होर
भक्कानिएको मुटुमा शुल हरु सहेर पनि
पिडा हरुको पिरामिड लाई
सम्याउने कोशीस गर्छु ।
****************************************
त्यसैले प्रिय !!!
तिमी पनि ति बन्द परेली हरु
चुप चाप चिम्ली देउ
म पनि चुप चाप निसर्त चिम्ली दिन्छु
अब तिमीले भने जस्तै
रात हरुको आयु गन्नु पर्दैन
शहर हरुमा अफुले आँफैलाई, खोजिनु पर्दैन
सपना हरुको ऋण हरुमा
रहर हरु लाई बन्दकी राख्नु पर्दैन
र कुनै ! मानब देह भित्र
आत्मा हरु बेचेर
ऋण हरु हरुको
गुलामी हुन नपरोस ।
सधैं अभागी भएर ।
हो आउ !साच्चै यो मेरो
निश्वासर्थ अनी निसर्त
स्वघोसित अनुरोध हो तिमी लाई
तिमीलाई... तिमीलाई... तिमीलाई ।।।

रचना- कान्छा भाई (योन्जन)
मिती- ०७/११/२०१५

Dear,

Dear,
शायद तिमीले भुल्यौ होला ?
कुनै दिन तिमीले मलाई
च्यालेन्ज गरेकी थियौ ।
म तिम्रो मन भित्र 
पसेर राज गर्न चाहन्थे
तिमी भन्थ्यौ .
त्यती कम्जोस छैन मेरो मन
जो कोही छिर्न सकोस !
Main Get छ ।
त्यस्पछी Chanel Get छ
त्यस्पछी भोटे ताल्चा लगाको छ ।
त्यो सबै फोर्न
तिमी ले चाहेर पनि सक्दैनौ ।
तर न महिले कोशीस गरे
न तिमी ले नै थाहा पायौ
समयको बेग सङ्गै
सबै ताला र ढोका हरु
आँफै खोली सकिएको रहेछ ।
म भित्र पसे तिमीले थाहै पाएनौ
अब न म बाहिर निस्कन सक्छु
न तिमी आँफै धक्का मारे निकाल्न सक्छौ
जती कोशीस गर्छौ,
उती तिमी लाई मुटुमा ऐठन हुन्छ ।
त्यसैले आज !
न तिमी म बिना जिउन सक्छौ ?
न म तिमी बिना जिउन सक्छु ?
तर समाज लाई कहाँ फ्याक्ने ?
हो त्यसैले आज एउटा फरक छ म मा
त्यो हो !
हिजो तिमी लाई नपाएरै म खुशी थिए
तर आज तिमी लाई पाएर पनि
हरपल दुखी छु ।
तिम्रो आघाध स्नेहले
पल पल मरी रहेको छु ।
बेमौसमी झरी पर्नु र !
म पल पल रुनु एउटै भएको छ
त्यो केवल !
सिर्फ तिम्रो स्नेह र न्यानो प्रेम ले
अनी भन अब
म हिजो खुशी थिए वा तिम्रो प्राप्ती पछी ?
के मायामा मान्छे खुशी हुनु पर्ने होइन र ?
के यही हो त माया ?
जस्ले..........................................???
प्रश्न ...........? अनुत्तरित...............???

रचना:- कान्छा भाई (योन्जन)

तड्पिएर तिम्रो यादमा

गीत
तड्पिएर तिम्रो यादमा सक्दिन म बाँच्न
झस्किएर तिम्रो यादमा सक्दिन म हास्न ।
*******************************************
एक्लै हिड्दा हात समाइ गोरेटोमा भेट्यौ
संगै हिड्दा मायाँ बस्यो सक्दिन म ढाट्न ।
भन्छौ अहिले छोडि जाउ जिउनु सम्झौतामा
मान्छे बिछे अन्त मुटु सक्दिन म बाट्न ।
तड्पिएर तिम्रो यादमा........................!
झस्किएर तिम्रो यादमा......................!
******************************************
तिम्ले जस्तो अर्को बिहान खोज्ने छैन मैले
तिमी बाहेक अन्त खुशी सक्दिन म साट्न ।
तिमी हुँदा पराय को न्यानो अङ्गालोमा
तड्पिएर कालो रात सक्दिन म काट्न ।
तड्पिएर तिम्रो यादमा........................!
झस्किएर तिम्रो यादमा......................!
रचना - कान्छा भाई (योन्जन)

आमा!!!

माँ = आमा!!!
माँ !
आमा ! बाबाले त सानैमा हामीलाई छोडेर टुहुरा बनाएर जानु भो, जुन सन्तानले आफ्नो बाबाको हातको औली हरु समाएर टुकुटुकु हिंड्न सिक्नु पर्थ्यो । भर्खरै ताते गर्न लागेको पाइला हरु लर्खराउदा लागेको चोटमा धुलो टक्टक्याउदै काधमा बुइ चढाउनु पर्थ्यो, बेलुकी भएपछी ओछ्यानमा आफ्नो ढाडमा राखेर हाती घोडा खेलाउनु पर्थ्यो यस्तो महान बाबाको अनुहार त हामीले देख्नै पाएनौ । त्यो सब हाम्रो भाग्यमा त थिएन थिएन तर आज हजुर ले पनि छोडेर जानु भाको बर्सौ भैसकेछ आमा । हामीले राम्ररी अनुहार चिन्न पनि नपाउदै यो संसार बाट बाबाले त छाडेर जानु भो जानु भो ! तर किन आमा हजुरले पनि हामी लाई एकलाई छोडेर जानु भो।? के दश महिना आफ्नो गर्भमा राखेर जन्माई सुटुक्क छोडेर जान के बाध्यता पर्‍यो होला र त्यस्तो हजुर लाई जो म बुज्न सक्दिन । आखिर तिम्रो आफ्नै सन्तान सँग के गुनासो थियो होला र बस पार्कको पेटिमा पाउरोटीको टुक्रा र चिया लिएर आउछु भनेर जानु भएको आज सम्म पनि फर्किएर आउनु भएन । आमा त मामाताकी खानि हुन्छिन भनेको सुन्छु आज भोली ठुलो भएपछी, सन्तानको भोको पेटमा रुएर मुख बाट न्याम न्याम ओकेलेर ख्वाउछिन रे आमा ! तर खोइ त आमा त्यो सब ? कुन त्यो कुरौटे समाजले कुरा काट्योर डाडा काट्नु भो यो भिडभाडाको कोलाहलको शहर छोडेर । आज म हजुर बिनाको जवाफहिन प्रश्न हरु गरी रहेकोछु आमा । कस्ले तपाईंलाई हेप्यो? कस्ले तपाईं लाई राणी देख्यो? कस्ले तपाईं लाई बेस्या देख्यो? कस्ले तपाईंको जवानीमा आँखा लगायो? एक्लो अबला गरीब नारी देखेर कस्ले तपाईं लाई बोक्सी देख्यो ? कि कुन बिलख्बन्दमा पर्यौ र हामीलाई एक्लाई छोडेर बेपत्ता भयौ आमा ?
आमा ! थाहा छ हजुर लाई !? त्यो सानो भाई दुद खान नपाएर रुदा कसरी हेरे होल मैले? भोकले छट्पटिएर बैनी रुदा कसरी खाना खुवाए होला मैले ? आफ्नै पेट भोकले दुख्दा के खाएर टारे हुला मैले? हजुर लाई के यो सब हुँदा पनि हाम्रो याद आएन होला? कयौ पल्ट बसपार्कको होटेल हरुमा खानाको भिख मागे, सबैले लखेट्ने कसैले दया माया नदेखाउने, यहाँ सबै स्वार्थी हुदो रैछ आमा । हुन त उनी हरु लाई पनि कसरी दोस दिउ म स्वार्थी भनेर जहाँ आफ्नै आमाले त कुन बहानामा बसपार्कको पेटिमा छोडेर गयौ अनी नाफाको जिन्दगी जिउने हरु सँग के गुनासो पोखौ र म । जुन दिन हजुरले छोडेर जानु भो त्यस दिन देखी कयौ रात आधा पेटमा बाच्यौ हामी । गर्मी मा त तै बरु ठिकै थियो लुगाको आवसेक्ता पर्दैन थ्यो । तर मच्छड र झरी पर्दा खुब सताउथ्यो । अनी फेरी जाडो को महिना आउथ्यो त पुष माघको सित, तुसारो अनी चिसो बतासले चिमोट्थ्यो । भाई र बैनी रात भर रुन्थे । कहिले काही फ्याकिएका पत्रीका र प्लास्टिक हरु भेला पारेर जलाउथे, तर त्यही जलाउन पनि कहिले काही सल्काउने आगोको झिल्का हुन्नथ्यो। कहिले काही त्यो चिसोले काठयाङ्रिएको रात घर मालिक्निले माथि बाट सब्जी धुएको पानी र उस्को नानी हरुको सु सु गरेको बाल्टिले फ्याकी दिन्थ्यो। हामी झन जाडो र चिसो पानी अनी पिसाब हरुले झन काठयाङ्रिन्थ्यौ । टाढा बाट कोही मैलो लुगा लाएको छोरीमान्छे आको देख्दा आमा आउनु भएछ भनेर धेरै पल्ट झुक्कियौ । उफ.....!!!
हो आमा !आज फेरी धेरै दिन पछी म थाकेको छु । मलाई फेरी तपाईंको मामाताको त्यो आचालको, त्यो साडिको सप्कोको छेउ खुब याद आएको छ । आज फेरी धेरै दिन पछी निक्कै भकानिएर रुदैछु। भाई पन्द्र बर्षको भयो मैले ठेला कुदाएर, गिटी कुटेर, होटेल हरुमा भाडा मोलेर मैले आधा पेट खाएर पनि पढाएको छु । यस्पाली S.L.C. पहिलो श्रेणिमा पास गरेछ । अब कलेज पढ्ने रे तर म त्यत्रो पैसा कहाँ बाट ल्याउ ? बैनिले पनि यसपाली जोड दुई सकेर स्कुल पढाउदै पड्दैछे उ पनि । मैले बिहे गरे, हजुरको एउटी सानी नातिनी जन्मिएकी छे, हजुरको बुहारी ले । उस्ले दिएको त्यो अंुल्य उपहार हजुर लाई बाबा लाई अनी मेरो लागि त्यो सन्सारको सबै भन्दा ठुलो खुशी भएकोछ । यदी साच्चै आज तपाईं हामी सँग भएको भए खुसिले भुइमा खुट्टा हुन्थेन होला तपाइको । हिजो जस्को कारनले जे कारण ले यो समाज त्यागेको भएपनी आज त्यही समाजलाइ छाती फुलाएर गर्वले घमन्ड देखाउनु हुन्थ्यो होला । तर यस्पाली को दसैंमा बुहारी ले सुनको सिक्री मागेकी थिन लाई दिन सकिन, हिजो बेलुकी बैनिले S.L.C. पास गरे भने स्कुटी किन्दिन्छु भनेको होइन भन्दै झगडा गरी, भाईले पनि त्यही मौका छोपेर स्पोर्टस घडी र थाइल्यानी जिन्सको पेन्ट नकिन्दिए पड्दिन म भन्दै भुन भुनिदै बाहिर निस्केको रातको बार्ह बजे तिर मात्र घर फर्कियो । म उ नआउन्जेल खाना नखाइ पर्खि रहे। त्यसैले आज आमा हजुरको आज फेरी खुब याद आएकोछ, यदी तपाईं मेरो सामु हुदो हो त हजुरको साडिको पल्लामा मुख छोपेर खुब डाको छोडेर रुन मन लागेको छ । आखिर सानै देखी दु:ख कस्ट र हन्डर खाने बानी परेर कठोर भएपनी म पनि त मान्छे नै हुँ । मलाई पनि त खुशी हासो माया सबै चाहिन्छ नि । मलाई आवसेक पर्दा चाँही कस्ले त्यो सब पुर गर्छ र ? उुउफ्फ।।।!!!
आमा ! म सानोमा हजुर लाई बाबा खोइ भन्दै खुब सताउथे । खाना खुवाउनको लागि आकाशमा लागेको जुन लाई देखाउदै बाबा उ त्यो माथि हुनुहुन्छ, मेरो छानु राजाको लागि धेरै नाना मिठाइ ल्याउनु हुन्छ भन्दै भक्कानिदै मलाई खुवाउन कसरत गर्नु हुन्थ्यो । तर म बाल सुलभ कहाँ मान्ने थिएर । तपाईं अवाक्क हुनुह्न्थ्यो र साडिको सप्कोले मुख छोपेर रुदा अनी म बल्ल खाना खान्थे। हो आमा ! आज धेरै दिन पछी त्यो पलको याद आको छ मलाई । आज निक्कै थाकेको छु । यदी तपाईं भएको भए आज पनि थकाई लाग्यो भनेर सोद्नु हुन्थ्यो होल, खाना नखादा कर गर्नु हुन्थ्यो होला सन्चो नहुँदा पानीमा फिट्किरी घोलेर पिलाउनु हुन्थ्यो होल। के भो तलाई भन त मलाई भन्नु हुन्थ्यो होला ।
आमा ! तपाईं जहाँ हुनुहुन्छ जस्तो अबस्तामा हुनुहुन्छ कृपा गरेर बाबु थाकिस भन्दै अाइदिनुहोस्न । म हजुरकै प्रतिक्षामा बसी रहेकोछु । अँ ! एउटा कुरा त हजुरलाई भन्नै बिर्सेंछु । म कहाँ छु यती खेर! र तपाईं लाई सम्झेर कुन ठाउमा बसेर रुदैछु थाहा छ ? हो हजुर लाई थाहा भैसक्यो । हजुर जहाँ बाबाको याद आउँदा नदी किनरको छेउमा आएर रातको चन्द्रमा लाई हेर्दै बाबा सँग कुरा गर्नु हुन्थ्यो ठीक त्यसै ठाउमा रातको चन्द्रमा संगै बाबा लाई साक्षी राखेर हजुर लाई याद गरी रहेको छु । हजुर को आउने बाटो पर्खि रहेको छु । तपाईं यो नसोच्नुहोस् कि मलाई मेरा सन्तान हरुले दुत्कार्ला ग्रिणा गर्ला तर अँह कदापी होइन । सन्तानको लाखौं गल्ती आफ्नो बाबा आमाले माफ गर्न सक्छन भने हजुर को एउटा गल्ती लाई माफ गर्न नसकौला र ? आखिर कोख त हजुर कै त होनी। सन्तान हजुर कै त होनी। हामी मा आखिर हजुरकै त हक छ नि । यदी हजुरको हक नहुने हो भने अरु यहाँ कस्को हक हुन्छ र ? जुन बेला टुहुरा र अनाथ हुँदा जस्ले कुनै एक टुक्रा रोटी त दिन सकेन । त्यसैले आज पनि हजुर को छोरा म पर्खि रहेको छु आमा । मलाई विश्वाश छ, एकदिन बाबु त सञ्चै छस भन्दै मेरो कपाल र गाला सुम्सुम्याउन आउनु हुनेछ । म पर्खि रहनेछु त्यो सुनौलो बिहानिको किरण लाई सधैं पर्खि रहने छु । सधैं ! सधैं !! सधैं !!!
हजुरको प्यारो छोरो ।

नट:- जब मैले यो तस्बिर देखे अनी तस्बिर सङ्गै निक्कै पर सम्म पुगेछु म। फर्कनै सकिन । अचानक यो रचना मेरो मस्तिकमा आयो आत्मकथाको रुपमा यहाँ हरुलाई पस्कने सुबर्ण मौका मिल्यो यो तस्बिर ले । हो समाजमा कहिले काही यस्तो घटना पनि घट्छ तर मैले आमा हरु निर्दयी हुन्छन भन्न खोजेको होइन । आमा हरु त संसारकी उत्कृष्ट देवता हुन्छिन । तर हाम्रै समाजले देबी जस्तो एकल आमा हरुलाई बाँच्न गार्हो पारीन्छ र साना साना बालबालिकाको हरुको भबिस्य अन्धकारम हुन जान्छन । त्यसैले हरेक एकल महिला हरुले आफ्नो लाला बाला हरु सँग जस्तो जे छ आफ्नो घरको सुख दु:ख इज्जत सँग जिउन पाउनु पर्छ, न कि समाजको गिद्दे नजरले होइन ।।।

परिकल्पनाकार:- कान्छा भाई (योन्जन)

Hey Dear !!!

Hey Dear !!!
थाहा छ तिमी लाई ?
जब निन्द्रा नपरेर हिजो राती
झ्याल्को खिट्की खोले
तब देखे एउटा अर्ध चन्द्रमा 
र अझ अरु पर्दा हटाए
चन्द्रमाको मधुर मलिन सितल
मेरो बेडको शिरानी सम्म पोखियो
म झस्के उस्को रुप देखेर ।
लाग्यो, लजाएर आधा अनुहार छुपाकी छे,
बिल्कुलाई तिमी जस्तै !
उही सुन्दरता !
उही कोमलता !
उही मुस्कान !
उही माधुर्यता !
उही लज्जा !
सबै उस्तै दुरुस्तै
र तिम्रो अनुभुतिको स्पर्समा
महसुस गर्न खोजे
जती छुन खोजे उती टाढा भाग्यो उ !
बिल्कुलाई दुरुस्तै तिमी जस्तै टाढा ।
उफ......!!!
म अवाक्क भए ।।।
कान्छा भाई

तिम्रो बाध्यतामा मैले रुनु पर्ने

तिम्रो बाध्यतामा मैले रुनु पर्ने 
हरेक रात शिरानी आशुले धुनु पर्ने । 
सहेर सबै पिडा चुलेसिको 
अचानो मैले हुनु पर्ने । 
नछुट्ने त भन्थ्यौ तिमी 
हर रात मैले कुर्नु पर्ने ।
उडेर गयौ तिमी त ए बादल
साउनको झरी बनी मैले झर्नु पर्ने ।
सपना दुबैको उस्तै तर !
सम्झौता मैले गर्नु पर्ने ।
पुग्नु छ पारी साँझ मा
जङ्घार मैले तर्नु पर्ने ।
चर्केको मुटु दुबै को उस्तै
बसेको खाटो मैले पुर्नु पर्ने
भन ए ! निस्ठुरी !!
.
.
मैले अझै कती दिन कुर्नु पर्ने !!!???


Waiting is sign of true love and
patience. Anyone can say
I Love You.
But not everyone can wait and prove
it's true.


कान्छा भाई

तिमी पिडामा हुँदा

रचना २८-१०-२०१५
गजल
तिमी पिडामा हुँदा म कैले हासेको छु र ?
तड्पेर तिम्रो बेहोसिमा म कैले बाचेको छु र ?।

तिमी जस्तै आशु झारी म पनि त रुएको छु नि
दुखेको तिम्रो मुटुमा म कैले नाचेको छु र ?।

तिम्रो लागि बाध्यता होला मेरो सम्झौता
प्रितको टेक्ने लौरी म कैले भाचेको छु र ?।

तिम्ले भने जस्तै सजिलै आशुको दुनियाँमा
प्रेमको दोकान थापेर म कैले बेचेको छु र ?

चर्किएको घाउमा आशु झरेको देख्यौ होला
तिम्लाई भुलाएर म कैले साटिएको छु र ?

कान्छा भाई

ए...! बादल !!!


खोजी थ्यो मेरो तर भौतारी रहेको थियो उ
मुटु थ्यो मेरो तर धड्कि रहेको थियो उ ।
प्यारको सम्बन्ध पनि अचम्मको हुदो रहेछ
आँशु मेरो थियो तर सुक सुकै रहेको थियो उ ।।
!
!!
!!!
!!!!
ए...! बादल !!!
तिम्रो रुप पनि अचम्मको छौ
मेरो प्यार जस्तै ।
कहिले मन भरुन्जेल रुझाउछौ
कहिले थोपा थोपा मा तड्पाउछौ ।।।

कान्छा भाई

My Heart....!!!

My Heart....!!!
सुन तिमी !!!
यदी म रिसाए भने पनि
तिमी नरिसाउ !
किन कि मलाई फकाउन आउँदैन ।
छोडेर टाढा कतै नजाउ
मलाई बोलाउन आउँदैन !
यदी तिमी मलाई
साचिकै भुल्छौ भने पनि भुल
त्यो तिम्रो खुशी हो ।
तर म के गरु !?
मलाई त भुलाउन पनि आउँदैन ।।

कान्छा भाई

Sunday, October 18, 2015

आयतित खुशी हरु लिएर ।


कबिता- आयतित खुशी हरु लिएर । 
रचना- २०७२ कार्तिक ०१ आइतवार


बर्सौ देखिको 
दरिद्र मेरो मस्तिकमा 
च्यातिएर झुना झुना परेका 
मन हरु टाल्न 
फाटेको च्यातेको 
अनी दुखेको मन सिलाउन । 
फेरी जिउन सिकाउन 
उ आएकी छे । 
आयतित खुशी हरु लिएर । 
********************
मेरो जिबनको अनगिन्ती अधेरी हरु चिर्दै
मौनतामा सेलाएको म 
अनी म भित्रको मान्छे 
बिउझाउदै आएकी छे उ 
जिबन चलाऊने बहानामा 
कयौ पल्ट आफ्नै खुशी हरु बाट 
नाकाबन्दी मा परेको म !
न आफ्नै सँग हित लाउन सके 
न आफ्नै मर्जिमा कतै मित लाउन सके 
केवल गुम्सी रहे 
सारा जिबनको खुशी हरु बन्दक राखेर 
जिबन हरु लीलाम गरी रहे 
सामाजिक बजारको सस्तो भाउ हरुमा ।
**************************
तर खै !? 
आज उ आएकी छे 
भन्छे तिमी पनि लेउ 
अनी मलाई पनि देउ 
जसरी तिमी बर्सौ देखी तड्पिएको थियौ 
हो, उसैगरी म पनि तड्पिएको छु 
तिम्रो आसय र मेरो चाहना 
आज हाम्रो लागि जिउने बहाना भएको छ । 
यौबनमा सिउरिन नपाएको फुल हरु 
आज यो चुल्ठोमा सजाउन 
तिमीले हक पाएको छौ । 
भन्छिन उनी यस्तै! यस्तै!!
आयतित खुशी हरु लिएर । 
**************************
यौबनका अनेकौ हिस्सा हरु 
बैशालु मदहोस् भएर 
तिम्रो औलाहरुको प्रतिक्षा हरुमा 
तिम्रो उपस्थितिको स्वागत गर्दै 
तिमी आउने गोरेटो हरु कुर्दै 
मौन आकाशको धर्ती म बनेर 
केवल नयन हरु बिछ्याएर 
टोलाई रहेको छु    
रोमान्चित मन हरु लिएर
हरेक अङ्ग अङ्ग हरुमा 
छिचरो स्पर्स को महसुस गर्दै  
तप तप पग्ली रहेको छु 
मैन दिपको शिखा हरु जस्तै 
हो, यस्तै के के भन्छिन उनी 
र आज फेरी !
सपना हरु बुन्न थालेको छु 
तुसारो हरुले खुइलिएको 
उराठ लाग्दा नागी डाँडा झै म 
हरियो मुना हरुको, पाउलो पलाउन थालेको छु । 
किन कि ! 
जिबनको लामो उत्तार्धमा 
उ, फेरी आएकी छे 
आयतित खुशी हरु लिएर ।  
****************************

लेखक :-  कान्छा भाई (अर्पण) 



   

Sunday, September 27, 2015

नदेखेको मान्छे तिमी...............!


गीत -रचना /२५/२०१५

नदेखेको मान्छे तिमी मुटु किन छुन्छ

जिन्दगीको गोरेटोमा खै कहाँ भेट हुन्छ

जिउनु पर्ने एक्ला एक्लै समाजकै रिती

फाट्ने होला गन्दा गन्दै क्यालेन्डरको मिती ।।

*****************************

सम्झनाको करौतिले घरि घरि रेट्छ

ऐठन पारी छाती भित्र मुटु आँफै घोच्छ

बिर्सौ भन्दा परेलीलाइ आशु झरी धुन्छ

भुलेको साँझ पनि सम्झी मन रुन्छ ।।

नदेखेको मान्छे तिमी...............!

जिन्दगीको गोरेटोमा...............!!

*****************************

तिम्ले पनि लायौ होला सपनाको खेती

मैले पनि लाएँ हुँला तिमीले देखे जती

झुटो आशा नचढाउनु देउरालीमा भेटी 

आफ्नै मुटु सिउनु पर्छ चुलेसिले रेटी ।।

नदेखेको मान्छे तिमी.............!

जिन्दगीको गोरेटोमा...............

जिउनु पर्ने एक्ला एक्लै............!

फाट्ने होला गन्दा गन्दै...........।।

अर्पण योन्जन (कान्छा)

 

 

 

शिर्सक - सङ्कल्प ।


कविता

भाद्र २०७२ तदनुसार १९ अगस्ट २०१५

शिर्सक - सङ्कल्प

 

आसातायी हाम्रो, गरीब आत्मा हरु

आँध्यारोमा बिद्रोह गर्छौं

उज्यालोमा लाल्टिन बाल्छौं

सुर्यको तेजिलो रापमा 

आगोको पुल्ठा बालेर

राँके जुलुस निकाल्छौं

अनी फेरी, थाहैनपाई सुटुक्क

चार दिवाल भित्र बेचिन्छौं

! पर्दा पछाडि रंङमन्च गर्छौं

***************************

अोहो ! हामी कस्तो कलाकार ?

दर्शकको मुल्य थाहा ?

आफ्नै कथा आँफैलाई थाहाछ ?

कथाले मागेको, आफ्नै भूमिका थाहाछ?

थाहाछ केवल !

मलाई मेरो उपहास गरिबी

मलाई मेरो उत्पिडन

मलाई मेरो छुवाछुत

अनी ! थाहाछ केवल!

मेरो भोको पेटको पिडा

, तुसारोले खाएको नाँङ्गो शरीर  

बिना सम्पादित कथामा

! रङ्गमन्चको पर्दा पछाडि

पसिनाले नुनको त्रिस्णा मेट्दै

खुनको आँशु बगाइ रहेको छु

हरेक बस्ती हरुको झुपडिमा

स्व-घोसित बिद्रोही कलाकार भएर

****************************

त्यो, बानेश्वरको ठुलो घरमा

चारै तिर पहरा दिइ, दिइ,

यहाँ हरेक दिन नयाँ नयाँ, कथा लेखिन्छ

पटकथा लेख्ने हरु ब्यस्त हुन्छन

अनी मध्यरातमा एउटा,

अध्याय सकिन्छ कथाको

मलाई मन्चन हुन फेरी निर्देशन हुन्छ

निरिह बन्दै, फेरी अभिनय गर्छु

पर्दा पछाडिको रँङ्गमन्चमा

*****************************

यि कथाकार हरु पनि साह्रै सिपालु

निर्देशक हरु पनि सिपालु

छानी छानी कथा लेख्छन

कहिले भुकम्पको, कहिले बाडी पैरोको

कहिले शान्ती सम्भिधानको

कहिले भोकाएको मेरै खाली पेटको

फेरी अर्को द्रिश्य तयार

अनी पुग्छन च्यारिटी-शो गर्न

छिमेकिको आँगनमा

! फेरी बेचिन्छु , आफ्नै कथामा

*****************************

तर अब प्रतिबाद गर्छु

अब अभिनय हरु गर्न छाड्ने छु

आँफै माथिको अलिखित कथा हरुमा

यि नालायक निर्देशक हरुको ईशारामा

किन अभिनय गर्ने ?

, डलर हरुको ब्यापार बढाइ दिने?

अब सङ्कल्प गर्छु

बानेश्वर सिंहदरबार भित्रको

बनावटी कथा हरुमा,

कहिलै अभिनय गर्ने छैन

अब आफ्नै कथा ब्यथा लेख्छु

आफ्नै पिडा उत्पिडन हरु लेख्छु

अब पर्दा पछाडि होइन,

समाजको रङमन्चमा मन्चन गर्छु

*****************************

अब !

अँध्यारोमा बिद्रोह होइन

उज्यालोमा लाल्टिन बाल्ने होइन

सुर्यको उज्यालोमा राँको सल्काउदिन

नुनको त्रिस्णामा पसिन पिउदिन

गुम्सिएर खुनको आशु पिउदिन

किन कि !

बिद्रोह सडकमा गर्नु पर्छ

लाल्टिन आँखा देखाउन बाल्नु पर्छ

राँको अँध्यारो चिर्न बाल्नु पर्छ

किनकी ! मलाई अभिनय गर्न

सभा हल हरु चाहिन्न

ठुला तारे होटल हरु चाहिन्न

कुनै गुरुकुलको थिएटर हरु चाहिन्न

कुनै रनंगशालाको खेलमैदान

***************************

अब, आफ्नै गरिबीको रङमन्चमा

झुपडी बस्ती हरुमा

शहर ब्यस्त सडक हरुमा

मलाई गिज्याइ रहेको

मेरो आफ्नै अभाब हरुको

अभिनय गर्छु,

जहाँ संसारका,

गरीब मजदुर हरुले हेर्न पाउन

जहाँ पूँजीवादका ठेकेदार हरुले

जिब्रो टोकेर घुडा टेकुन

जहाँ फलाम का इस्पात हरु

आगो बनेर पग्लिउन सखाप हौन

यो मेरो ध्रिढ सङ्कल्प !

सङ्कल्प ! सङ्कल्प !! सङ्कल्प !!!

 

अर्पण योन्जन

तरहरा- हालको इटहरी-२४  

नट: टोइलेट गएको कविता निस्क्यो लेख्ने कागज भेटिन टिस्यु पेपरमा

लेखेर ल्याये पोस्ट गरी दिए कस्तो कुन्नी मुल्यङ्कन सुझाब

तपाईं हरुको