कविता
२ भाद्र २०७२ तदनुसार
१९ अगस्ट २०१५
शिर्सक - सङ्कल्प ।
आसातायी हाम्रो, गरीब आत्मा
हरु
आँध्यारोमा
बिद्रोह गर्छौं
उज्यालोमा लाल्टिन बाल्छौं
सुर्यको तेजिलो रापमा
आगोको पुल्ठा बालेर
राँके जुलुस निकाल्छौं
अनी फेरी, थाहैनपाई सुटुक्क
चार दिवाल भित्र बेचिन्छौं
र ! पर्दा पछाडि रंङमन्च
गर्छौं ।
***************************
अोहो ! हामी कस्तो
कलाकार ?
न दर्शकको मुल्य थाहा
छ ?
न आफ्नै कथा आँफैलाई
थाहाछ ?
न कथाले मागेको, आफ्नै
भूमिका थाहाछ?
थाहाछ त केवल
!
मलाई मेरो उपहास
गरिबी
मलाई मेरो उत्पिडन
मलाई मेरो छुवाछुत
अनी ! थाहाछ त केवल!
मेरो भोको पेटको
पिडा
र, तुसारोले खाएको नाँङ्गो
शरीर
बिना सम्पादित कथामा
म ! रङ्गमन्चको पर्दा पछाडि
पसिनाले नुनको त्रिस्णा मेट्दै
खुनको आँशु बगाइ
रहेको छु
हरेक बस्ती हरुको झुपडिमा
स्व-घोसित बिद्रोही कलाकार
भएर ।
****************************
उ त्यो, बानेश्वरको ठुलो
घरमा
चारै तिर पहरा
दिइ, दिइ,
यहाँ हरेक दिन
नयाँ नयाँ, कथा
लेखिन्छ
पटकथा लेख्ने हरु ब्यस्त
हुन्छन
अनी मध्यरातमा एउटा,
अध्याय सकिन्छ कथाको
मलाई मन्चन हुन फेरी
निर्देशन हुन्छ
म निरिह बन्दै, फेरी
अभिनय गर्छु
पर्दा पछाडिको रँङ्गमन्चमा ।
*****************************
यि कथाकार हरु पनि
साह्रै सिपालु
निर्देशक हरु पनि
सिपालु
छानी छानी कथा
लेख्छन
कहिले भुकम्पको, कहिले बाडी
पैरोको
कहिले शान्ती र सम्भिधानको
कहिले भोकाएको मेरै खाली
पेटको
फेरी अर्को द्रिश्य तयार
अनी पुग्छन च्यारिटी-शो
गर्न
छिमेकिको आँगनमा
र ! फेरी बेचिन्छु
म, आफ्नै कथामा
।
*****************************
तर म अब
प्रतिबाद गर्छु
अब म अभिनय
हरु गर्न छाड्ने
छु
आँफै माथिको अलिखित कथा
हरुमा
यि नालायक निर्देशक हरुको
ईशारामा
किन अभिनय गर्ने ?
र, डलर हरुको
ब्यापार बढाइ दिने?
अब म सङ्कल्प
गर्छु
बानेश्वर र सिंहदरबार
भित्रको
बनावटी कथा हरुमा,
कहिलै अभिनय गर्ने छैन
अब आफ्नै कथा ब्यथा
लेख्छु
आफ्नै पिडा र
उत्पिडन हरु लेख्छु
अब पर्दा पछाडि होइन,
समाजको रङमन्चमा मन्चन गर्छु
।
*****************************
अब म !
अँध्यारोमा
बिद्रोह होइन
उज्यालोमा लाल्टिन बाल्ने होइन
सुर्यको उज्यालोमा राँको सल्काउदिन
नुनको त्रिस्णामा पसिन पिउदिन
गुम्सिएर खुनको आशु पिउदिन
किन कि !
बिद्रोह त सडकमा
गर्नु पर्छ
लाल्टिन त आँखा
देखाउन बाल्नु पर्छ
राँको त अँध्यारो
चिर्न बाल्नु पर्छ
किनकी ! मलाई अभिनय
गर्न
सभा हल हरु
चाहिन्न
ठुला तारे होटल
हरु चाहिन्न
कुनै गुरुकुलको थिएटर हरु
चाहिन्न
न त कुनै
रनंगशालाको खेलमैदान ।
***************************
म अब, आफ्नै
गरिबीको रङमन्चमा
झुपडी र बस्ती
हरुमा
शहर र ब्यस्त
सडक हरुमा
मलाई गिज्याइ रहेको
मेरो आफ्नै अभाब हरुको
अभिनय गर्छु,
जहाँ संसारका,
गरीब मजदुर हरुले हेर्न
पाउन
जहाँ पूँजीवादका ठेकेदार हरुले
जिब्रो टोकेर घुडा टेकुन
जहाँ फलाम का
इस्पात हरु
आगो बनेर पग्लिउन
र सखाप हौन
यो मेरो ध्रिढ
सङ्कल्प !
सङ्कल्प ! सङ्कल्प !! सङ्कल्प !!!
अर्पण योन्जन
तरहरा-२ हालको
इटहरी-२४
नट: टोइलेट गएको कविता
निस्क्यो लेख्ने कागज भेटिन
टिस्यु पेपरमा
लेखेर ल्याये र पोस्ट
गरी दिए कस्तो
छ कुन्नी मुल्यङ्कन
र सुझाब
तपाईं हरुको ।
No comments:
Post a Comment