कविता
रचना ३२ स्रावण
२०७२ तदनुसार १७
अगस्ट २०१५
ए ! नेपाली हो!!!
ए ! नेपाली हो !!!
तिम्रो आयतित बाद हरुले
तिम्रो अहम्ता र घमन्ड
हरुले
धर्म रुपी तिरस्कारको
अफिम हरु रोपेर
कसैलाई निर्लज्ज
द्रौपदी चिरहरण नगर ।
किन कि ! तिमी
नेपाली हौ ।
र ! आफ्नैको दूखाइमा
तिमीलाई पनि दु:खनु पर्छ
।
*************************
बर्सौ देखी मैले
तिमी लाई नियाली
रहेको छु
चिसो सगरमाथा भएर
तर ! तिम्रो छाती किन
चर्कदैन ?
अहँ ! पटक्कै दु:खदैन
तिमी लाई
त्यसैले त !
टनकपुर र महाकाली
दुखेन तिमी लाई
सुस्ता र लिपुलेख
दुखेन तिमीलाई
पटक पटक चिरहरण
हुँदा
आफ्नै आमाको
मेची र महाकाली
भएर दुखेन तिमीलाई
तिम्रो मन त
हिउ भन्दा पनि
चिसो
तिम्रो चेतना त पहाड
भन्दा पनि कठोर
बरु यहाँ हिउ
पग्लन्छ र नदी
बन्छ
पहाड फुटेर समतल जमिन
बन्छ
तर ! खोइ तिमी
लाई
आफ्नो स्वधिन्ता दुखेको ?
ए ! नेपाली हो
एकचोटी स्वाभिमानी आँखाले त
हेर !
तिमी लाई हरेक
पल्ट दुख्ने छ
र !
हजार पल्ट पिडाले
छट्पटिने छौ
किन कि!
तिमी नेपाली हौ ।
****************************
तर आजभोलि पराइले
आफ्नो छातीमा
पराधिन्ताको
बुट बजार्दा होइन
बरु आफ्नै भाईको अधिकारमा
पराधिन्ता देख्यौ
आफ्नैको रगतमा डुबेर
मृत्यु भित्र
स्वधिन्ता देख्यौ
र त !
हिन्दूलाई बुद्ध दुख्न थाल्यो
बुद्ध लाई हिन्दू
दुख्न थाल्यो
ईस्लाम, इसाइ, र ख्रिस्ट
हरु लाई
हिन्दू, बुद्ध हरु दुख्न
थाल्यो
अनी !हिन्दू बुद्ध हरु
लाई
ईस्लाम, इसाइ, र ख्रिस्ट
हरु दुख्न थाल्यो
मत भन्छु !
ए! धर्मका अफिम हरु
हो !
धर्म त्यो हो,
जो तिमी कर्म
गर्छौ
धर्म त्यो हो
जो तिमी सद्भाब
गर्छौ
धर्म त्यो हो
जो तिमी सेवा
गर्छौ
तर यहाँ त
आजभोलि
धर्ममा कर्म होइन
धर्ममा ब्यापार चल्यो
धर्ममा मागिखाने बाटो चल्यो
आपसमा धर्मका अफिम हरु
रोपेर
कुर्सी चलाऊने बाटो चल्यो
त्यसैले ए ! नेपाली
हरु हो
कसैको निजी स्वार्थमा
होइन
तिमी लाई यहाँ
भाईको र दाइको
मृत्यु दुख्नु
पर्छ
आफ्नै छातीमा
सकुनी मामाहरुको
पासा बल्झिदा
रक्तबिज कौडा हरुले
दुख्नु पर्छ
किन कि !
तिमी नेपाली हौ ।
***************************
जसरी प्राकृतिक बिपत्ती अाइपर्दा
भुकम्पले तिम्रो छाती चिरेर
गनी गनी मनुस्यको
चोला लिदा
बाडी पैरो ले
हेर्दा हेर्दैको
आफन्त र घरबार
बगाउदा
धर्म नभनी !
जात जाती नभनी
क्षेत्र बर्ग र
लिङ नभनी
सधैं ब्रान्डेड खोज्नेहरु होस्
या !!! छाप्रो बस्ती हरुको
होस्
अनेक्ता भित्र एकता गासेर
एक आपसमा मलम पट्टी
लगाए जस्तै
आउ फेरी एकताको
माला गासौ
प्रेमको सुत्रमा गासिएर
फेरी एकपल्ट स्वतन्त्र हासो
हासौ
किन कि तिमी
लाई थाहा छ
यहाँँ !
मैन दिपका शिखा हरु
जलाएर
पग्लिएका लेप हरुले
दुखी रहेको घाऊ हरुको
मलम हुँदैन
रक्तपात हरुले लेखिएको
भात्रित्वको
कलम हुँदैन
किनकी रगत हरुमा
बिनासको बिउ रोपिन्छ
बदलाको बिउ रोपिन्छ
अनी यहाँ, निमिट्यान्न हुन्छ
तिम्रो प्रेम, तिम्रो, स्वधिन्ता,
र ! तिम्रो स्वाभिमानी नेपाल
र नेपाली ।
त्यसैले ए ! नेपाली
हो !!
हरेकमा आफुलाई हरेक दुख्नु
पर्छ
नेपाली नेपाल भएर दुख्नु
पर्छ
किन कि !
तिमी स्वाभिमानी नेपाली हौ
र, तिमीलाई हरेक हरेक
पल्ट दुख्नु पर्छ
किनकी !
नेपाल र नेपाली
भएर ।
अर्पण योन्जन
तरहर-२ हालको
को इटहरी २४
No comments:
Post a Comment