गीत -रचना ९/२५/२०१५
नदेखेको मान्छे तिमी मुटु
किन छुन्छ
जिन्दगीको गोरेटोमा खै कहाँ
भेट हुन्छ ।
जिउनु पर्ने एक्ला एक्लै
समाजकै रिती
फाट्ने होला गन्दा
गन्दै क्यालेन्डरको मिती
।।
*****************************
सम्झनाको करौतिले घरि घरि
रेट्छ
ऐठन पारी छाती
भित्र मुटु आँफै
घोच्छ ।
बिर्सौ भन्दा परेलीलाइ आशु
झरी धुन्छ
भुलेको साँझ पनि
सम्झी मन रुन्छ
।।
नदेखेको मान्छे तिमी...............!
जिन्दगीको गोरेटोमा...............!!
*****************************
तिम्ले पनि लायौ
होला सपनाको खेती
मैले पनि लाएँ
हुँला तिमीले देखे
जती ।
झुटो आशा नचढाउनु
देउरालीमा भेटी
आफ्नै मुटु सिउनु
पर्छ चुलेसिले रेटी
।।
नदेखेको मान्छे तिमी.............!
जिन्दगीको गोरेटोमा...............।
जिउनु पर्ने एक्ला एक्लै............!
फाट्ने होला गन्दा
गन्दै...........।।
अर्पण योन्जन (कान्छा)
No comments:
Post a Comment