कबिता- आयतित खुशी हरु लिएर ।
रचना- २०७२ कार्तिक ०१ आइतवार
बर्सौ देखिको
दरिद्र मेरो मस्तिकमा
च्यातिएर झुना झुना परेका
मन हरु टाल्न
फाटेको च्यातेको
अनी दुखेको मन सिलाउन ।
फेरी जिउन सिकाउन
उ आएकी छे ।
आयतित खुशी हरु लिएर ।
********************
मेरो जिबनको अनगिन्ती अधेरी हरु चिर्दै
मौनतामा सेलाएको म
अनी म भित्रको मान्छे
बिउझाउदै आएकी छे उ
जिबन चलाऊने बहानामा
कयौ पल्ट आफ्नै खुशी हरु बाट
नाकाबन्दी मा परेको म !
न आफ्नै सँग हित लाउन सके
न आफ्नै मर्जिमा कतै मित लाउन सके
केवल गुम्सी रहे
सारा जिबनको खुशी हरु बन्दक राखेर
जिबन हरु लीलाम गरी रहे
सामाजिक बजारको सस्तो भाउ हरुमा ।
**************************
तर खै !?
आज उ आएकी छे
भन्छे तिमी पनि लेउ
अनी मलाई पनि देउ
जसरी तिमी बर्सौ देखी तड्पिएको थियौ
हो, उसैगरी म पनि तड्पिएको छु
तिम्रो आसय र मेरो चाहना
आज हाम्रो लागि जिउने बहाना भएको छ ।
यौबनमा सिउरिन नपाएको फुल हरु
आज यो चुल्ठोमा सजाउन
तिमीले हक पाएको छौ ।
भन्छिन उनी यस्तै! यस्तै!!
आयतित खुशी हरु लिएर ।
**************************
यौबनका अनेकौ हिस्सा हरु
बैशालु मदहोस् भएर
तिम्रो औलाहरुको प्रतिक्षा हरुमा
तिम्रो उपस्थितिको स्वागत गर्दै
तिमी आउने गोरेटो हरु कुर्दै
मौन आकाशको धर्ती म बनेर
केवल नयन हरु बिछ्याएर
टोलाई रहेको छु
रोमान्चित मन हरु लिएर
हरेक अङ्ग अङ्ग हरुमा
छिचरो स्पर्स को महसुस गर्दै
तप तप पग्ली रहेको छु
मैन दिपको शिखा हरु जस्तै
हो, यस्तै के के भन्छिन उनी
र आज फेरी !
सपना हरु बुन्न थालेको छु
तुसारो हरुले खुइलिएको
उराठ लाग्दा नागी डाँडा झै म
हरियो मुना हरुको, पाउलो पलाउन थालेको छु ।
किन कि !
जिबनको लामो उत्तार्धमा
उ, फेरी आएकी छे
आयतित खुशी हरु लिएर ।
****************************
लेखक :- कान्छा भाई (अर्पण)
No comments:
Post a Comment