गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, December 8, 2015

यथार्थ

 यथार्थ
तिमी सधैं रोइ रहन्छौ 
म, हासी रहन्छु । 
किन कि !
संसारको सुन्दर चिज हरु 
सबै मेरा हौउन भन्छौ । 
जो पाइन्न, 
त्यसै लाई सम्झेर तड्पी रहन्छौ । 
तर म !
वास्तविकता भन्दा परको 
म कहिलेई आशा राख्दिन । 
यथार्थ लाई सधैं सुइकार गर्छु । 
बर्तमानमा जे छ, त्यसैमा खुशी हुन्छु ।
म साना साना खुशी हरु लाई संङालेर 
एकमुस्ट खुशी बनाउछु । 
हो, यही फरक छ तिमी र म मा 
तिमी भोलिको लागि तड्पिन्छौ 
म अहिलेको लागि रमाउछु 
त्यसैले म हमेसा भन्ने गर्छु 
तिमी काश....! भन्न छोड । 
at list खुशी हुन सिक । 
तिमी सुइकार गर !
यथार्थ र कल्पना, एक अर्काको 
प्रतिद्वन्दी हुन । 
तिमी, सधैं रोइ रहन्छौ । 
म, हासी रहन्छु ।
रचना- कान्छा भाई (योन्जन)
२६ नोबेम्बर २०१५

No comments: