गजल-
अलिकती मैले जस्तै मदहोसी पिये हुन्थ्यो
मायाँलुको नशा भित्र बेहोसी जिये हुन्थ्यो ।
मायाँलुको नशा भित्र बेहोसी जिये हुन्थ्यो ।
सक्दिन म अन्त काली मुटु साटी हिंड्न
फाटे बरु मन्को रहर त्यो तन्ले सिये हुन्थ्यो ।
फाटे बरु मन्को रहर त्यो तन्ले सिये हुन्थ्यो ।
माना पाथी जोखी हेर कमी भए ताराजु मा
उन्नान्सय भए मायाँ एक थपी दिए हुन्थ्यो ।
उन्नान्सय भए मायाँ एक थपी दिए हुन्थ्यो ।
मरुभुमी ठान्दो हौला भिजेको छु पिरती मा
दिल्को प्यास मेटाउने एक प्याला लिये हुन्थ्यो ।
दिल्को प्यास मेटाउने एक प्याला लिये हुन्थ्यो ।
रचना- कान्छा भाई (योन्जन)
२५ नोवेम्बेर २०१५
२५ नोवेम्बेर २०१५
No comments:
Post a Comment