गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, December 8, 2015

ए ! दिपशिखा !!!

ए ! दिपशिखा !!!
तिमी आफु जलेर 
अरु लाई उज्यालो दिदा 
तिमी त खुशी हुनु पर्ने होइन र ? 
तर !!!
तिमी आफु जल्दा 
तिम्रो शरीर बाट किन ???
यि मैन हरु 
पग्लिएर झर्दैछन ???
मैन बत्तिले बोल्यो,
जस्को दिलमा ठाउँ दियो 
जब ऊ नै बिछोडिएर, 
जान्छ भने ! 
आशु त निस्की हाल्छ नि । 
हो, म ! सोचमग्न भए
साच्चै कोही बिछोडिन्छ त,
पिडा त हुन्छ नै, 
आज कयौ दिन देखिको 
उस्को अघोसित, अनुपास्थितिमा 
म पनि हरेक रात रोइ रहेको छु । 
केवल !
मैन बत्ती अनी म !
कान्छा भाई (योन्जन)

No comments: