गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Tuesday, December 8, 2015

ए रात मेरो निन्द चोरी भयो

गीत-
ए रात मेरो निन्द चोरी भयो खोजी गरी ल्याइदेउन
अधेरीमा छकी रुमलियेको पवन भरी ल्याइदेउन । 
****************************************************
कित मलाई भुली सक्यौ कित अन्तै खुली सक्यौ
माया गर्ने माली पाउदा कित अन्तै फुली सक्यौ । 
ए बादल जलेको यो रात लाई बर्षा बनी रुझाई देउन
चोरी भाको मेरो निन्द खोजी गरी बुझाई देउन । 
*****************************************************
कित अन्तै जिउन सिक्यौ कित मलाई पराइ सोच्यौ 
मायाको जोड घटाऊमा कित मलाई हराइ सक्यौ । 
ए हावा बेगहानी उडेको मन लाई खोजी फर्काइ देउन
चोरी भाको मेरो निद लाई यो आँखामा फिर्ता देउन । 
*****************************************************
ए रात मेरो निन्द चोरी भयो खोजी गरी ल्याइदेउन
अधेरीमा छकी रुमलियेको पवन भरी ल्याइदेउन ।
रचना- कान्छा भाई (योन्जन) 
२८ नोबेम्बर २०१५

No comments: