गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, November 15, 2015

मैले बुज्न नसकेको

कबिता-

मैले बुज्न नसकेको
जिबनको अध्याय
वा ! तिमीले बुझाउन नसकेको
चराजगत, प्राणी र जिबन
वा, यि सबैको फ्युजन ।
सिर्फ मेरो लागि
अनी, मेरो बुझाई,
तिम्रो मौन स्विकृती
मेरो जिउने जिजिभिशा
तिम्रो प्रेम
मनको आभाश
तिम्रो स्पर्स
तनको सिंचाइ
दुई आँखा को मिलन
आत्मको समभोग
तिम्रो हात
जिबनको उत्सर्ग
अनी फेरी
अतृप्त समागम पछीको
एउटा नयाँ जिबन
संसार, दुनियाँ, समाज
जे भने पनि
जिबनलीलाको
अन्तिम देहसुख पछी
प्राण त्यागको
देहलीला समाप्ती हुँदै गर्दाको
एउटा अध्याय
खै कस्तो तिम्रो प्रेम?
त्याग होकी बलिदान ?
म छट्पटिए !
म कराए, चिच्याए
तर तिमी कहाँ सुन्थेउ र ?
मेरो रोदन, आशु ?
तिमी चिर निदमा
अनन्त जिबनको
उचाइमा उडिरहेको थियौ
जहाँ म ! तिमी लाई
कहिले देखन पाउने छैन
सान्सरिक आकाश भन्दा माथि
आफ्नो उडान भरी सकेको थियौ
तर मेरो लागि यो क्षण
छाती फाटेको समय थियो
मुटु फाटेको समय थियो
फेरी पनि अझै, बिलाउदै थियौ
यो दुनियाँ बाट ।
फुस्स हावामा
खरानीको रङ्ग
फुस्स फुस्स फुस्स
समाप्ती जिबनको
एउटा भाग ।।। 


कान्छा भाई (योन्जन)
२७ कार्तिक २०७२
१४ नोवेम्बर २०१५

No comments: