गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, November 15, 2015

क्याक्टस

कबिता- क्याक्टस
त्यस्तै हो ।
कुनै क्याक्टस
सुन्दर हुन्छन ।
टिप्न खोज्दा सकिदैन
किन कि !
त्यो क्यान्भास भित्र
चित्र बनेर, पोतिएको हुन्छ
जस्को सुन्दरता लाई
हेरेर महसुस मात्र गर्न सकिन्छ ।
कुनै क्याक्टस !
चित्र जस्तो लाग्छन र !
छुन खोज्दा
काडा बनेर घोची दिन्छ ।
फरक यती हो ।
एउटा क्याक्टस
माटोमा फुल्छ
छुना खोज्दा, काडा बिज्छ
अर्को क्याक्टस
सुन्दर हुन्छ
छुन खोज्दा
कलाकारको कुचीले
पेन्टिङ भित्र कैद हुन्छ
जस्लाई हेरेर
महसुस मात्र गर्न सकिन्छ


 कान्छा भाई (योन्जन)
२९ कार्तिक २०७२

No comments: