गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, November 8, 2015

Hey Dear !!!

Hey Dear !!!
थाहा छ तिमी लाई ?
जब निन्द्रा नपरेर हिजो राती
झ्याल्को खिट्की खोले
तब देखे एउटा अर्ध चन्द्रमा 
र अझ अरु पर्दा हटाए
चन्द्रमाको मधुर मलिन सितल
मेरो बेडको शिरानी सम्म पोखियो
म झस्के उस्को रुप देखेर ।
लाग्यो, लजाएर आधा अनुहार छुपाकी छे,
बिल्कुलाई तिमी जस्तै !
उही सुन्दरता !
उही कोमलता !
उही मुस्कान !
उही माधुर्यता !
उही लज्जा !
सबै उस्तै दुरुस्तै
र तिम्रो अनुभुतिको स्पर्समा
महसुस गर्न खोजे
जती छुन खोजे उती टाढा भाग्यो उ !
बिल्कुलाई दुरुस्तै तिमी जस्तै टाढा ।
उफ......!!!
म अवाक्क भए ।।।
कान्छा भाई

No comments: