गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, November 15, 2015

बुद्ध भएको छु ।

कबिता- बुद्ध भएको छु । 

म ! त्यो हनुमान होइन
जो एउटी सिताको लागि
पुरा लङ्का जलाउने,
अनी म ! त्यो रावण पनि होइन,
एउटी सिताको लागि
लाखौंको आहुती दिने ।
मैले यस्तै भनेको थिए,
तिमी लाई ।
तर, तिमी !
हिजो तिमी जस्लाई
बुद्ध सम्झिन्थियौ
ऊ नै आज तिम्रो
भिमकाय राबण
महसुस गरे मैले ।
जस्लाई तिमी म सँग,
बुद्ध प्रमाणित गर्न तल्लिन हुन्थ्यौ
उसैलाई म,
हिटलहर देखी रहेको छु ।
त्यसैले आज मैले !
हारेर पनि,
बाजी जितेको छु ।
हिजो म रावण थिए
तर आज बुद्ध भएको छु ।
त्यो महान मान्छे त !


म पो रहेछु ।

रचना- कान्छा भाई (योन्जन)
२९ कार्तिक २०७२
१५ नोवेम्बर २०१५

No comments: