गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, November 8, 2015

तड्पिएर तिम्रो यादमा

गीत
तड्पिएर तिम्रो यादमा सक्दिन म बाँच्न
झस्किएर तिम्रो यादमा सक्दिन म हास्न ।
*******************************************
एक्लै हिड्दा हात समाइ गोरेटोमा भेट्यौ
संगै हिड्दा मायाँ बस्यो सक्दिन म ढाट्न ।
भन्छौ अहिले छोडि जाउ जिउनु सम्झौतामा
मान्छे बिछे अन्त मुटु सक्दिन म बाट्न ।
तड्पिएर तिम्रो यादमा........................!
झस्किएर तिम्रो यादमा......................!
******************************************
तिम्ले जस्तो अर्को बिहान खोज्ने छैन मैले
तिमी बाहेक अन्त खुशी सक्दिन म साट्न ।
तिमी हुँदा पराय को न्यानो अङ्गालोमा
तड्पिएर कालो रात सक्दिन म काट्न ।
तड्पिएर तिम्रो यादमा........................!
झस्किएर तिम्रो यादमा......................!
रचना - कान्छा भाई (योन्जन)

No comments: