गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Sunday, November 8, 2015

Dear,

Dear,
शायद तिमीले भुल्यौ होला ?
कुनै दिन तिमीले मलाई
च्यालेन्ज गरेकी थियौ ।
म तिम्रो मन भित्र 
पसेर राज गर्न चाहन्थे
तिमी भन्थ्यौ .
त्यती कम्जोस छैन मेरो मन
जो कोही छिर्न सकोस !
Main Get छ ।
त्यस्पछी Chanel Get छ
त्यस्पछी भोटे ताल्चा लगाको छ ।
त्यो सबै फोर्न
तिमी ले चाहेर पनि सक्दैनौ ।
तर न महिले कोशीस गरे
न तिमी ले नै थाहा पायौ
समयको बेग सङ्गै
सबै ताला र ढोका हरु
आँफै खोली सकिएको रहेछ ।
म भित्र पसे तिमीले थाहै पाएनौ
अब न म बाहिर निस्कन सक्छु
न तिमी आँफै धक्का मारे निकाल्न सक्छौ
जती कोशीस गर्छौ,
उती तिमी लाई मुटुमा ऐठन हुन्छ ।
त्यसैले आज !
न तिमी म बिना जिउन सक्छौ ?
न म तिमी बिना जिउन सक्छु ?
तर समाज लाई कहाँ फ्याक्ने ?
हो त्यसैले आज एउटा फरक छ म मा
त्यो हो !
हिजो तिमी लाई नपाएरै म खुशी थिए
तर आज तिमी लाई पाएर पनि
हरपल दुखी छु ।
तिम्रो आघाध स्नेहले
पल पल मरी रहेको छु ।
बेमौसमी झरी पर्नु र !
म पल पल रुनु एउटै भएको छ
त्यो केवल !
सिर्फ तिम्रो स्नेह र न्यानो प्रेम ले
अनी भन अब
म हिजो खुशी थिए वा तिम्रो प्राप्ती पछी ?
के मायामा मान्छे खुशी हुनु पर्ने होइन र ?
के यही हो त माया ?
जस्ले..........................................???
प्रश्न ...........? अनुत्तरित...............???

रचना:- कान्छा भाई (योन्जन)

No comments: