गजल,गीत,कबिता

मेरो भन्नु

My photo
Itahari-20, sunasari, Nepal
मलाई थाहा छ साहित्य श्रीजना मेरो बसको कुरा होइन तै पनि काम को थकान मेट्न बसेको बेला होस या बिदा को बेला मनमा लगेको कुरा हरु कलमको सहायताले कोर्ने गरेको छु र त्यही मनका मेरा भाबना हरु लाई मैले साहित्य वा श्रीजना भन्ने गरेको छु ।त्यसो त साहित्य को खास साब्दिक अर्थ पनि मलाई थाहा छैन कबिता का छन्द हरु कस्ता हुन्छन कस्तो लय हरु दुवारा बाचन् गरिन्छ? कबिता का छन्द हरु गद्ध्य पद्ध्य कस्ता र त्यस्को प्रस्तुती के हो त्यो पनि थाहा छैन । अनी गजल हरुको शेर कहाँ बाट सुरु भएर कहाँ टुङ्गिन्छन त्यो पनि थाहा छैन शेर मतला कत्वा फर्द तखल्लुस आदी आदी धेरै नियम हरु म सङ्ग सरोकार राखने चिज वा बस्तु होइनन् किन कि मलाई त्यस सम्बन्धी ज्ञान नै छैन त्यसैले यदी मेरो थकाई र मन को पिर ब्यथा पोखने यि ठाउँ हरु लाई कही कतै गल्ती भये पनि मेरो गल्ती सच्चाएर पढि दिनु हुन्छ भन्ने आशा को साथ मेरो कमीकम्जोरी हरु औल्याइ मेरो मेल arpantamang46@yahoo.com / arpantamang045@gmail.com मा मलाई प्रतिकृया जनाइ दिनु हुन्छ र साहित्य शब्दको अर्थ र नियम हरु सिकाइ दिनु हुन्छ भन्ने आशा को साथ बिद हुन चाहन्छु जदौ ।

Saturday, July 31, 2010

आज उसको मन मेरो भएको छ ।

रचना स्रावण २०६७/१५

चिसो हिउँले कठाङ्ग्रिएर
निस्तेज उसको,मन र मस्तिक
ज्वालामुखी हरुको पहाडले
चट्टान बनेर हिर्काउँदा,पनी नफुटेको
कठोर उसको दिल मा !
मैले एउटा शब्द बाण हाने
घायल हरिण को साबक जस्तो
पिडामा छटपटिदा अचानक
एउटा आवाज निस्क्यो "मायाँ"
र कुनै !
युद्धरत देशको सिमा स्तम्भ
हार र जित पछी भत्काए झै
उसको कठोर मनलाई !
मैले भत्काए र एउटा युद्ध जिते
युद्ध पछीको आत्म समर्पणमा
आज उसको मन मेरो भएको छ ।

गृह युद्धको शान्ती बार्ता पछी
क्यान्टोन्मेनमा थुनिएका
हतियार जस्तै !
मेरो आँखाको निगारानीमा
मनको मध्यस्तता मा
उनको मायाँ लाई !
भोटे ताल्चा लाएको छु !
बन्द चार दिवाल भित्र
हाम्रा बबुरा दिल दिमाख हरु !
प्रेमाग्नमा तल्लिन हुन्छन
क्यान्भास मा पोतिएको
कुचिका रङ्ग हरु जस्तै
सिंगार्न ब्यस्त बयली मन हरु !
आर्गज्म श्रीजनामा लिन छौ
किन कि !
आज उसको मन मेरो भएको छ ।

ति अघोर काला र निरास
निर्दयि रात हरु !
क्षितिजमा ओर्लदै गर्दा
मेरो निद र सपना हरु !
अभिसाप बनेर !
अचुक रात हरु मेरो लागि
तारे भिरको पैरो बनेर
गर्ल्याम्म पुर्थ्यो !
आज त्यही रात
हरेक दिनको सुर्यास्त पछी
अनेकन रात हरु !
उधारोमा किन्न थालेको छु ।
किन कि !
आज उसको मन मेरो भएको छ ।

अहिले म पटक्कै डराउँदिन
ति नरपिसाच रात हरु सङ्ग
बरु मेरो साथी भएको छ उ !
ति कुम्भकर्ण रात हरु !
क्षितिज लाई हेरेर !
हरेक रात हरु को !
पर्खाइमा बस्छु आजकाल
महिनौ पछी को समागममा
अत्रिप्त उनको प्यास हरु लिएर
उपस्थित हुन्छे र,हाजिर गरेर जान्छे !!
दुई बिजको मिलन पछी
उत्पादित भ्रुण हरु !
जन्म लिने तर्खरमा
मायाँ बाडिन्छ कि भनेर
अभोर्सन गर्छे र ,मलाई मायाँ पोख्छे !!
किन कि !
आज उसको मन मेरो भएको छ ।।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, July 29, 2010

मैले यसरी कबिता लेखेँ ।

'मैले यसरी कबिता लेखेँ (रचना स्रावण २०६७/१४

क ख र ज्ञ गर्दै
बार्ह खरी चिन्दा
गुना अंक र जोड घटाऊ मा आफुलाई
खरी पाटी र चक सँगै
पाठशाला तिर डोराँदा
पढेका ति बाल कबिता हरु !
आचार्य भट्ट र देबकोटा हरु !
शिरोमणी र घिमिरे हरु !
मेरो बाल मस्तिक मा साथी बनेर
मेरो खरी पाटिमा बच्चन गर्न थाले
र !मैले यसरी कबिता लेखेँ ।

आउ साथी रँगी चङ्गी फुलबारी मा
आकाश को जुन टिपेर
तारा हरु को माला गाँसुँला
चिर्बिर गर्ने गौँथली को गीतमा
छिरबिर गर्ने पुतली को भेषमा
हाँगा पात कोपिला मा नाचुँला

सानो मा रहर ले लेखे
ठुलो मा लहड ले लेखे
तर अहिले कहरमा लेखे
जिबनको पिडा मा छट पटिएर
जन्मको मिती लाई धिक्कार्दै लेखेँ
आँफै मा सँघर्ष बिहिन भएर
अनेकौँ जन्जिर हरु ले बाँधिएको
महसुस गरेर लेखेँ ।

कहिले मेरो गरीबी ले गिज्याएर लेखेँ
आङमा फाटेको दौरा ले खिस्याउँदा
घाम पानी र जाडो मा लेखेँ
अभाबमा भोक हरु तड्पिडा
अन्न बिना को आन्द्रा हरु ले
बाटरिएर लिङ्गे पिङ्ग खेल्दा लेखेँ
मेची र महाकाली को पिडा मा
देश हरु दुखेर !
सप्तकोशी गण्डकी र कर्णालीमा बगेर लेखेँ
ठुला शहर का नपुँसक हरुको बस्ती पुग्दा
जाल झेलमा बन्दी बन्दा लेखेँ
राष्ट्रपती को नाममा इतिहाँस बल्झिँदा
एउटै बिमती प्रधानमन्त्रिमा जनता बल्झिएर !
चिच्च्याइ चिच्च्याइ सडकमा कबिता लेखेँ ।

चिर निदमा सुतेका !
ति पहरेदार हरु बिउँझेलानकी भनेर लेखेँ
देशको लागि भनेर ति सपुत हरु !
बलिको बोको बनेर ढल्दा लेखेँ
आमा को काख रित्तिएर
आफ्नै को सिन्दुर पुछिँदा लेखेँ
आकाश बाट दुई परेवा हरु !जमिनमा खस्दा !!
गोला बारुद र खुन को छिटा मा लेखेँ
र ! यसरी !!
मैले घरी घरी अन्जानमा कबिता लेखेँ

सानोमा गुरुको स्याब्बासिमा लेखेँ
तन्देरीमा मायाँलुको घुर्काइमा लेखेँ
लेख्दै जाँदा आफन्त र साथी हरुको
गुणगान र लही लही मा लेखेँ
हुँदा हुँदा शुभ चिन्तक हरुको मन राख्न
फुर्काइमा लेखेँ ।

थाहा छैन मलाई !
त्यो कबिता हो या शब्द हरु को रास
लेख्नै पर्ने बाध्यता हो या भोलिको आस
घमन्ड हो या सरस्वती को बास
आस बास गाँस र कपास मा
भोक रोग र अशिक्षमा
देश काल र परिस्थिती मा
कुनै न कुनै बहनामा मैले कबिता लेखेँ
जिउने बहनामा होस् या जिउने बहनामा
यो कबी बन्ने होडबाजिमा
शब्दकोश हरुको ठेली खोजी खोजी
मैले यसरी कबिता लेखेँ ।

अर्पण तामाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, July 27, 2010

मेरो घर छेउ को बुढो रुख ।।।

कबिता रचना स्रावण ११/२०६७

मेरो घर छेउको
चौर को पल्लो कुना मा
सयौँ शिशिर र बसन्त रोपेर
हरिया मुना हरु पलाउन छाडेका
चरी हरुले ठुँगेर खोक्क्रो बनाइ सकेका
जिबन को जिबित आत्मा हरु मरे जस्तै
बैरागिएको कुनै बैरागी मनुस्य जस्तो
ठिङ्ग उभिएको बुढो रुख !

हाम्रा बा मलाई भन्नु हुन्थ्यो
मलाई जन्माउने पुर्खा भन्दा
धेरै पहिले देखेको रे यो रुख
बाटोमा आउँदा जाँदा भारी बिसाउने
चौतारीको शितल थियो रे यो रुख
बिदा बाट फर्केका लाहुरे र पर्देशिको
औठी चिनो पिरती को !
साट्ने सँगम थियो रे यो रुख
मेरा बा र आमा ले बैश भुलाउने
मनको मन्जरी थियो रे यो रुख
सयौँ जोडी हरु को मायाँ बिसाउने
चौतारी को बास थियो रे यो रुख
ढाकरे को ढाकर बिसाउने
बिसाउनी थियो रे यो रुख
मेला पात गोठाले को
साथी थियो रे यो रुख
सर्जमिन र कचहरि को
बैठक थियो रे यो रुख

त्यसैले बर्सौ देखी यो बुढो रुख ले
कती को कचरिको फैसला गरेको छ ।
कती को जालिरुमाल र औँठी,चिनो साटी दिएको छ ।
कती लाई हसाएको छ,कती लाई रुवाएको छ ।
कतिको मिलन देखे को छ,कतिको बिछोड भोगेको छ ।
लाहुरे र पर्देशी को बिदाइमा !
सखी हरुले बिदाइको आँशु झारेको छ ।
अनगिन्ती उस्को सहयोगी छाँयाँ हरु !
आज बुढो भाको छ,शिथिल भाको छ ।

उस्को सुकेको शरीरको
अस्थिर्पन्जिर मात्र बाँकी छ ।
तै पनि यो बुढो रुख ले !
कती को जिन्दगी फेर्यो
कतिको भोटो फेर्यो !
उस्को आयु लामो रहेछ ।
मनुस्य को छोटो रहेछ ।
अनित उस्ले एउटा युग फेरेको छ ।
घाम पानी र खडेरिमा
शिशिर बसन्तको परिवर्तन देखे को छ ।
आफ्नै छत्र छायाँ मा !
राजनीतिको आम-सभा देखेको छ ।
कहिले काहिँ राजा हरुको !
जय-जयकार सुनेको छ ।
अनी कहिले काहिँ द्वन्दी-प्रतिद्वन्दी हरुको
आफुले चोट शाहएर पनि !
ढुङ्गा मुढा खाएको छ ।
कठाङ्ग्रिने तुसारो र हिमपात हरुमा
सयौँ ॠतु हरु खेपेको छ ।
सात साल देखी अहिले सम्म
जिन्दाबाद र मुर्दाबादमा अल्झिएको
राजनीतिको घाटा नाफा बेहोरेकै छ ।
यसरी हेर्दा हेर्दै को बुढो रुख !
मुना मरेर पात झरेको छ ।
आज बर्सौँ पछी बुढो रुख !
खै किन हो !?
ढल्ने तरखरमा छ !
मेरो घर छेउ को बुढो रुख ।।।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, July 25, 2010

मायाँ गर्छु भन्नु देश लाई धिक्कार जस्तो भो

कबिता रचना स्रावण २०६७/१०

मायाँ गर्छु भन्नु देश लाई धिक्कार जस्तो भो
शहिद को रगत पनि हामी लाई सस्तो भो ।
बाठो मान्छे टाउको टेकी जाली नेता भो
समाजबाद को कुरा गर्ने फटाहा नेता भो ।।

खुला आकाश खुला धर्ती यही थियो सप्ना
सामन्त को दिन जान्छ यही थियो जप्ना ।
सँगै लड्यौ सँगै मर्‍यौ एउटै थियो भाबना
आकाशमा चरी जस्तै उड्ने थियो कल्पना ।।

रातो सुर्य उदाउछ भोली बिहान शित मा
क्रान्ति प्रिया गित बज्छ जनताको जित मा ।
सुखनि को जङ्गल रोयो देउमाइ को तिरमा
खोकुछिन्ताङ पनि रोयो जल्जला को भिरमा ।।

जाली फटाहा सामन्ती को शासन हाम्ले तोड्यौ
अत्याचार को माखे साँङ्लो त्यस्लाई पनि तोड्यौ ।
प्रजातन्त्र सुख शान्ती न्याय हामी ले रोप्यौ
सात साल देखी अहिले सम्म त्यस्लाई पनि गोड्यौ ।।

पानी भन्दा शहीद को रगत सस्तो भो
उनकै नाम यो देशामा माग्ने भाँडो भो ।
के के होला भन्थ्यौ हिजो देशको लागि मर्दा
ज्यानै पनि बाजी हाल्यौ देश को लागि पर्दा ।।

मायाँ गर्छु भन्नु देश लाई धिक्कार जस्तो भो
शहिद को रगत पनि हामी लाई सस्तो भो ।
बाठो मान्छे टाउको टेकी जाली नेता भो
समाजबाद को कुरा गर्ने फटाहा नेता भो ।।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, July 24, 2010

खै कहाँ छ मेरो देश नेपाल ।

कबिता रचना 2010-07-24

भुमध्य रेखाको बिचमा
आफ्नै पैसाले तमसुख बनाएर
साहुको रिणमा बन्धकी राखेर
महल ठ्ड्याउने मिठो कल्पनामा
बिदेशिएको म र मेरो जिजिभिसा
तातो घाम र गैती बेल्चा सँग
आज आचनक
डल्लो प्रीथिबी को नक्सा हेरेँ
ब्रम्हान्ड भनाउँदो आकाशको मुनी
स्वार्थ कोरिएका सिमानाका
नक्सा हरु हेरे !
ठुला ठुला पिन्ड
र !
सामुन्द्रिक तट हरुको बिचमा
मैले मेरो देश नेपाल खोजे
सिमाङ्कन रेखा हरु को बिचमा
टिक्लिक्क अबस्थित मेरो धर्ती
शिरमा सगरमाथाले हिउँ ओढेर
काखमा साना फाँट हरु सजिएका
मेरो देशको नक्सा देखे
हिमाल पहाड र मधेश ले
सजिएको मेरो देश खोजे
नेपाल नेपाली कहाँ छन भनेर
आँफैलाई छामेर खोजे
र !सोधे !!
खै कहाँ छ ?मेरो देश नेपाल ?

सुन्दैछु परदेश बाट मेरो देश
नयाँबानेश्वर र सिंहदरबार भित्र
आफ्नै सतित्व बाजी दाउमा राखेर
बन्धक छ रे !
देश चलाऊने श्रीमान हरु ले
साँढे दुई करोड को छाती माथि
छक्का पन्जा खेल्दै छन रे
आफ्नै सन्तान र आमाको बलत्कारमा
नयाँ साँढे हरु बाजी मार्दै छन रे
त्यसैले आज !
परदेशमा मलाई देश दुख्यो
ठुला श्रीमान हरुको अभिमान ले
मेरो देशको स्वाभिमान दुख्यो
हेर्दा हेर्दै को मेरो देश
बर्ग क्षेत्र र धर्मको आधार ले
बाइसे र चौबिसे हुन खोज्दा
मेरो राष्ट्रियता दुख्यो
र बिभाजित आफ्नै भित्र
खै कहाँ छ मेरो देश नेपाल

१९५० देखी दुख्न थाले को मेरो देश
टनकपुर र महाकाली हुँदै
काला पानी र सुस्ता मा दुख्यो मेरो देश
ईलाम झापा र दर्चुला बाट दुख्यो मेरो देश
रुकुम रोल्पा ले भोकाएको
कपिल्बस्तु मा दुख्यो मेरो देश
काठमान्डौमा नदुखे को
गाँउ गाँउ मा दु:खयो मेरो देश
बिधिको शासन बिनाको मुलुक हुँदा
मरेर बाँच्यो मेरो देश
दसौँ बर्ष सम्म रगत बगाएर
आहालमा डुबेर बाँच्यो मेरो देश
आफ्नै सन्तानको लास बोकेर
बिधुवाको घुम्टो ओढेर बाँच्यो मरो देश
बार बार बालक बिनाको
खाली काख च्यापेर बाँच्यो मेरो देश
त्यसैले त शिथिल मेरो देश खोजेर
आज सोद्धै छु ठुला श्रिमान हरु लाई
खै कहाँ छ मेरो देश नेपाल ।

अर्पण तमाङ(योन्जन)
तरहारा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, July 21, 2010

तिमी नारी !

कबिता रचना स्रावण २५/२०६७

तिमी नारी !
सृस्‍टि धान्न मात्र
मानब उत्पादनमा तिमी
तल्लिन तिम्रो भौतिक शरीर
बिहान र बेलुकि को चुल्हो बाल्न
साँझ झरे पछी !
पुरुष इच्छा को साथ दिन मात्र
तिमी नारी !नारी होइनौ अब !
एउटा नयाँ युग को थालनि को लागि
तिमी ले हार्नु होइन
जित्न जान्नु पर्छ !
एउटा नयाँ युग को प्रारम्भ को लागि
तिमी ले आफ्नो लागि युद्ध लड्नु पर्छ ।

मैले देखे को !
तीन वटा बाटा हरु छन तिमी सँग
तर्बार कलम र आत्महत्याको डोरी
म तिमी लाई !
आत्महत्या गर भन्दै भन्दिन
बाँकी दुई बाटा हरु तिम्रो सामु
एउटा कलम लिएर चेतना को युद्ध लड
अर्को तर्बार लिएर अधिकार को युद्ध लड
मैले देखी रहेको छु तिम्रो आँखामा
तिमी भित्र प्रतिसोध को भावना हरु
उतल पुथल हुँदैछन !
आगो का लावा लप्का हरु दन्की रहेका छन
धर्म का नाममा लेखिएका साहित्य हरु
सँस्कारको नाममा ति ग्रन्थ हरु
नारी दासताका ठेली भएका छन !
तिनै ठेली हरु ले
कहिले सिता बनाएर
अग्नी कुन्डमा परिक्षा दिएको छौ
कहिली महाभारतको द्रौपदी भएर
आफ्नै सतित्त्व को चिर हरण गराको छौ
सधैं कुनै न कुनै बहानामा
पुरुस्वार्थ को अगी बले को छौ
तिनै घाऊ हरु लाई शान्त र निको पार्न
तिमी ले हार्नु होइन
जित्न जान्नु पर्छ !
एउटा नयाँ युग को प्रारम्भ को लागि
तिमी ले आफ्नो लागि युद्ध लड्नु पर्छ ।

बेद बर्णन र आस्था को पर्खाल भित्र
हातामा चुरी र सिन्दुर पहिरिएर
साल भरमा एक दिन आउने
नारी दिवसको उल्लास मनाएर
हक हित र अधिकार को कुरा गर्दैमा
तिम्रा ति औपचारिकतामा मात्र सिमित
गोस्टी र सेमिनार हरु ले !
तिम्रो आफ्नै घर भित्र को पनि
नारी अत्याचारको पर्खाल लाई छुँदैन
त्यसैले अब !
आफुलाई अग्निदहमा आहुती गर्ने सिता होइन
दुर्गा कालिका र चन्ण्डिका हुन सिक
सुन्दर्ताको अख्यान मोनालिसा होइन
यन्त्रयान हरु को सवारमा
ग्रह हरु को पद यात्रा गर्न सिक
त्यसैले फेरी भन्दै छु !
तिमी ले हार्नु होइन
जित्न जान्नु पर्छ !
एउटा नयाँ युग को प्रारम्भ को लागि
तिमी ले आफ्नो लागि युद्ध लड्नु पर्छ ।

अरुको लागि लड्दा लड्दै
बितेका ति तिम्रा बसन्त हरु
खै कहाँ छन आजकाल फुलेका
अरुको लागि लड्न सिक्यौ
तर आफ्नै लागि लड्न सिकेनौ
र अब तिमी ले !
प्रिथिबी को अर्को गोलार्ध पत्ता लगाउन
कोलम्बस को यात्रामा निस्कनु पर्छ
हातमा कलम र तरबार दुबइ लिएर
मार्क्स लेनिन र इस्टालिन हुन सिक्नु पर्छ
तिमी ले चाहयौ भने !
तिमी सेक्सपियर का पात्र हुन सक्छौ
मेक्सिम गोर्की का आमा हरु हुन सक्छौ
त्यसैले अब तिमी ले
अधीकारको अर्को ध्रुब खोज्न लाई निस्कनु पर्छ
आत्मादहमा भासीए को
ब्यथिती नारी मात्र होइन
हजारौ नारी हरु को
सुख शान्ती र अधिकारको
बिम्ब बन्न सक्नु पर्छ
त्यसैले तिमी नारी
तिमी ले हार्नु होइन
जित्न जान्नु पर्छ !
एउटा नयाँ युग को प्रारम्भ को लागि
तिमी ले आफ्नो लागि युद्ध लड्नु पर्छ ।

अर्पण तामाङ(योन्जन्)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Tuesday, July 20, 2010

जुलुस गर्‍यो पिरती ले

गजल रचना स्रावण ४/२०६७

जुलुस गर्‍यो पिरती ले हार भो मायाँ को
बार्ता गरी मिलाए को हार भो मायाँ को ।

बुँदा बुँदा सम्झौता मा खै कहाँ भुल भयो
नारा लायो पिरती ले हार भो मायाँ को ।

मशाल जुलुश गर्यौ किन मन्को गल्ली गल्ली
मन्को रेलिङ्ग भाँची दियौ हार भो मायाँ को ।

तन मन र विश्वाश सबै थाँती राख्यौ
दस्ताबेज नै च्यात्यौ रे हार भो मायाँ को ।

सिँङ्ह दरबार मन भित्र को बार्ता गर्न भनी
टोली मैले खटाकै हो हार भो मायाँ को ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

आज फेरी सम्झौता मा

गजल रचना स्रावण ४/२०६७

आज फेरी सम्झौता मा जित भो मायाँ को
हिमाल पनि झुक्दो रैछ जित भो मायाँ को ।

हट्दो रैछ मन्को डर दिल मिले पछी
घर बन्यो पिरती को हित भो मायाँ को ।

थुङ्गा थुङ्गा टिपेर मन्को फुल उन्दा
माला बन्यो स्वयम्बरको रित भो मायाँ को ।

सङ्लिएर निस्वार्थ मा तन झरे पछी
अलग बग्ने किनार पनि मित भो मायाँ को ।

दुई दिल गुन गुनाउँदा गित भो मायाँ को
आकाश पनि झुक्यो यहाँ जित भो मायाँ को ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२सुनसरी
हाल दोहा कतार

Monday, July 19, 2010

निचोरेर मुटु लाई

गजल रचना स्रावण ३ बेलुकी ०९ बजे

निचोरेर मुटु लाई एईठन हुँदा राती
थोपा रगत पानी हुन्छ पसिनामा राती ।

बाध्यतामा सम्झ्यौ होला आफ्नै आँगन जाती
तिम्ले भन्यौ मैले सुने चोट हिजो राती ।

बिधाता ले छुट्याएको हाम्रो भाग्य पनि
मेट्न खोजे कर्म पनि निधार मा राती ।

आफ्नो आफ्नो धरातलमा उभीए को हामी
यथार्थ लाई बिउझाएर बाँधे मन राती ।

एकान्त लाई सम्झिएर मायाँ गरे साथी
खै कहाँ चस्स दुख्छ बार्ह बजे राती ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, July 18, 2010

निस्सासिएर किन आज

2010-07-18 गजल ११.३० बजे राती

निस्सासिएर किन आज बित्यो मेरो रात
सम्झना मा तारा गन्दै ढल्यो मेरो रात ।

भेट्न आउने खबर थियो साँझ ढले पछी
निस्ठुरी लाई पर्खिएरै गल्यो मेरो रात ।

यथार्थ लाई बुज्नु खोज्छु फेरी पनि मन
तड्पिएरै आँशु सँग जल्यो मेरो रात ।

भुँलु भने मायाँ बस्यो नभुँलु त नासो
अँधेरी लाई गाली गर्दै बित्यो मेरो रात ।

हाँसी होली अन्त कतै मन बिछ्याएर
आशा गरी पर्खिएरै ढल्यो मेरो रात ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

डर लाग्छ तिम्ले कतै

2010-07-18 गजल

डर लाग्छ तिम्ले कतै भुली दिन्छौ कि
पिर लाग्छ मुटु भित्र शुल दिन्छौ कि ।

कती गरी जोगाएको कोपिला मा छँदा
छिमेकी को आँगनी मा फुली दिन्छौ कि ।

शिशिर मा हावा चल्दा बसन्त मा फुल्यौ
टिप्न आउँदा फक्रिएर झुली दिन्छौ कि ।

हिँड्दा हिँड्दै उकालीमा झर्किएर कतै
पराइको साथ लागि छोडि दिन्छौ कि ।

राखी सकेँ सजाएर आफु भित्र तिम्लाई
तिमी बिना अपुरो छु भुली दिन्छौ कि ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

घुमी हिंड्ने पर्देशी लाई

2010-07-18 रात को ११ बजे

घुमी हिंड्ने पर्देशी लाई किन दियौ बास
दिलको ढोका उघारेर किन राख्यौ आस ।

हात समाइ सावनको भेल तार्छु भन्यौ
साथ लगाइ भङ्गालोमा किन छाड्यौ हात ।

अपुरो छ जिन्दगानी थाहा हुँदा हुँदै
किन काट्यौ सँग सँगै जुनेली को रात ।

कहिले हुन्छौ पराइको कहिले तिम्रै भन्छौ
बुढा सुब्बा भाकल गरी टुटाउछौ आस ।

रङ्ग फेर्छौ कहिले काहिँ नजानिदो गरी
नचिनेको नाता जोडी किन दियौ बास ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

नानी भित्र लुकाउँ कि त

गजल रचना स्रावण १/२०६७

नानी भित्र लुकाउँ कि त मेरी उनी लाई
छात्ती भित्र छुपाउँ कि त मेरी उनी लाई ।

उनी आउने बाटो भरी फुल बिछ्याउँ भने
फुल ले पनि बिजाउला मेरी उनी लाई ।

पाउ मुनी हात मेरो राखी दिउँ भने
काँडा बनी घोच्ला कि त मेरी उनी लाई ।

आकाश को तारा टिपी दिउँ भने कतै
जुन ले पनि पोल्दो होला मेरी उनी लाई ।

गँङ्गा जल चढाउँ भने मेरै होस भनी
अंम्रित पनि बिश होला मेरी उनी लाई ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Saturday, July 17, 2010

छाती भित्र कस्तो बोज

गजल रचना अशाढ ३०/२०६७

छाती भित्र कस्तो बोज दियौ तिमी ले
मुटु भित्र कस्तो चोट दियौ तिमी ले ।

नसोचेको भेट भयो मायाँ पनि बस्यो
भुल्न खोज्दा नसकिने बोज दियौ तिमी ले ।

नत यता नत उता दोधारमा पर्‍यो मायाँ
मायाँ गरी नसकिने भोक दियौ तिमी ले ।

कुनै सन्देश आयो कित हुलाकी लाई सँधै
मिठा मिठा कुरा लेखी प्रिती दियौ तिमी ले ।

आराम कुशल लेखिएको मायाँ भरिएको
कस्तो खबर पठाएछौ मायाँ भरी तिमी ले ।


अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

लाग्छ मलाई किन यस्तो

गजल रचना अशाढ ३२/२०६७

लाग्छ मलाई किन यस्तो,उस्को नजर बाट गिर्दै छु
परेलिमा राखेथ्यो मलाई,उस्को अधर बाट गिर्दै छु ।

नचलाएको तिर मलाई,घोपे जस्तो मुटु भित्र
छाती भरी चोट बोकी,म बाँचेर पल पलमा मर्दै छु ।

आफ्नो भन्न खोजेकै थ्यो,मायाँ मलाई गरेकै थ्यो
फेरी पनि म आँफै पर पर,बैगुनी डुङ्गा तर्दै छु ।

भन्थेँ हिजो तिमी सँग,बास्ना होइन मायाँ गर्छु
काम बास्ना र कामुक्तमा,हर क्षणमा घ्रिणा भर्दै छु ।

लाग्छ मलाई हर रातमा,उस्को नजर बाट गिर्दै छु
मुस्कान छरी उदाएको,प्रेमको अधर बाट गिर्दै छु ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

सयपत्री फुल फुल्यो

गीत रचना अशाढ ३२

सयपत्री फुल फुल्यो तिम्रो शिर माथि
मग मग बास्ना चल्यो तिम्रो जोबन माथि ।।

भमरा झै भुन भुनाउदै चुम्न मन लाग्यो
गुन गुनाउँदै आँफै सँग झुम्न मन लाग्यो ।
टिप्न मलाई गारो हुन्छ नजाउ भिर माथि
बालापन बोलाएर बनाउँ कि म साथी ।।
सयपत्री फुल फुल्यो.........................!
मग मग बास्ना चल्यो.......................!
मन भित्र मायाँ रोपे ज्योति जगमगाउँ छ
तिमी फुले दिल भित्र धर्ती डगमगाउँ छ ।
जता जाउ यो आँखा मा तिमी सल्बलाउँ छ
बास्ना लिन भमरा ले गीत भुन भुनाउँ छ ।।
सयपत्री फुल फुल्यो.........................!
मग मग बास्ना चल्यो.......................!

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, July 15, 2010

मंसिर भरमा लिएर जन्ती

गीत रचना २०६७ अशाढ ३१

मंसिर भरमा लिएर जन्ती,ल्याउछौ कि बरमाला
चुरा र पोते पहिराइ मलाई,लैजाउन यो साला । ।

सोचेको मात्र कहाँ होर,यो मन दिन लाई
गाँसेको प्रिती जिबन भरी,त्यो मायाँ लिन लाई ।
पुर्णेको जुन जुनेली रातमा,मै कुर्छु तिमी लाई
ढाटेर राखे तिमी लाई भनी मै लान्छु भन्ने लाई ।।

मंसिर भरमा लिएर जन्ती....................!
चुरा र पोते पहिराइ मलाई....................!

भर्दैन आँखा नहेरे तिम्लाई,जोबन साट्ने लाई
ढल्दैन रात गल्दैन जोबन,यो मुटु खाने लाई ।
लिएर जाउ डोलिमा चढाइ,सिन्दुर लगाइ
बनाउनु सखी खसम ले मलाई,जिबन भरी लाई ।।
मंसिर भरमा लिएर जन्ती......................!
चुरा र पोते पहिराइ मलाई......................!

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

पोखी दिने ठाउँ भए,

गजल रचना २०६७ अशाढ ३०

पोखी दिने ठाउँ भए,पोखी दिन्थे ब्यथा
लेखी दिने मसी भए,लेखी दिन्थे कथा ।

कस्ले भन्छ कठै बरा,मै दुखी लाई देखी
छाती भित्र लुकाको छु,दुख्ख काट्ने ब्यथा ।

कर्म लेख्ने ठाउँ छैन,भाग्य लेख्ने मसी
सुनाउँ भने कोही छैन म भित्र को कथा ।

दुख्ख फाली हुने भए,सुख्ख रोपी दिन्थे
फुलाई दिन्थे फुलाई फुल,सुख्ख फुल्ने कथा ।

रङ्ग जस्तो मिल्ने भए,मिसाइ दिन्थे ब्यथा
पडी दिने कोही भए,लेखी दिन्थे कथा ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, July 11, 2010

फेरि किन ! कबिता

कबिता
नोट:-मैले यो कबिता आज भन्दा ३ बर्ष पहिले हलेसी पत्रीका
को लागि लेखे को थिए । लेख सहित तर आज यहाँ मैले
कबिता मात्र राखे को छु

फेरि किन !

दश बर्ष पछि शान्तिले
सास फेरेको देशमा
फेरि किन अशान्तिले छाउदैछ
फोरम टाइगर र लिग हरुको नाम मा
किन फेरि मुलुक अक्रान्त बन्दै छ
रगतको होलि पछि फेरि किन
चैते दशैमा मान्छेको मार हान्दैछ
ए काठमान्डौका पाले हरुहो !
फेरि कस्को इसारामा
मान्छेको बलि चडाइदैछ
त्यसैले ए पाले हरुहो
कपिलबस्तुमा आगो जल्दा
काठमान्डौको मन पनित पोल्नु पर्छ
फोरम टाइगर र लिग हरुको नाम मा
मधेश जल्दा
तिम्रो मन पनित जल्नु पर्छ
गरिब बस्ति हरुमा
भोक मरिको गास ढलदा
तिम्रो अपुतलि महल पनित
अब ढल्नु पर्छ ।
त्यसैले !
काठमान्डौका ए पालेहरु हो
दिल्लीमा प्रशान्तको लागी हास्दा
आफ्नै देश जल्दा रुन सक्नुपर्छ
सिमा पारि प्रशान्तको लागी
उठने एस.एम.एस.का राशि हरु
अब हुम्ला जुम्ला र डोल्पाको लागी पनित
भोक मरिको गाँस जुट्नु पर्छ
त्यसैले !
अब हामिले एक चोटी
नेपाली भएर पनि त हेर्नु पर्छ

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी

Saturday, July 10, 2010

तिमी लाई एक नजर राजा

गजल रचना २०६७ आशाढ २६

तिमी लाई एक नजर राजा लुकाएर के गरुँ
तिमी लाई एक अधर राजा छुपाएर के गरुँ ।

जब यो घुम्टो तिमी ले नै खोल्छौ भने
लाजको गहना मैले आँखा चिम्लेर के गरुँ ।

हिजो को अन्जान मान्छे आज आफ्नै हुँदा
दिलको ढोका बन्द गरी यो मन लुकाएर के गरुँ ।

जे छ जती छ म भित्र सारा तिम्रै भो जिन्दगी
हिस्सा गरी लेउ या एकै साथ धकाएर म के गरुँ ।

अस्ती सम्म यो अर्कै को दावा गर्ने यो मन
कैदी हुँदा तिम्रो दिलमा आँफै लाई ढाटेर के गरुँ ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, July 8, 2010

सप्नो ले के गया कहिँ दुर

गजल रचना अशाढ २५

सप्नो ले के गया कहिँ दुर,एक हावा आया
ना तुम्ने सोचा ना मैने सोचा,एक झोका आया ।

फुल खिले प्रेमका हाँ,मैने भि यही सोचा था
सालो बित गए वो साम,आज क्युँ खयाल आया ।

उड्ते पंक्षि दो दिलका,उड्ते पतङ्ग आसमान मे
गिर गया एक झोके मै,वो एक तुफान आया ।

कौन सोचा था वो पल भि,दो दिल अलग होँगे
कौन था वो एक अजनबी,कहर मे सवार आया ।

मासुम था वो दिल मेरा,कोही पत्थर तो नही था
आशामान से बिजली गिरकर,एक वो तुटाने आया ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

तिम्रै अनुरोध मा मैले

गजल रचना २०६७ आशाढ २३

तिम्रै अनुरोध मा मैले,लेखे हाम्रो कथा हरु
अँजुली मा थापी दियौ र,पोखे मैले ब्यथा हरु ।

भन्थ्यौ तिमी कृष्ण जि को बाँसुरी झै बजाइ देउ
गीत बनाइ गाइ दिएँ पिरती का भाका हरु ।

म कबी तिमी स्रोता हाम्रो मुटु मन्च थियो
बाचन गरी ढुक ढुकी मा लेखी दिए गजल हरु ।

उपन्यास को काहानी झै पल्टिएको जिन्दगानी
दिल को मसी छाती भित्र लेखी दिए पाना हरु ।

हिजो सम्म अलग बग्ने सङ्लिए का मन हरु
मिलाई दिए दुई आत्मा को मायाँ बग्ने संगम हरु ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

तिम्रै लागि फुलेको थे

गजल रचना २०६७ आशाढ २३

तिम्रै लागि फुलेको थे कुल्चिएर गयौ
कोपिला मै फक्रेको थे मिल्काएर गयौ ।

पानी कुवा चौरास्ता मा तिम्रै बाटो कुर्दा
भेट्न आउन बोलाएर फर्किएर गयौ ।

माईखोलाको भाकल गरी तिम्रै हुन्छु भन्थ्यौ
सिन्दुर को कुरा गर्दा तर्किएर गयौ ।

मन्को कुरा पोख्नु थियो भन्दा पनि तिम्ले
बोलाउँदा नि न सुनेझै झर्किएर गयौ ।

मायाँ गरी कालु भन्दा रिसाएर गयौ
अंम्रित सँग बिशको प्याला मिसाएर गयौ ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

दिल को बोज उठाएर

गजल रचना २०६७ आशाढ २३

दिल को बोज उठाएर राखुँ म तिम्रो सामु
गाँठो जती फुकाएर बिसाउँ म तिम्रो सामु ।

भेट भए पक्कै भन्छु मायाँ गर्छु तिम्लाई
बिन्ती पत्र चढाएर राख्छु तिम्रो सामु ।

अँश मागे पिरती को दिल काटी दिउला
भन्छौ भने शही छाप गर्छु तिम्रो सामु ।

दिल को ढोका फोरेकै हो मायाँ चोर्न भनी
सोदेउ भने पोखी दिउला बयान तिम्रो सामु

झरी पछी जिन्दगी मा घाम लाग्यो भने
पक्कै आज सुकाइ दिन्छु बिस्कुन तिम्रो सामु ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Wednesday, July 7, 2010

हुन्न रैछ पर्देशी को

गजल रचना अशाढ २३

हुन्न रैछ पर्देशी को भर पनि ढल्यो
दिन रात मैना गर्दै आशा पनि ढल्यो ।

आज आउला भोली आउला पर्सी भन्दा भन्दै
तिम्लाई कुर्ने बलेसी को दैला पनि ढल्यो ।

किन राख्यौ पर्खाएर बाटो भरी आँखा
हेर्दा हेर्दै लोलाएको आँखा पनि गल्यो ।

आशा भित्र प्रतिक्षा को माला उनी बस्दा
हेर्दा हेर्दै आँगनी को सयपत्री नि फुल्यो ।

बिहान फुल्ने फुल पनि साँझ हुँदा झर्यो
तिमी बिना मायाँ लाउने बैश पनि टर्यो ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Monday, July 5, 2010

ए यात्री एक पल्ट यो देशको

गजल रचना २०६७ अशाढ २१

ए यात्री एक पल्ट यो देशको माटो टेकेर त हेर
छोडेर जाने आफ्नो काख देशको माटो सुँघेर त हेर ।

बिरानो हुँदै छौ आफ्नै सँग पर्देशमा के नै छर
ढुङ्गा पनि पग्लिन्छ यहाँ पौरख गरी त हेर ।

जन्मायो यही देश ले मर्नु छ भोली यही
आफ्नै आमा को दुध चुस्यौ नाता जोडेर त हेर ।

आँफै सँग उभिएको आफन्त नचिन्ने मुलुकमा
कुटुम्बको बास्न पनि छैन एक पल्ट सुँघेर त हेर ।

रगत होइन अब यो देशमा पसिना पोखेर त हेर
फुल्छ फुल्दैन पौरख यहाँ माटो छोएर त हेर ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

आधा बाटो पुगे पछी

गजल रचना २०६७ आशाढ २१

आधा बाटो पुगे पछी मायाँ बाँड्नु पर्‍यो
सुख जती उस्को भाग मा दुख मलाई पर्‍यो ।

मिठा मिठा कुरा गरी मायाँ उन्ले लाथ्यो
खेल खेल्यो नियती ले मायाँ उता सर्यो ।

भनेकै हो डोली चढि तिम्लाई लिन आउछु
हिड्दा हिड्दै पारी गाउँमा साँझ यतै पर्‍यो ।

सिन्दुर पनि पोख्यो भुइमा चुरा फुटी गयो
मुटु भरी सजाए को मायाँ पनि मर्यो ।

शित सँगै बिहानी मा जुन पनि झर्यो
अँश लाउँदा मेरो भाग मा आँशु मात्र पर्‍यो ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Sunday, July 4, 2010

तिम्रो याद बिना मेरो

गजल रचना २०६७ आशाढ २०

तिम्रो याद बिना मेरो कुनै साँझ झर्दैन
सम्झिएर आँखा मा नराखे मेरो रात टर्दैन ।

खाँदा पिउँदा उठदा बस्दा तिम्रो याद नआइ
चर्केको दिनको प्यास मा पनि मेरो भोक टर्दैन ।

फोन गरी तिम्रो हाल सोधुँ जस्तो लाग्छ
इन्टरनेट मा भेट नभै मेरो कुनै दिन टर्दैन ।

मलाई मात्र होकी यस्तो तिम्लाई पनि त्यस्तै हुन्छ
मिठो बोली न सुनेत मेरो कुनै बातै टर्दैन ।

मुटु भित्र राखी सके जूनी भर लाई तिम्लाई
तर्किएर हिड्यौ भने तिमी बिना साथै टर्दैन ।
अर्पण तमाङ(योन्जन)
तरहर-२ सुनसरी
हाल दोहा कतार

Saturday, July 3, 2010

आजकाल धेरै भयो तिम्रो मेरो

गजल रचना २०६७ आशाढ १९

आजकाल धेरै भयो तिम्रो मेरो भेट नभाको पनि
झन्डै मैना दिन पुग्यो होला देख्न नपाको पनि ।

चाडै भेट्ने बाचा गरी छुटेका थ्यौ दुबै जना
शुन्य जस्तो भयो होला भञ्ज्याङ को बर पनि ।

जहाँ छुट्यौ त्यही भेट्न आको थिए चौतारी मा
खोज खबर केही पाईन अत्तालिन्छ मन पनि ।

बाचा थियो भेट्न आउने बिहिबारे हाट मा
औंला भाँची दिन गन्दा हतारिन्छ तन पनि ।

मामा घर जान्छु भन्थ्यौ पाउन लाग्न तिमी
धेरै भयो नजिक बाट देख्न न पाको पनि ।

अर्पण तमाङ(योन्जन)
तरहरा-२ सुनसरी
हाल दोहा कतार

Thursday, July 1, 2010

ति अघोर निर्दयी रात हरु

कबिता(ति अघोर निर्दयी रात हरु) रचना २०६७ अशाढ १७

धर्तिमा मात्र राजनीती होइन
आकाश को जुन तारा र रात बिचमा पनि
राजनीति हुन्छ !किन कि ?
आजको कालो औशीमा
आकाशमा जुन देखिएन
उस्कै पर्खाइमा साना तारा हरु !
दुर्बल र मधुरो
उज्यालो बाल्ने कोशीश गर्दै छन ।
त्यसैले ! मत भन्दै छु
यो अचुक कालो रात
तारा हरु को निम्ती
कैल्याइ नआइ दीए हुन्थियो
ब्रम्हान्ड श्रीजना हुँदा होकी ?
पछी कसैले बसमा राख्न लाई बनाएको
यो कालो र अन्धा कानुन
त्यसैले गर्दा !
आज पनि ति साना तारा हरु ले
आफ्नो निर्बल उज्यालो हरु
छर्न कोशीश गर्दै छ ।
घरि घरि आउने कालो रात्री को बिरुद्ध मा
मुर्दाबाद मुर्दाबाद भन्दै !
स सक्त आन्दोलन र नारा बाजी गर्दै छन ।
तै पनि ! उनी हरु स्वयम !!
एकत्रित भएर झुन्ड हुन नसक्दा
बार बार यि काला रात हरुले !
जुनको अनुपस्थिती मा ।
राज्य बनाउछ,कानुन बनाउछ,
र !केही दिनको लागि भए पनि
तारा हरु माथि !
अशैय दमन र धरपकड गर्छ ।
अनी उ !उन्मत्त हुँदै !!
आफ्नै शासन भाषान र आशन हरु जमाउछ ।
ति आँफैमा बेमेल तारा हरु लाई फुटाएर
उ अर्थात कालो रात
कहिल्याइ चाहदैन
उनी हरु मिलोस र उज्यालो छरोस
आफ्नै स्वार्थ सत्ता र लिप्सामा
ति अघोर निर्दयी रात हरु !
अरु लाई अन्याय अत्याचार गर्दा गर्दै
आदत परेका ति स्वाभब हरु!
कहिल्याइ छुटाउन चाहदैनन ।
बरु उ !अझै तम्सन्छ र उत्सुक बन्छ
आफु लाई अझै सक्ती निर्माण गर्छ
अनी !स्वयम जुन लाई पनि
पुर्णिमा को रातमा
पद्च्युत गर्छ र राज्यरोहण गर्छ ।
त्यसैले जुन माथि कहिले काँही
निर्दयी यि रात हरुको !
बिजय हुन्छ र चन्द्र ग्रहण लाग्छ ।
शायद !जुनमा पनि केही कम्जोरी होला
देश जनता र कानुन लाई
रुझाएर काम गर्ने शैलिमा
उ ! भित्र पनि खोट होला
सके सम्म आँफै खाउँ र भोग गरुँ
अनित ! पुर्णिमाको सुमधुर रात मा पनि
मानब बस्ती बाट !
उसको अनुहारमा कालो दाग देखिन्छ ।
उ !भित्र पनि मनमा खोट नभै दिएको भए
स्वयम आफ्नै नियतमा
अनुहारमा छर्लङ्ग दाग नदेखिएको भए
घरि घरि तानाशाही रात हरु ले
ति निर्बल तारा हरु लाई !
जूनको अनुपास्थिती मा
आफ्नै कानुन लगाउने कोशीस गर्ने थिएन
तारा हरुले पनि आँफैमा एक जुट भए को भए
नचाहेरै निर्बल र मधुरो
आफ्नै प्रकाश हरु को !
सहायता लिनु पर्ने थिएन ।
त्यसैले !आजको दिन सम्म त
चलेकै छ तिमी हरु को देश
थोरै भये पनि बचेँको छ तिम्रो स्वधिन्ता हरु !
तै पनि यो मानब बस्ती बाट
म पनि एक चित्त ले प्रार्थना गर्छु
तारा र जुन हरु मिलुन
यदी तिमी हरु मिलेर स्वधिन्ता बचायौ भने
जुन जुन र तारा तारा भएर बाच्ने पाउने छौ
यदी यस्तो भयो भने !
तिमी हरु मिल्यौ भने
त्यही शन्देश आउने थियो
मानब धर्ती को नेपाल भन्ने देशमा ।

अर्पण तमाङ(योन्जन)
तरहारा-२ सुनसरी
हाल दोहा कतार