गजल लेखन मिती 2010-03-27.6pm
पिरतिको घर बनाउने माटो त्यो कुन होला
एउटै घरको छाना हाम्रो नाता त्यो कुन होला ।
जान्न भन्देउ पिरती गांसी सके पछी
नाम छैन बोलाउने साईनो त्यो कुन होला ।
म पनि त कहाँ जिउछु तिमी बिना एक्लई
एक अर्कामा अपुरो मायां त्यो कुन होला ।
कुरी बस दैलामा दिप बले पछी आउंला
अंखा अंखा बोल्ने गर्छ भाषा त्यो कुन होला ।
पिरती को घर बनाउने माटो त्यो कुन होला
एउटै घरको छाना हाम्रो नाता त्यो कुन होला ।
अर्पण तामाङ
तरहरा-२ सुनसरी
हाल दोहा कतार
Saturday, March 27, 2010
Wednesday, March 24, 2010
देश जलेर के भोर नेतालाई' गजल
गजल लेखन मिती 2010-03-24.3pm
देश जलेर के भोर नेतालाई घरको छ चिन्ता यहाँ
देशको होइन कुर्सिको चिन्ता छ नेतालाई यहाँ ।
भोक रोग अशिक्षा बेरोज्गार बडेर के भोर?
डलरको खेती गर्ने भ्रमणको चिन्ता छ यहाँ।
लड्ने लडी रहुन मर्ने मरी रहुन आफु आफुमै
भत्ता पाक्ने गोस्टी र बिग्यप्तिको चिन्ता छ यहाँ।
पूर्व कोशीले डुबे पनि पश्चिम भोक्मरिले मरे पनि
भाषन आशन राशन र शासनको चिन्ता छ यहाँ।
माटोको होइन नेतालाई बाटोको चिन्ता छ यहाँ
देशको होइन नेतालाई सरकारको चिन्ता छ यहाँ

Tuesday, March 23, 2010
हांसेर केपायो रुएर केपायो' गजल
गजल लेखन मिती 2010-03-23.2.30pm
हांसेर केपायो रुएर केपायो,केनैपो रैछ र जिन्दगी
पाहुना झै आयो पाहुना झै गयो,यहीनै रैछ जिन्दगी ।
यो मेरो एती यो तेरो त्यती,भनेर के लानु
उदायो आज अस्तायो भोली,केनैपो रैछर जिन्दगी।
उ हिन्दू मुस्लिम बुद्धिस्ट क्रिस्ट,भनेर के पायौं
मरेर जाने यै माटोरैछ,केनैपो रैछर जिन्दगी।
धनी र गरीब छुट्यायौ किन,जात पात भनेर
आएथियौ खाली जानु छ खाली,केनैपो रैछर जिन्दगी।
झुल्केको घाम सांझमा डुब्यो,केनैपो रैछर जिन्दगी
इन्द्रेणी सरी बिलायो पलमा,यहिनै रैछ जिन्दगी ।

Wednesday, March 17, 2010
नबजाइ कसरी सुनाउं म बांसुरिको धुन तिमी लाई ' गजल
गजल लेखन मिती 2010-03-17-3pm
नबजाइ कसरी सुनाउं म बांसुरिको धुन तिमी लाई
हुनै नसक्ने कसरी टिपी ल्याउं आकाशको जुन तिमीलाई।
आकाशको जुन देउ नभन अनी तारा गन नभन
हुँदै नहुने ति जुन ताराको दाईजो दिउं म कसरी तिमीलाई ।
सँगै मर्न सक्छु सगै जिउन सक्छु बाचा गर्न सक्छु
नदेखेको स्वर्ग देखाउंछु भनुं म कसरी तिमी लाई।
तिमीलाई पाउन दुनियाँले भन्न त जे पनि भन्ला
झुटो आसमा ताजमहल बनाउछु भनुं म कसरी तिमीलाई
मोती किन्न सक्छु हिरा किन्न सक्छु सुन चांदी सबै
शितको थोपा माला उनी दिन्छु भनु म कसरी तिमीलाई।
नबजाइ कसरी सुनाउं म बांसुरिको धुन तिमी लाई
हुनै नसक्ने कसरी टिपी ल्याउं आकाशको जुन तिमीलाई।
अर्पण तामाङ
तरहरा-२सुनसरी

Monday, March 15, 2010
कहाँ भेटु तिमी लाई,जुन हराएको रात' गजल'
गजल लेखन मिती 2010-03-15.1.30pm
कहाँ भेटु तिमी लाई,जुन हराएको रात
कहाँ खोजुं तिमीलाई,तारा हराएको रात।
फुल लाई सोधुं हांगा पात कांडा बिजाउछ
बशन्तमा कोइली रुन्छ हराएको साथ ।
जले यसै ढले यसै मत तिमी हराउंदा
त्यसै पनि बैरागी न्याउंली रोएको रात।
सोदी हिंडे दुनियाँ लाई,भेटिन्छौ कि भन्दै
शिर माथि आकाश खस्यो तिमी हराएको रात।
कही कतै नभेटिने नदेखिने भयौ आज किन
औठी चिनो किन साट्यौ जुन उदाएको रात।
लाग्थ्यो सधैं बाडुल्की जुन देखेको रात
परेलिमै आइ बस्थेउ तारा झरेको रात ।

Sunday, March 7, 2010
पानी भर्दा पधेरिमा,भेटे जस्तो लाग्छ ; गजल
गजल लेखन मिती 2010-03-07-3pm
पानी भर्दा पधेरिमा,भेटे जस्तो लाग्छ
सप्तमी को मेला भर्दा,देखे जस्तो लाग्छ।
घांस दाउरा गाई गोठालो एउटै होकि पाखा
गैरी खेतको ब्याड लगाउदा देखे जस्तो लाग्छ।
बिहेबारे हाटमा होकी,देउरालीमा मैले
दोमुखाको बनभोज जांदा भेटे जस्तो लाग्छ।
सम्झी सके सम्झे जती,भ्याउ पाइन मैले
फेरी पनि कता कता,देखे जस्तो लाग्छ।
संग संगै रोधी घरमा नाचे जस्तो लाग्छ
एउटै घुम्टो पछेउरिको,ओढे जस्तो लाग्छ।
अर्पण तामाङ
तरहर-२सुनसरी

Thursday, March 4, 2010
कस्तो होला पापी नजर 'गजल'
गजल लेखन मिती 2010-03-04-10.30pm
कस्तो होला पापी नजर,देख्नै नहुनी
राम्रो सुन्दर,गुलियो मिठो भेट्नै नहुनी ।
कर्के नजर लाए पनि,अंखा लागि हाल्ने
हरियो निलो रातो चोली देख्नै नहुनी ।
मन खोटी लाई दोशी चस्मा लाए पनि हुन्न
आफ्नो घरमा कोइनाभाझै ठिटी भेट्नै नहुनी।
मुखिया को बारुली लाई बाटो बिच भेट्दा
किरिम गाजल लाकी केटी भेट्नै नहुनी।
चिल्लो पिरो अमिलो देख्नै नहुनी
बलियो बाङ्गा तरुनी भेट्नै नहुनी ।
अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार
मेरो पनि घरमा छोरी चेली छन भन्ने नैतीकता भुलेर अरुको छोरी चेली लाई इज्जत
गर्न नजान्ने र आफन्तको छेउमा पनि कहिले काही गाल पार्ने युवा साथी हरुको लागि
अन्यथा माफि चाहन्छु ।

दुई थुङा फुल गुलाफको ' गजल'
गजल लेखन मिती 2010-03-4-12.15pm
दुई थुङा फुल गुलाफको,स-प्रेम तिमी लाई
हृदय भरिको मायां झिकी,स-प्रेम तिमी लाई।
बिहानिको लालिकिरण,शितको मोती टिपी
पुर्णिमासमा उदाउने,जुनेलिको जुन तिमी लाई।
चिर्बिर गर्ने गौथली र,कोहिलिको कन्ठ टिपी
सातै सुर संगित भरी,बांसुरिको धुन तिमी लाई।
मालती मंगले र मुना मदन को त के कुरा
त्यो भन्दा अजम्बरी,यगौं युगको प्रेम तिमी लाई।
लाखौं मोलको कुरा नगर,दुइ फुल स-प्रेम तिमी लाई
बन्धकि कोत केकुरा,रजिनामैभो यो ज्यान तिमी लाई।

Wednesday, March 3, 2010
कुन शास्त्रको कुरा गर्छौ 'गजल'
गजल लेखन मिती 2010-03-03-12.30pm
कुन शास्त्रको कुरा गर्छौ,नारी लाई दाशी बनाउने
कुन समाजको कुरा गर्छौ,नारी लाई दाशी बनाउने।
मैले मर्दा भोली पल्टै,अर्की स्वास्नी ल्याउनु पर्ने
तिम्ले मर्दा जुनीभरी मैले बीधुवा बस्नु पर्ने।
मेरो पनि त उमेर छ,मलाई पनि त रहर छ
रातो साडी चुरा पोते सिउंदोमा सिन्दुर सजाउने।
तिमी पनि त यही मान्छे,म पनि त त्यही मान्छे
फेरी किन यती फरक,संस्कारको नाम्मा दाशी बनाउने।
उठ नारी जुट अब,हामी लाई दाशी बनाउने
अगी बढ तोड जन्जिर,नारी लाई दाशी बनाउने।
अर्पण तामाङ
तरहरा-२सुनसरी
हाल दोहा कतार
मैले यो गजल हाम्रो समाजमा पुरुष ले स्वस्नी मरेको भोली पल्टै वा छ महिना
बर्षा दिनमा व्याबहारिक कारण देखाएर कुनैन कुनै बहानामा कलीला नानी हरु
हुंदा हुँदै अर्को बिहे गर्छन्, श्रीमतिको शोक पनि नसकिदै, भने यही समाजमा
नारिले लोग्ने मरे पछी उमेर छौन्जेल उसको नाममा सारा रहर र यौबन लाई
जिन्दगी भर कुन्ठित पारेर उसको नाम्को सेतो बस्त्रले जिन्दगी बिताउनु पर्छ,
त्यसैले ति एकल महिला हरुमा समर्प्रित गर्न चाहन्छु यो गजल । धन्यवाद ।।

Tuesday, March 2, 2010
गौरब गरी हांस्न लाई' गजल '
गजल लेखन मिती 2010-03-02-1.30pm
गौरब गरी हांस्न लाई,हिमाल चाहिन्छ।
नेपाली भई बांच्न लाई,नेपाल चाहिन्छ
उठ साथी फाल्न लाई,फोहोरी राजनीति लाई
देशै नरए गर्ब गर्न,नेपाली कां भन्न पाईन्छ।
देश छ र हामी छौ,हामी भित्र भेष छ
नेपाल रन तिमी भित्र,देश चाहिन्छ।
चार जात छत्तिस बर्ण,फुल फुल्न लाई
फर्फराउने शिरमाथि,चन्द्रसुर्य झन्डा चाहिन्छ।
विश्व सामु चिन्न लाई,बुद्ध यही देशमा
भाषा कला सस्कृति,माटो चाहिन्छ ।

Subscribe to:
Posts (Atom)